दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपाल मुनि बित्ने गरेको छ । धवलागिरि गाउँपालिका–५ मल्कबाङका उहाँले यसरी जङ्गलमा भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ । करिब दुई दशक लामो वैदेशिक रोजगारीबाट आफ्नो घरपरिवारलाई पोखरामा बसोबासको प्रबन्ध मिलाएर उहाँ भने आफ्नो पुख्र्यौली थातथलोमा पुर्खाकै पेसालाई पछ्याउँदै भेडीगोठ पस्नुभएको थियो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
नेपालमा सर्वप्रथम गौरवमय आमनिर्वाचन सम्पन्न भएको दिनको स्मरण गर्दै निर्वाचन आयोगले २०७२ सालदेखि निर्वाचन दिवस मनाउँदै आएको छ । पहिलो आमनिर्वाचन सम्पन्न भएको यही फागुन ७ गते ६५ वर्ष पूरा हुँदै छ । पहिलो निर्वाचन भएको ६५ वर्ष र आठौँ निर्वाचन दिवसका अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग निर्वाचनसम्बन्धी समसामयिक विषयमा गोरखापत्रका लागि पत्रकार नारद गौतम र सूर्यप्रसाद पाण्डेले गरेको संवादको सम्पादित अंश :
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
नवलपुरको मध्यविन्दु–१०, अरुणखोलाको जङ्गलमा मृत अवस्थामा भेटिएको बाघलाई पुनः खाल्डोबाट निकालेर पोस्टमार्टम गरिएको छ । करिब एक साताअघि मृत अवस्थामा भेटिएको बाघ सड्न थालेको भन्दै डिभिजन वन कार्यालयले शुक्रबार पोस्टमार्टम नगरी जङ्गलमा गाडेको थियो । सङ्कटापन्न दुर्लभ पाटेबाघ मरेको कारण पत्ता ल
आठ वर्षको अवधिमा पेट्रोलियम पदार्थबाट सडक मर्मत शुल्कबापत ४० अर्ब रुपियाँ सङ्कलन भएको छ । नेपाल आयल निगमले आर्थिक वर्ष २०७२/७३ देखि आव २०७९/८० सम्म ४० अर्ब २८ करोड रुपियाँ सङ्कलन गरेको हो । यस अनुसार बर्सेनि औसत पाँच अर्ब रुपियाँ शुल्क उठ्ने गरेको हो । सरकारले सडक मर्मत दस्तुरबापत प्रतिलिटरमा पेट्रोलमा चार रुपियाँ र डिजेलमा दुई रुपियाँ सङ्कलन गर्छ जुन सिधै सरकारको खातामा जम्मा हुने गर्छ ।
बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष प्रतिवेदन पेस गरेको छ । प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोगले सत्यतथ्य जाँचबुझ गरी मिहिनेतपूर्वक निकालेको निष्कर्ष कार्यान्वयन गरिने बताउनुभयो ।
नेपाल प्रहरीले सञ्चालन गरेको कल्याणकारी कोषबाट २२ हजार ८३३ प्रहरी र आश्रित परिवार लाभान्वित भएका छन् । कोषमा सङ्कलन भएको रकमबाट प्रहरीले बहालवाला र सेवानिवृत्त प्रहरी कर्मचारी एवं तिनका आश्रित परिवार, अशक्त प्रहरी कर्मचारी र अमर सहिद प्रहरी परिवारका सदस्यलाई विभिन्न प्रकारका सुविधा दिने गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले कोषको रकम पारदर्शी रूपमा विभिन्न प्रकारका सुविधासहित पूर्वाधार विकास र विस्तारमा उपयोग गरिएको जानकारी दिनुभयो ।
शिक्षा पत्रकार समूहले आफ्नो रजत जयन्ती मनाएको छ । आजभन्दा २५ वर्ष अगाडि स्थापना भएको पत्रकार समूहले रजत जयन्ती विशेष कार्यक्रम गरी मनाएको हो ।
नेपालमा ग्रिन हाइड्रोजनको उत्पादन तथा कार्वन व्यापारको अवसर र चुनौतीबारे छलफल सम्पन्न भएको छ ।
सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा बेलायती नागरिक ४२ वर्षीया एलिजाबेथ डायरो र चिनियाँ नागरिक २६ वर्षीय वइनश्व डोङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
कवि तथा गीतकार कला सेरेङको कविता तथा गीत सङ्ग्रह ‘कलाका अन्तर्मन’ सार्वजनिक भएको छ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले यहीका व्यवसायीले शेयर निस्कासन गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताउनु भएको छ ।
कर्मचारी मिलन केन्द्र ताप्लेजुङद्वारा प्रकाशित ‘मिलन’ पुस्तक सार्वजनिक (बिमोचन) गरिएको छ। केन्द्रको शनिबार सम्पन्न १२ औं वार्षिक साधारण सभाको अवसरमा ‘मिलन’ सार्वजनिक गरिएको हो।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले स्वास्थ्य क्षेत्रमा जनतालाई सहजरुपमा गुणस्तरीय सेवा दिन सरोकारवाला सबै निकायलाई निर्देशन दिनु भएको छ ।