आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
दोलखाको भीमेश्वर नगरपालिकाले नगर समृद्धिका लागि अघि सारेको एक वडा एक पार्क कार्यव्रmम अन्तर्गत निर्माण भएका दर्जनौँ पार्क प्रयोगविहीन बनेका छन् । ९ वडामध्ये सात वडामा निर्माण भएका करिब २१ करोड रुपियाँ लागतका पार्कहरू प्रयोगविहीन बने भने दुई वडामा पार्क छनोट हुन नसकेको बताइएको छ ।
कुरा र विचारका माध्यमबाट कर्णालीको कला, संस्कृति, सम्भावन र स्रोतलाई देश तथा विदेशमा चिनाउन चार वर्षदेखि कर्णाली उत्सवका रूपमा ‘कुडा कर्णालीका’ गरिँदै आएको छ । ‘कुडा कर्णालीका’ को पाँचौँ संस्करण शनिबारदेखि सुर्खेतको बुलबुले उद्यानमा सञ्चालन हुँदै छ । कुनै पनि योजना तथा काम गर्न सबैभन्दा पहिला कुरा र विचार आवश्यक पर्ने भएकाले नीतिनिर्मातालाई सहजीकरण गर्न कर्णाली उत्सवका माध्यमबाट कर्णालीको विकास र सम्भावनाबारे चर्चा गरिँदै आएको छ । आयोजक संस्था ऋति फाउन्डेसनका संयोजक कमलराज लम्सालका अनुसार ‘कुडा कर्णालीका’ को माध्यमबाट कर्णालीमा कुरा र विचारको बिउ रोपिएको छ ।
कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा एकपछि अर्को आर्थिक अनियमितता सार्वजनिक भएका छन् । आयोजनाको कामै नगरी गाउँपालिकाले २९ लाख रुपियाँभन्दा बढी रकम वडा सचिवमार्फत भुक्तानी गरेको देखिएको छ । दुई करोड ५० लाख रुपियाँको खाना र खाजा खाएको नरहरिनाथ गाउँपालिकाको अर्को अनियमितता देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कामै नगरी नौ वटै वडा सचिवका नाममा गाउँपालिकाले विभिन्न ३८ वटा आयोजनाको भुक्तानी दिएको देखिएको छ । विभिन्न आयोजना मर्मतका नाममा गाउँपालिकाका नौ वडाका वडा सचिव तथा गाउँपालिकाका कर्मचारीका नाममा २९ लाख ३९ हजार ३० रुपियाँ भुक्तानी गरिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
भजनी नगरपालिका–७, हिम्मतपुरका किसान चैते धानको बिउ हुर्काइरहेका छन् । समयमै रोपेर मनसुन सुरु हुनुभन्दाअगाडि नै बाली उठाउन माघमै बिउ उमार्नु पर्छ । यतिबेला बिउ अङ्कुराउन आवश्यक पर्नेभन्दा तापक्रम कम हुने भएकाले धानको बिउ उमार्नु त कठिन छ नै बिउ जोगाउनु पनि कठिन भएको छ । मनसुन सुरु हुनुभन्दा पहिले नै धान काटिसक्नुपर्ने भएकाले फागुनको अन्तिम साता वा चैतको पहिलो हप्तामै धान रोपिसक्नु पर्छ यसका लागि माघमै बिउ उमार्नु पर्छ । माघमा शीतलहर चल्ने र तापक्रम घट्ने भएकाले बिउ उमार्न मेहनत गर्नुपर्ने किसान बताउँछन् ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पछिल्लो समय विशेषज्ञ सेवा अभियानकै रूपमा अघि बढाएको छ । ११४ वर्षअघि स्थापना भएको अस्पतालले मुटुका बिरामीका लागि शुक्रबारदेखि क्याथ ल्याब सेवासमेत सुरुवात गरेको छ । एक साताअघि बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष (पिआइसियु) सेवा सुरु गरेको थियो ।
तानसेनको गुफा चउरमा स्थापना गर्न भनेर ल्याइएको गणेशको मूर्ति आठ वर्षदेखि अलपत्र परेको छ । गणेशको मूर्ति स्थापना गरी जिल्लामा धार्मिक पर्यटक भित्र्याउने उद्देश्यले आठ वर्षअघि काठमाडौँबाट तानसेन ल्याइएको गणेशको मूर्ति अलपत्र परेको हो । तानसेनका स्थानीय बासिन्दा र काठमाडौँका पूर्वमहानगर प्रमुख केशव स्थापितको पहलमा तानसेनमा ल्याइएको गणेशको मूर्ति पछिल्लो पाँच वर्षदेखि तानसेन–१० स्थित तेल्घामा अलपत्र परेको छ । तानसेनको गुफा चउरमा गणेशधाम बनाउने उद्देश्यले गणेशको मूर्ति ल्याइए पनि गुफा चउरमा नपुगी मूर्ति पाँच वर्षदेखि तेल्घामा टहराभित्र छोपेर राखिएको छ । यसअघि तानसेनको टुँडिखेलमा तीन वर्ष गणेशको मूर्ति अलपत्र परेको थियो ।
कवि, लेखक, कलाकारहरूले आदि कालदेखि प्रेमको बारेमा बोल्दै आए । कथा, कहानी, कवितामार्फत प्रेमको रहस्य खोल्दै आए । प्रेमको अनुभूति स्वयम्मा अद्वितीय छ । प्रेममा हुनुको अनुभूति दुनियाँको बाँकी सबै अनुभूतिभन्दा अद्भूत हुने गर्छ । प्रेममा प्राप्त हुने आनन्द, आनन्दमध्येको रोज्जा आनन्द हो । प्रेम मनको गहिराइमा लुक्छ । आजसम्म कसैले मनको गहिराइमा लुकेको प्रेमलाई मार्न सकेन । प्रेम गोली–बारुदको बलमा ध्वंश गर्न सकिने वस्तु पनि होइन । छातीको गोली निक्लन्छ तर प्रेम निक्लँदैन । संसारको सबैभन्दा जियालो वस्तु प्रेम नै हो सायद ! प्रेममा पैसामा भन्दा बढी तागत हुन्छ । प्रेमको सबालमा करोडपति–अर्बपति
पोखरा महानगरमा हरित रोजगारी सिर्जनासम्बन्धी परियोजना कार्यान्वयनका लागि करिब डेढ अब विदेशी लगानी हुने भएको छ ।
पुस्तकालय ज्ञानको भण्डार हो । यसलाई ज्ञान विज्ञानको सङ्ग्रहालय र प्रसारको माध्यम पनि भनिन्छ । यसले अभिलेख र ऐतिहासिक ग्रन्थहरूको सुरक्षा गरी कला र संस्कृतिको जगेर्ना गर्ने काम गर्छ । विश्वमा पुस्तकालयको स्थापना र विकासको इतिहास माटाको खबटे सङ्ग्रहबाट प्रारम्भ भई आधुनिक विद्युतीय पुस्तकालयसम्म आइपुगेको हो । नेपालमा भने माटाका खबटे सङ्ग्रह ज्यादै कम प्राप्त भएको छ । नेपालमा लिखित इतिहास शिलापत्रबाट मात्रै सुरु भएको अनुमान धेरैले गरेका छन् । अभिलेख संरक्षण ऐनको व्याख्याले पनि यस अनुमानलाई मलजल गरेको छ । नेपालमा पुस्तकालयको इतिहास लामो छैन तर यो आफैँमा विशिष्ट भने छ । नेपालको इतिहासमा स्वर्णयुग भनिने लिच्छविकालदेखि पुस्तकालयका प्रारम्भिक सङ्केतहरू देखा पर्छन् । नेपालको भौगोलि
महाकवि लक्ष्मीप्रसाद देवकोटा भन्नुहुन्छ, “हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नो खाएको वेश आनन्दी मनले ।” धन को हो ? रुपियाँ, पैसा, घर, बैङ्क ब्यालेन्स धन हो ? धन आफैँमा रहस्यमय विषय हो । कसलाई धनी भन्ने ? मनको धनी चाहिँ धनी होइन ? खुसी जीवन गरिब हो ? तनावमुक्त शान्त जीवन गरिब हो ? आफैँ उत्पादन गरेर जिउने जीवन गरिब हो ? गाउँमा दस नङ्ग्रा घोटेर आफ्नो जीवन धान्ने आदरणीय आमाबुवा, दाजुभाइ, दिदीबहिनी सहरिया जीवन खुब सुखी सोच्नु भएको होला । कसैले सोच्दा सोच्दै देह त्याग गर्नुभयो होला । कसैले अनुभव पनि गरिरहनुभएको छ होला । कसैलाई गाउँको जीवन दिक्क लागेको छ भने एक पटक यो लेख अवश्य पढ्नुहोस् ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
नेपाली साहित्यमा साहित्यकार तारानाथ शर्मा परिचित, चर्चित, विवादित र बिर्सन नसकिने एक वरिष्ठ साधक हुनुहुन्छ । विसं १९९३ असार ९ गते इलाममा जन्मनुभएका शर्माको ८७ वर्षको उमेरमा विसं २०७८ फागुन ३ गते निधन भयो । यो सन्दर्भ साहित्यकार तारानाथ शर्माको सार्वजनिक जीवनको भूमिकाका बारेमा प्रकाश पार्न खोजिएको सानो आँखीझ्याल मात्र हो । शर्माले यस शताब्दीको सुरुवातदेखि नै यस क्षेत्रको नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।
सुर्खेतको बुलबुले तालको पानीमाथि फैलिएको झारपात हटाउन थालिएको छ । सुर्खेत उपत्यका नगर विकास समितिले डुङ्गा चलाउनुपूर्व तालमा फैलिएको झारपात हटाउन थालेको हो ।
वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र बिमाको व्यवस्था, सिप विकास, पारिश्रमिक वृद्धिलगायतका विषयमा पनि छलफल भएको जनाइएको छ । युएईको आबुधाबी डायलग कार्यक्रममा नेपाल र युएईबिच शुक्रबार भएको बैठकमा दुई देशका मन्त्री र श्रम मन्त्रालयका प्रतिनिधिबिच सो विषयमा छलफल भएको हो । आबुधाबीमा भएको बैठकमा श्रमिकले सकेसम्म पैसा तिर्न नपरोस् भनेर कार्यान्वयन गर्न रणनीति बनाउने भनेर छलफल भएको थियो । पहिलो चरणमा तीनदेखि पाँच वटा क्षेत्रलाई तोक्ने सहमति भएको थियो ।