समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा
लिपिङ खोला १६.२६ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको ८५ प्रतिशत निर्माण सम्पन्न भएको छ । सुरुङ बाँध, पाइपलाइन र पावरहाउसको काम ८५ प्रतिशत सम्पन्न भएको हो । हिम रिभर हाइड्र«ोपावर कम्पनी लिमिटेड प्रवर्धक रहेको उक्त आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।
देशभरिका महिला उद्यमी सम्मिलित दुईदिने ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०८०’ भैरहवामा सुरु भएको छ । ‘महिलाको लगानी, घर घरमा उद्यमी’ नारा भन्ने नारासहित नेपाल उद्योग वाणिज्य महासङ्घको महिला उद्यमी विकास समितिको अघुवाइमा महासङ्घ लुम्बिनी प्रदेश एवं सिद्धार्थ उद्योग वाणिज्य सङ्घको समन्वयमा पहिलो पटक यस किसिमको सम्मेलन आयोजना भएको हो । उद्यम व्यवसाय सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्थासँगै प्रक्रियागत सहजता, तालिम, पुँजी, प्रविधि, दक्ष जनशक्ति र बजारीकरणसम्मका विद्यमान चुनौतीबारे सम्मेलनमा उपस्थित महिला उद्यमीले ध्यानाकर्षण गराएका छन् ।
लैङ्गिक समानता, न्याय र शान्तिका लागि विश्वव्यापी अभियानका रूपमा उर्लंदो सय करोड (वन विलियन राइजिङ) अभियानका सन्दर्भमा यहाँ विविध सांस्कृतिक कार्यक्रम र चित्रकलाको आयोजना गरिएको छ । भृकुटीमण्डपमा आयोजना भइरहेको ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्च २०२४ कार्यक्रम अन्तर्गत टेवा, सङ्गत नेपाललगायत ३५ वटा महिलावादी संस्थाले उर्लंदो सय करोड अभियानलाई चेतनामूलक नाटक, कविता, गीत, गजल वाचन, सांस्कृतिक नृत्यका कार्यक्रमसहित मनाएको छ ।
नागरिकता प्रमाणपत्र बनाउन झुटो विवरण दिने इलामका दुई जनालाई ५० हजारका दरले जरिवाना फैसला भएको छ ।
हिमालदेखि तराईका विविध जातिका खाद्य परिकारको कलालाई समेट्दै रोहिणी राणाले नयाँ पुस्तक ल्याउनुभएको छ । नेपालको जातीय पहिचान र जातीय सद्भावलाई खानाको माध्यमबाट विश्व समुदायसम्म पु¥याउने पुस्तक ‘दी नेपाल कुक बुक’ शुक्रबार सार्वजनिक गरियो । नेपाली खानाबारेको राणाको यो दोस्रो पुस्तक हो । अघिल्लो पुस्तक उहाँले दरबारिया खानाको परिचय दिने ‘दी राणा कुक बुक’ प्रकाशित छ । शुक्रबार सार्वजनिक गरिएको पुस्तक भने जनजिब्रोको स्वादको प्रस्तुति हो । ‘दी नेपाल कुक बुक’ मा विभिन्न जातिगत समुदायका १०८ स्वादिला परिकारको पाककलाका संयोजन रहेको छ । त्यसलाई सम्बन्धित समुदायकै विशेषता झल्किने वेशभूषा र गरगहनाका चित्रले आकर्षक बनाएको छ । प्रधान सेनापति प्रभुराम शर्मा, पूर्वप्रधान सेनापति गौरवशमशेर राणा, अग्रणी पर्यटन व्यवसायी अम्बिका श्रेष्ठ,
इलामको सूर्योदय नगरपालिका–९ की विष्णु राई सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा अध्ययन गर्दै गर्दा जीवनमा एकाएक सङ्कट आइलाग्यो । १० महिनाको अन्तरालमा आमा रणमाया राई क्यान्सरबाट र बुवा रामबहादुर राईको मिर्गौला खराबीका कारण निधन भयो । आमाबुवाको निधनपछि २०७० मा उहाँको अध्ययनमा ‘ब्रेक’ लाग्यो । पढाइ खर्च जुटाउनुपर्ने बाध्यतासँगै पारिवारिक जिम्मेवारीका कारण विष्णुले अध्ययनलाई विराम लगाउनु पर्यो । उहाँले भन्नुभयो, “जिम्मेवारी आइपरेपछि पढाइ छोड्नैपर्ने भयो तर पढ्ने चाहना चाहिँ थियो नै ।” पढाइ छोडेपछि उहाँको बिहे पनि भयो । पारिवारिक दायित्व पूरा गर्ने दौरानमा उहाँले आठ वर्षपछि फेरि उच्च शिक्षाको अवसर पाउनुभयो । उहाँले भन्नुभयो, “४० वर्ष पुग्न लाग्दा पनि पढ्नुपर्ने रहेछ भन्ने भाव अझै प्रबल भयो र मैले पढाइ सुरु गरेको हो ।”
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा निर्माणका लागि प्रस्तावित नागमती बाँध अन्यत्र सार्न संरक्षणकर्मीले माग गरेका छन् । संरक्षित क्षेत्रको अस्तित्व मेटिने गरी बनाउन प्रस्ताव गरिएको हाइड्याम मोडलको नागमती बाँध उपत्यकाको मानव जीवन संस्कृतिमाथि पनि खतराको सूचक रहेको भन्दै संरक्षणकर्मी र सरोकारवालाले बाँधप्रति विमति जनाएका हुन् ।
निर्वाचन प्रणालीमा परिवर्तन, समान तथा न्यायोचित अवसर, एउटा व्यक्ति मात्रै बारम्बार सांसद र मन्त्री किन ? पार्टीमा अब सबैलाई उत्तिकै र बराबर अवसर हुनपर्छ ।’’
गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २८ हजार ७७५ पुगेको छ भने अन्य ६८ हजार ५५२ जना घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले क्लिन र ग्रिन ऊर्जा भएको हुनाले विश्वको ध्यान नेपालमा केन्द्रित भएको बताउनुभएको छ।
लाक सेवा विभागले जनक शिक्षा सामग्री लिमिटेडसँग समन्वय गरेर हुलाक टिकट छपाइ थालेको हो।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक विश्वासको मत लिने हुनुभएको छ । मधेश सरकारमा सहभागी जनमत पार्टीले माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आइतबार तेस्रो पटक विश्वासको मत लिने हुनुभएको हो ।
नेपालगन्जमा सम्पन्न भएको पहिलो प्रोफेशसनल हाप्किडो नेशनल च्याम्पियनसीपमा लुम्बिनी प्रदेश पहिलो हुँदै उपाधि जित्न सफल भएको छ ।
बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई शुक्रबार प्रतिवेदन पेस गरेको छ।