गोरखामा बलात्कार आरोपमा ६० वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारपाक सुलीकोट गाउँपालिका–४ सौरपानी घुनचोकका ६० वर्षीय वृद्ध बुद्धिमान बिक रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरीले पोर्चुगल पठाउने भन्दै आठ लाख ३० हजार रुपियाँ रकम ठगी गर्ने २६ वर्षीय समीरकुमार कर्णलाई पक्राउ गरेको छ।
कैलालीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार टीकापुर नगरपालिका –१ शान्तिनगरका सिर्जना चौधरीको एक वर्षीया छोरी आरोही चौधरीको पानीमा डुबेर मृत्यु भएको छ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सम्पन्न प्रथम सिदिङ्वा रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङ्वरक गाउँपालिकाले जितेको छ ।
तनहुँमा झण्डै २१ हजार बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाइने भएको छ । दादुरा–रुवेला खोप अभियान अन्तर्गत ९ महिनादेखि ५ वर्ष सम्मका २० हजार आठ सय चार बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले बताउनुभयो ।
आयोजक लोयल्टी एकेडेमी ‘बी’ ले १२औँ लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको पहिलो दिन आइतबार दोहोरो जित हात पारेको छ ।
मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन सचिव भीमप्रसाद उपाध्यायसहित १५ जनाभन्दा बढीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नेपाल क्योकुशिन–सेईसिन काईकान कराते सङ्घको आयोजनामा सुर्यविनायक डोजोको संयोजकत्वमा फागुन ४ र ५ गते २ दिनसम्म सञ्चालन भएको आठौँ राष्ट्रिय पुरुष तथा महिला तौल समूह फुलकन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न भएको छ ।
चलचित्र पत्रकारको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला हेटौँडामा सुरु भएको छ । चलचित्र पत्रकार सङ्घ नेपाल स्थापनाको २५ औँ वर्ष पूरा भएको अवसरमा सङ्घ मकवानपुरको समन्वयमा आयोजित कार्यशालामा चलचित्र र चलचित्र पत्रकारिताको विविध आयामहरूमाथि छलफल हुने बताइएको छ ।
फागुन २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवस तीन दिन मनाउने निर्णय गरेको थियो ।
नेत्रहीन क्रिकेट सङ्घद्वारा बाँकेको कोहलपुरमा आयोजना गरिएको नेत्रहीन क्रिकेट प्रतियोगितामा आइतबार कर्णाली प्रदेश विजयी भएको छ ।
नेत्रहीन क्रिकेट सङ्घद्वारा बाँकेको कोहलपुरमा आयोजना गरिएको नेत्रहीन क्रिकेट प्रतियोगितामा आइतबार कर्णाली प्रदेश विजयी भएको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज कैलालीको बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्नुभएको छ ।
नेपाल भ्रमणमा रहेको क्यानडासँगको मैत्रीपूर्ण एक दिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको छ । मूलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल ‘ए’ क्यानडासँग चार विकेटले पराजित भयो ।
धनुषाको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा लाग्ने एक महिने मकरसङ्क्रान्ति मेला आइतबार सम्पन्न भएको छ । मेलामा करिब ३० लाखले अवलोकन गरेको आयोजकले जनाएको छ ।