‘नेपालमा प्रजातन्त्रको प्रादुर्भाव भएपछि जति अखबारहरू बन्द भए अथवा निस्किरहेकोमा पनि मुस्किल मुस्किलले चलिरहेका छन् । तिनीहरूको कठिनाइको असली कारण आर्थिक र अरू कुरा भन्दा पनि समाचारकै अभावका कारण हो । .... त्यसैले यदि देशमा पत्रकारिताको सुरक्षा गर्ने हो र यसको प्रगति गर्दै लगी प्रजातन्त्र मजबुत तुल्याउने हो भने देशमा एजेन्सीको स्थापना अविलम्ब हुनु आवश्यक छ ।’ यही खाँचोको गर्भबाट जन्मिएको हो नेपालमा समाचार समिति । धेरै पत्र (पत्रिकाहरू) निस्किएकाले ती कसरी बाँच्लान् र तिनले देशभरिको समाचार सङ्कलन गरेर कसरी पत्रिका प्रकाशन गर्लान् भन्ने पिर त्यस समयका सम्पादकमा देखिन्छ । त्यसैले समाचार समितिको आवश्यकताको महसुस भएको होला । मुलुकमा जन्मिएका त्यसताकाका पत्रपत्रि
विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय नागरिक सङ्गठनको भेलासहित आयोजित पाँच दिने विश्व सामाजिक मञ्च समारोहमा हिंसाविरुद्धको सन्देश दिने चित्रकला प्रदर्शनी आयोजना गरिएको छ । गैरसरकारी संस्था महासङ्घको नेतृत्वमा भृकुटीमण्डपमा आयोजित विश्व सामाजिक मञ्च समारोहमा महिला, बालबालिकामाथि हुने घरेलु, सामाजिक हिंसाविरुद्धको सचेतनात्मक चित्रकलाको प्रदर्शनी र कला कार्यशालाको आयोजना गरिएको हो । कलाकार रेणु घिमिरेले फ्रिडम स्टुडियो बानेश्वरले यस चित्रकला प्रदर्शनीमा चित्र बनाउने इच्छा भएका दर्शक, सहभागी र कलाकारले समेत चित्र बनाएर हिंसाको अन्त्यका लागि सन्देश दिएको बताउनुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले राज्यले कला र संस्कृतिको संरक्षण र विकासलाई प्राथमिकतामा राख्न नसकेको बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा एक वर्र्षे प्राज्ञिक जिम्मेवारी फर्केर हेर्दा कार्यक्रममा उहाँले अन्य क्षेत्रका तुलनामा कला, साहित्य क्षेत्रलाई कम प्राथमिकतामा राखेको बताउनुभएको हो । उहाँले कला, साहित्यको उन्नयनका लागि कम बजेट छुट्याएको जिकिर गर्दै समानुपातिक, समावेशी ढङ्गबाट राज्यका हर क्षेत्रमा बजेटको बाँडफाँट हुनुपर्ने बताउनुभयो । उहाँले यसका लागि सबै सरोकारवाला निकायले सम्बन्धित क्षेत्रमा गई ढोका ढकढकाउनुपर्ने विचार राख्नुभयो ।
आज अर्थात् फागुन ७ गते आठौँ निर्वाचन दिवस । दिवसको अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाद्वारा आम मतदातामा शुभकामना दिनुभएको छ
निजी डेरी उद्योगको तुलनामा वस्तुको मूल्य महँगो भएपछि कोशी प्रदेशमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले झन्डै ४० प्रतिशत बजार हिस्सा गुमाएको छ । पछिल्लो तीन महिनायता मात्र डिडिसीले मूल्यान्तरकै कारण खुद्रा बजारको ठुलो हिस्सा गुमाएको हो । बजार मागको अनुपातमा दुधको उत्पादन बढी भएपछि कोशी प्रदेशमा सञ्चालित निजी डेरी उद्योगले दुधको उपभोक्ता मूल्य घटाएका थिए । नेपाल सरकारले किसानसँग न्यूनतम ६५ रुपियाँ प्रतिलिटरका दरले दुध खरिद गर्ने निर्णय गरेसँगै गत वर्ष दुधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपियाँले बढाएको थियो । त्यसपछि बजारमा दुधको माग क्रमश घट्दै गएको थियो भने दुधको मूल्य बढेपछि किसानले दुध उत्पादन बढाउँदा उत्पादन बढेको थियो । बजारमा उत्पादन बढ्ने र माग घट्ने अवस्था भएपछि मङ्सिर १ गतेबाट लागु हुने गरी निजी डेरी उद्योगहरूले दुधको मूल्य प्रतिलिटर १० रुपियाँले घटाएका थिए । तर, सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले पुरानै मूल्यमा उत्पादन बिक्री गरिरहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकतन्त्रलाई प्रभावकारी बनाउन सरकार मात्रै होइन, सबै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यमलगायत सबैको प्रतिबद्धता आवश्यक भएको बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मिथ्या र गलत सूचनाबाट ‘दिग्भ्रमित’ पार्ने काम पनि भइरहेकाले यस्ता गलत सूचनाको चुनौतीलाई चिर्नु पर्ने बताउनुभएको छ ।
रोजगार अनुमति प्रणाली (इपिएस) सन् २०२४ को उत्पादनतर्फको भाषा परीक्षा सोमबार (७ गते) देखि पाँच सिफ्टमा सञ्चालन गरिँदै छ । दक्षिण कोरिया उत्पादनतर्फ २०२४ मा रोजगारीका लागि भाषा परीक्षा आवेदन दिनेको सङ्ख्या अपेक्षाभन्दा दोब्बर परेकाले परीक्षाको सिफ्ट सङ्ख्या बढाउनु परेको इपिएस शाखाले जनाएको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
त्रिभुवन विश्वविद्यालय उपकुलपति छनोट समितिले तीन जनाको नाम विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष सिफारिस गरेको छ । समितिले आइतबार सम्पन्न अन्तर्वार्ताबाट छानिएका तीन जनाको नाम सिफारिस गरेको हो । समितिको सचिवालयका अनुसार १४ जनासँगको अन्तर्वार्ताबाट क्रमशः प्राडा चित्रबहादुर बुढाथोकी, प्राडा केशरजङ्ग बराल र प्राडा टङ्कनाथ धमलाको नाम सिफारिस गरिएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
नेपाली कांग्रेस महासमिति बैठक सोमबारदेखि ललितपुरको गोदावरीमा सुरु हुँदै छ । नीति अधिवेशनको म्यान्डेट पाएको महासमिति बैठकमा कांग्रेसको सैद्धान्तिक, वैचारिक र साङ्गठनिक कार्यदिशामाथि विमर्श हुने छ । फागुन १० गतेसम्म सञ्चालन हुने बैठकमा देशभरका दुई हजार एक सयभन्दा धेरै महासमिति सदस्यबिच समूहगत छलफल हुने छ । बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको नीति प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
मुलुकमा १०४ वर्षे जहानियाँ राणाशासन अन्त्य भई २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भयो । त्यसपश्चात् २०४६ को जनआन्दोलन, माओवादीले गरेको दसवर्षे सशस्त्र सङ्घर्ष हुँदै २०६२/६३ को जनआन्दोलनबाट मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्यो । सरकारले ७४ औँ प्रजातन्त्र दिवस विशेष रूपमा मनाउने निर्णय गरेको छ । प्रजातन्त्र स्थापना, सरकारका कामकारबाही र आगामी कार्यभारबारे सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्मासँग गोरखापत्रका सल्लाहकार सम्पादक उपेश महर्जन, समाचारदाता वीरेन्द्र ओली, भिडियो पत्रकार मनोजरत्न शाही र केशव गुरुङले गरेको वार्ताको सम्पादित अंश :