नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपालः सुखी नेपाली’ नै नेपालमा समाजवाद ल्याउने विचारधारा रहेको बताउनुभएको छ ।
जिल्लाको मध्यबिन्दु नगरपालिका १० अरुणखोलाको वनमा भाले बाघ मृत भेटिएको नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
दिल्लीमा बिहीबार भएको आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको स्थानीय अग्निनियन्त्रण विभागका अधिकारीले शुक्रबार बताउन भएको छ ।
कम्बोडियालीसमुद्री किनारको एक रिसोर्टबाट नक्कली अपहरणको योजना बनाएको र त्यसको भिडियो फेसबुकको अनलाइनमा पोस्ट गरेको आरोपमा ताइवानका दुई जनालाई दुई–दुई वर्षको जेल सजाय सुनाइएको छ ।
पूर्वी नवलपरासीमा रहेका पर्यटकीय स्थलमा पर्यटकको चाप बढेको छ । प्राय सुनसानजस्तो रहने पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले महासमितिमा पेस गरिने तीन वटा प्रस्ताव ल्याइएकोमा असन्तुष्टि जनाउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता आर्थिक समृद्धि, विकास र शान्ति भएको बताउनुभएको छ।
सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख सिनियर डिभिजन इन्जिनियर निरज शाक्यले हालसम्म १२ प्रतिशत मात्रै काम सम्पन्न भएकोले कारबाहीको लागि पहिलो चरणको प्रक्रिया अगाडी बढाउनु परेको बताउनुभयो ।
रामेछापको मन्थली नगरपालिका –६ सेलेघाटमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको छ । शुक्रवार बिहान ११ बजे मन्थली सेलेघाट सडक खण्डको सेलेघाट तर्फबाट आउँदैगरेको बा २ क ४५०७ नम्बरको टिपर सेलेघाटस्थित थापा पँधेरोमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनल खेलमा नेपाल घरेलु टोली मलेसियासँग चार विकेटले पराजित भएको छ।
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकास्थित फावाखोलामा मोटर गुड्ने (मोटरेवल) पुल निर्माण गरिएको छ । कोशी प्रदेश सरकार र पाथीभरा याङ्वरक गाउँपालिकाको बजेट साझेदारी लगानीमा फावाखोलामा मोटरेवल पक्की पुल निर्माण गरिएको हो ।
म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा भेडीगोठको हेरालु गर्दै गरेको ‘भोटे कुकुर’ ।
सडक निर्माण कार्य तोकिएको समयमा पूरा हुन सकेको छैन ।
हात्तीमैत्री वातावरण निर्माण गर्न तथा वन क्षेत्रलाई पर्यापर्यटनको रुपमा विकास गर्न स्थानीय तहको समन्वयमा प्रदेश सरकार, सङ्घीय सरकार समेतलाई ध्यानार्षण गराउने लगायतका ४ बुँदे संयुक्त घोषणापत्र जारी गरिएको छ ।
बाँकेको दुर्गम मानिने राप्ती सोनारी गाउँपालिका र सो वरिपरिका क्षेत्रका सर्वसाधारणको आँखा उपचारलाई सहज र सरल बनाउने उद्देश्यले राप्ती सोनारी गाउँपालिकामा ‘राप्ती सोनारी ग्रामीण आँखा केन्द्र’ सञ्चालनमा आएको छ ।