नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा नेपालगन्जमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ३७५ जनाले स्वास्थ्य परीक्षण गराउनुका साथै निःशुल्क औषधी समेत प्राप्त गरेका छन् ।
बारपाक सुलीकोट गाउँपालिका– ४ रन्चोकमा शनिबार अपरान्ह साढे १२ बजे शुकबहादु गुरुङ र शुकपाल गुरुङको घर जलेर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्याल गोरखाका प्रमुख अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।
तीन दिनमा ५० लाख बढी संकलन भएको क्याम्पस सञ्चालक समिति अध्यक्ष दिपकप्रकाश बाँस्कोटाले जानकारी दिनुभयो।
नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिका लागि एमालेले एकल बहुमत प्राप्त गरी सरकार गठन गर्नुको विकल्प नरहेको बताउनुभएको छ । देशलाई समृद्ध बनाउन चुनौती धेरै रहे पनि त्यसमा टेकेर नयाँ उँचाइ हासिल गर्नुपर्ने आवश्यकता रहेको उहाँले चर्चा गर्नुभयो ।
नेवाः पत्रकार राष्ट्रिय दबूले १२ औँ वार्षिक साधारण सभामा शनिबार नेपालभाषा, संस्कृति प्रवर्द्धन तथा समावेशीकरण मुद्दामा उल्लेखनीय योगदान दिएको भन्दै गोरखापत्र दैनिकका सम्पादक सल्लाहकार उपेश महर्जनलाई विशेष सम्मान गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले जनतामा आशा जगाउने काम गरेको बताउनुभएको छ ।
दोर्दी गाउँपालिका-२ अर्चलबोटमा निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन भएको छ । रोट्रयाट क्लब अफ नारायणगढ र रोटरी क्लब अफ नारायणगढको संयुक्त आयोजनामा लक्ष्मीनारायण मावि पिपलभञ्ज्याङमा सञ्चालन भएको शिविरको उदघाटन गर्दै सांसद उर्मिला माझीले स्वास्थ्य नै जीवनको प्रमुख आधार भएकाले स्वास्थ्यमा विशेष ध्यान दिन सहभागीहरुलाई आग्रह गर्नुभएको थियो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय बैंकबाट बचत फिर्ता गर, यो बैंक खत्तम हुँदैछ भन्ने हौवा फैलाएर बाहिरी संकट ल्याउने प्रयास भइरहेको बताउनुभएको छ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वातावरणीय जागरणका लागि आज गुह्येश्वरी-धाप बाँधको यात्रा गर्नुभएको छ । एमालेको काठमाडौँ जिल्ला कमिटी आयोजनामा पूर्वप्रधानमन्त्री ओलीको नेतृत्वको टोलीले पशुपति-गुह्येश्वरीबाट बागमती करिडोर-सुन्दरीजल हुँदै आलापोटसम्मको यात्रा गरेको हो ।
चौथौ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौँमा सुरु भएको छ । ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारासहित सुरु भएको सम्मेलनको उदघाटन गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले लघुवित्तकै कारण नेपालका दूरदराजका नागरिक वित्तीय पहुँचमा पुग्न सफल भएको बताउनुभयो ।
कागेश्वरी मनोहरा नगरपालिकाले धार्मिक, सांस्कृतिक, पर्यापर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले यही फागुन ७ गते ‘कागेश्वरी मनोहरा पर्यटन महोत्सव’ आयोजना गर्ने भएको छ ।
सीमावर्ती गाउँपालिका समसी–२ स्थित पर्सा गाउँमा हवाई फायर भएको छ । शनिबार अपराह्न सो गाउँमा दुई पक्षबिच झडप हुँदा प्रहरीले हवाई फायर गरेको हो ।
दक्षिणी इजरायलमा गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको इजरायली प्रहरी र आपत्कालीन सेवाले जनाएको छ ।
हुलाक टिकटमा प्रयोग भएको डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्रभित्र तथा भेरी कोरिडोरको बिचमा रहेको बाला त्रिपुरासुन्दरीको मन्दिर ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले संयुक्त रूपमा क्याथ ल्याबको उद्घाटन गर्नुभएको छ।