सङ्घीय संसद्को चालु अधिवेशनमा कानुन निर्माण प्रक्रियालाई चुस्त र नतिजामुखी तुल्याउन सरकार, सिङ्गो संसद्, राजनीतिक दल र संसद्कै कार्यव्यवस्था परामर्श समितिले क्यालेन्डर बनाएर काम गरिरहेको छ । सोहीअनुरुप अहिले संसदीय समितिहरूले आफ्नो जिम्मेवारीमा आएका विधेयकलाई तदारुकताका साथ संशोधन र दफाबार छलफलका माध्यमबाट समृद्ध तुल्याउने काम भइरहेको कांग्रेसका नेता वीरबहादुर बलायर बताउनुभयो ।
कोशी प्रदेशको केन्द्रबिन्दुका रूपमा रहेको इटहरीको व्यस्त बजार क्षेत्रनजिककै रहेको नेपाली सेनाको ब्यारेकमा स्थानीय रैथाने र फिरन्ते प्रजातिका चराचुरुङ्गीको संरक्षणमा जोड दिँदै पन्छी बास बगैँचा बनाइएको छ । सेनाको ब्यारेक क्षेत्रमा रहेको घना रुखबिरुवा तथा त्यहाँ
गृह श्रम बजारको व्यवस्थापन, श्रमिकको पहिचान र त्यस्ता श्रमिकले उत्पादन गरेका वस्तु तथा सेवाको उपयुक्त मूल्य व्यवस्थाका लागि सरकारले स्पष्ट नीति बनाउनुपर्नेमा जोड दिइएको छ । विश्व सामाजिक मञ्चले दक्षिण एसियाका गृह श्रमिकका समस्या र चुनौतीका विषयमा आयोजना गरेको छलफलमा सहभागी गृह श्रमिक तथा अभियन्ताहरूले गृह श्रमिकसम्बन्धी स्पष्ट नीति नबन्दा श्रमको मूल्य र पहिचानमै समस्या भएको औँल्याएका छन् ।
कर्णाली प्रदेशमा सत्तारूढ गठबन्धनभित्र असन्तुष्टि बढ्दै गएको छ । मुख्यमन्त्री राजकुमार शर्माको कार्यशैलीप्रति नेपाली कांग्रेस पार्टी रुष्ट देखिएको छ । सरकारको कार्यसम्पादन सन्तोषजनक नभएको जनाउँदै सरकारमा सहभागी कांग्रेस पार्टीका नेताहरू आलोचनामा उत्रिएका छन् । कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले सरकारसँगको असन्तुष्टि सामाजिक सञ्जालमै पोख्नुभएको छ । उहाँले प्रदेश सरकार मनपरी ढङ्गले अघि बढेको भन्दै फेसबुकमार्फत आलोचना गर्नुभएको छ ।
हुम्लाको नाम्खा गाउँपालिका र खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाबिच मितेरी साइनो जोडिएको छ । सांस्कृतिक सम्बन्ध कायम गर्ने उद्देश्यले दुई स्थानीय मितेरी साइनो जोडिएको हो । कैलाश मानसरोवरनजिकै रहेको हुम्लाको रिङ्छेलिङ गुम्बालगायतका विभिन्न धार्मिक तथा पर्यटकीय स्थल रहेको नाम्खा गाउँपालिका र प्रसिद्ध त्रिधार्मिक स्थल हलेसी रहेको हलेसी तुवाचुङ नगरपालिकाबिच मितेरी साइनो गाँसिएको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताउनुभयो ।
मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजना अनुरूप २०५१ सालदेखि सडक डिभिजन कार्यालय तनहुँले निर्माण सुरु गरेको डुम्रे बेँसीसहर–चामे सडक सात किलोमिटर कालोपत्रे गरिएको छ । मनाङ जोड्ने एक मात्र सो सडकखण्डको ७.८ किलोमिटर सडक कालोपत्रे भएको हो । डुम्रे बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर किरण पोखरेलले अब सात सय मिटर कालोपत्रे गर्न बाँकी रहेको जानकारी दिनुभयो । स्तरोन्नति तथा कालोपत्रे गर्न हालसम्म १९ करोड रुपियाँ खर्च भइसकेको उक्त सडकको ८५ प्रतिशत काम सकिइसकेको छ । कुल ५२ करोड ९६ लाख रुपियाँ लागत अनुमान गरिएकोमा २५ करोड ३२ लाख रुपियाँमा कालोपत्रेको सम्झौता भएको सडक योजना कार्यालयले जनाएको छ । २०७८ साल असारमा सम्झौता गरे पनि वर्षाका कारण असोजदेखि मात्र काम सुरु भएको थियो ।
जाजरकोटमा भूकम्प पछिका त्रिपालमा बस्दै आएका महिलाहरू यौन हिंसामा पर्ने क्रम बढ्दै गएको पाइएको छ । भूकम्प पछि त्रिपालमा बस्दै आएका भूकम्प जाजरकोटको नलगाड नगरपालिकाकी एक महिला गत कार्तिक २६ गते त्रिपालमा सुतिरहेको बेला राती बलात्कृत हुनु भएको छ ।
मुलुकको सबैभन्दा पुरानो र प्रजातान्त्रिक समाजवादी विचारधारा अँगालेको पार्टी नेपाली कांग्रेसले स्थापनाको ७७ औँ वर्ष पूरा गरिसकेको छ । मुलुकमा विद्यमान हुकुमी जहानियाँ राणा शासनविरुद्ध सशस्त्र क्रान्ति गरेर २००७ सालमा प्रजातन्त्रको जग बसाल्न सफल यो पार्टीले राजनीतिक कालखण्डमा पटक पटक भएका जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । प्रजातान्त्रिक मूल्य र मान्यतामा अडिग रहेर जनचाहना अनुरूप अगाडि बढेको पार्टीले प्रजातन्त्र स्थापना, पु
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा जारी तेस्रो शुक्लागण्डकी महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । महोत्सवमा खादा र ब्याचको सट्टामा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको हो । यसअघिका महोत्सवमा नगर र जिल्ला बाहिरबाट माला खरिद गरी ल्याउने गरिएकामा यसपटक समिको पातबाट बनाइएको माला र स्थानीय फूल प्रयोगमा ल्याइएको हो । साथै महोत्सवमा खादा र ब्याच प्रयोग गरिएको छैन ।
संविधान जारी भएको आठ वर्ष नाघ्यो । अब करिब दुई वर्ष यो संविधानको प्रयोगपछि यसको उपादेयता वा संशोधनको कुरा परिपक्व हुन्छ । संविधानले लक्षित गरेको सिद्धान्त, कार्यक्रम पूरा हुने बाटोमा गएको छ कि छैन यो विषयमा सूक्ष्म ढङ्गबाट अध्ययन हुन जरुरी छ । संविधानका अक्षरले आफैँ काम गर्ने होइन । यो संविधान कार्यान्वयन गर्न विभिन्न निकाय बनाएका छौँ । मुख्यतः तीन पालिका बनाएका छौँ, कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका । यसमा
पृथ्वीराज मार्गमा पर्ने आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा बोलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने सात घाइते भएका छन् । डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा १६ च ४९१८ न को बोलेरो अनियन्त्रित भई शनिवार साँझ ८ः१० बजे सडकको छेउमा पल्टिदा मृत्यु तथा घाइते भएका हुन् ।
सवारी दुर्घटना न्यूनीकरण र सचेतनाका लागि विद्यालयको पाठ्यक्रममा ट्राफिक शिक्षा समावेश गर्नुपर्ने तथा व्यावहारिक ज्ञानका निमित्त देशका विभिन्न स्थानमा ‘ट्राफिक चिल्ड्रेन पार्क’ को स्थापना गरिनुपर्ने आवश्यकता नेपाल प्रहरीले विगत लामो समयदेखि भन्दै आएको हो । ट्राफिक शिक्षा विद्यालयस्तरमा नै समावेश गर्ने हो भने जनचेतनाको स्तर तलदेखि नै बढ्छ । ट्राफिक नियमबारे सैद्धान्तिक तथा व्यावहारिक ज्ञान तथा सिप दिन सके सवारी दुर्घटना घटाउन सकिन्छ । दुर्घटनामा कमी ल्याउन सकिन्छ । सम्बन्धित सरोकारवाला निकायले भने त्यस अनुसारको कार्ययोजना र कार्यान्वयनमा ध्यान पु¥याउन स
विकास र विकास व्यवस्थापन नै विगतदेखि आजसम्म हाम्रो सन्दर्भमा मूल विषय बनिरहेका छन् । हाम्रो विकाससम्बन्धी सोच पुरानै छ । सडक, भ्यु टावर, भवन र ठुला भौतिक परियोजनालाई सरकारको पञ्चवर्षीय योजना र वार्षिक कार्यक्रम तथा बजेटमा पारेपछि विकासप्रेमी कहलिने प्रवृत्ति छ । तथापि यो परिस्थितिको वस्तुनिष्ठ समीक्षाका आधारमा विकासलाई नयाँ तरिकाले परिभाषित गर्दै यसका समसामयिक विषयको पहिचान नगरी अब परम्परागत विकासको नाराले काम गर्ने अवस्था छैन ।
भोजपुरी भाषामा निर्मित हास्य सिरिज ‘खेलाडी’ को टिजर सार्वजनिक भएको छ । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो । मुखिया इन्टरटेन्मेन्ट एन्ड मिडिया प्रालिद्वारा निर्माण गरिएको सो सिरिजमा भोजपुरी भाषाका गीत, सङ्गीत र कथा समेटिएका छन् । नेपाल र छिमेकी मुलुक भारतमा समेत भोजपुरीका दर्शक र श्रोतालाई लक्षित गरी निर्माण गरिएको सो सिरिजलाई युट्युबमार्फत क्रमशः प्रसारण गरिने लेखक तथा निर्देशक शैलेशमानसिंह बस्नेतले बताउनुभयो । ‘खेलाडी’ मा भोजपुरीका कलाकार प्रियङ्का पाण्डेय, वीरेन्द्र मुखिया, स्वनिका बास्तोलाको मुख्य भूमिका रहेको छ । कलाकारहरू सरु बराल, रामभजन कामत, अरकना खातुन, गोविन्दा यादव, सेराज आलम र गङ्गालाल श्रेष्ठलगायतले अभिनय गर्नुभएको छ । लेखक एवं गीतकार गोपाल अश्कको गीतमा आकाश ठाकुरको स्वर र विनय कार्कीको सङ्गीत छ ।
गत असारमा गोरखा नगरपालिका–७ सतिपिपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुङ्गा अर्थात ‘क्वार्ज क्रिष्टल’ गोरखा दरबार परिसरमै राख्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनामा आजको सर्वपक्षीय बैठकमा जिल्ला प्रहरी कार्यालय गोरखामा राखिएको ‘क्वार्ज क्रिष्टल’ ऐतिहासिक गोरखा दरबार परिसरमा राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो ।