जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गरेका साढे पाँच हजार भन्दा बढी सवारी साधनलाई कारबाही गरेको छ।
बागलुङको प्रसिद्ध धार्मिकस्थल पञ्चकोटमा रहेको गण्डकी माताको मन्दिर । यो मन्दिर बनेपछि पञ्चकोटमा दैनिक २ देखि ३ सयको हाराहारीमा पर्यटक आउने गरेका छन् । साथै यहाँ अन्य धार्मिक संरचना पनि निर्माण कार्य भइरहेको छ ।
जगत्रदेवी साहित्य सङ्गम गल्याङ, स्याङ्जाले गल्याङ नगरपालिका–३ मा काव्यकृति विमोचन, स्रष्टा सम्मान तथा काव्य गोष्ठी समारोह–२०८० गरेको छ । समारोहमा साहित्यकार सूर्यप्रसाद डुम्रेलाई सम्मान प्रदान गरिएको छ ।
भोजपुरका दुई पालिकामा स्वास्थ्य शिविर सञ्चालन गरी आर्थिक अवस्था कमजोर भएका नागरिकको निःशुल्क उपचार गरिएको छ । जटिल किसिमका रोग लागेर उपचारबाट वञ्चित भएका बिरामीको हतुवागढी र आमचोक गाउँपालिकामा सञ्चालित शिविरबाट निःशुल्क शल्यक्रिया गरिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकगीत सम्पूर्ण नेपालीहरूको साझा संस्कृति र सम्पत्ति भएको बताउनुभएको छ ।
लिखित र ट्रायल परीक्षा पास गरेको लामो समय बितिसक्दा पनि लाइसेन्स नपाउँदा सवारी चालक हैरान छन् । बर्दिबासमा लाइसेन्स पास गर्नेको सङ्ख्या २४ हजार नाघी सकेको छ ।
सभामुख देवराज घिमिरेले शैक्षिक उन्नयन तथा भाषिक विकासका साथै सृजनशीलता एवम् व्यावसायिक दक्षता अभिवृद्धिमा जोड दिनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८० को काठमाडौँस्थित नेपाल आर्ट काउन्सिलमा शनिबार एक समारोहबिच उद्घाटन गर्नुभयो ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा सुधार ल्याउन अपाङ्गता अधिकारसम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तिया जङ्गलस्थित सोल्टीमोडमा शनिबार ट्याक्टर पल्टिँदा च्यापिएर चालकको मृत्यु भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आफ्नो मन्त्रालयअन्तर्गतका क्षेत्रको सुधारमा निरन्तर लागि पर्नुभएको छ ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्समाथि नेपालले सहज जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले हरायो ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको पर्यटकीय सम्भावना बोकेको बाग्मा पोखरी ओझेलमा परेको छ । मिक्वाखोला गाउँपालिका-४ साँवामा रहेको बाग्मा पोखरी आवश्यक संरक्षणसँगै प्रचार प्रसारको पर्खाइमा छ ।
बुद्धशान्ति गाउँपालिका-२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्दा छोरीको मृत्यु भएको छ । सो प्रयासमा आमा गम्भीर घाइते भएकी छन् ।
काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा कुहिने र नकुहिने फोहर व्यवस्थापनका लागि छुट्टाछुट्टै गरी एक हजार नौ सय ५० सेट फोहर सङ्कलन बिन राख्ने भएको छ । महानगरको वातावरण विभागका अनुसार एक सेटमा दुई बिन हुन्छन् ।