वि.सं २०१५ मा भएको पहिलो आमनिर्वाचनमा धादिङबाट नेपाली कांग्रेसको उम्मेदवार रहनुभएका नेता भरत उप्रेतीको वर्तमान राजनीतिमा त्यागको भावना नहुँदा मुलुकमा नै भ्रष्टाचार मौलाएको बताउनुभएको छ ।
कर्णाली प्रदेश लोक सेवा आयोगले तीन वर्षको अवधिमा एक हजार तीन सयभन्दा बढी कर्मचारी छनोट गरी कार्यक्षेत्रमा पठाएको छ । चौथो तथा पाँचौँ तहका ३७८ जना र स्थानीय तहका ९६० गरी कुल एक हजार ३३८ जना उम्मेदवार छनोट गरिएको जनाइएको छ । प्रदेश लोक सेवा आयोग २०७७ साल फागुन ६ गते स्थापना भएको थियो । कर्णाली प्रदेश लोक सेवा आयोगको तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा आयोगका सचिव लोकप्रसाद न्यौपानेले ५२ जना वनरक्षकको अन्तिम नतिजा प्रकाशन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । कार्यक्रममा कर्णाली प्रदेश प्रमुख तिलक परियारले लोक सेवा आयोगको विश्वसनीयता, योग्यता र स्वच्छताको गरिमालाई कायमै राख्नुपर्नेमा जोड दिनुभयो ।
रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले ‘कुडा कर्णालीका’ मञ्चबाट भूकम्पपीडितले पाइरहेको सास्तीको वर्णन गर्नुभयो । शनिबारदेखि वीरेन्द्रनगरमा सुरु भएको कर्णाली उत्सवको ‘इपिसेन्टर’ शीर्षक सत्रमा सहभागी प्रमुख केसीले भूकम्प गएको चार महिनासम्म पनि कार्यविधि नै नहुँदा पुनर्निर्माणमा ढिलाइ हुन गएकोभन्दा लाज लाग्ने गरेको बताउनुभयो ।
बुटवलमा कपडा बैङ्कको स्थापना गरिएको छ । बुटवल उपमहानगरपालिकाको समन्वय तथा क्लोथ एन्ड फुड बैङ्क नेपालको आयोजनामा पुनः प्रयोग गर्न मिल्ने गरी कपडा बैङ्कको स्थापना गरिएको हो । नायक राजेश हमाल संरक्षक रहेको क्लोथ एन्ड फुड बैङ्क नेपालले बुटवलमा कपडा सङ्कलनका लागि क्लोथ बक्सको स्थापना गरेर सुरुवात गरिएको हो । सम्झौतापछि शनिबार औपचारिक रूपमा बुटवलमा क्लोथ बैङ्क सञ्चालनमा आएको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पुराना कपडालाई रिफाइन गरेर पुनः प्रयोग गर्न मिल्ने गरी कपडा बैङ्कको स्थापना गरिएको बताउनुभयो । प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिकाले भौतिक विकासमा मात्र नभएर मानवीय विकासका लागि बजेट खर्च गर्दै आएको चर्चा गर्नुभयो । उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलका ठाउँ ठाउँमा कपडा सङ्कलन केन्द्र स्थापना गरेर पुराना कपडा जम्मा पारी त्यसलाई प्रशोधन गरेर नहुनेले प्रयोग गर्न सक्ने बताउनुभयो ।
राजीतिक दलले बुटवलबाट प्रदेश राजधानी दाङ सार्दै गर्दा बुटवललाई आर्थिक राजधानी र रुपन्देही जिल्लालाई आर्थिक केन्द्र बनाउने भनी गरेको प्रतिबद्धता पूरा गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । उक्त प्रतिबद्धता पूरा गर्दै रुपन्देही र यस क्षेत्रका राष्ट्रिय आयोजना बुटवल–नारायणगढ सडक, बुटवल–गोरुसिङे सडक, तिनाउ नदीमा बनाउने भनिएको सिग्नेचर पुल, सिद्धबाबा सुरुङमार्ग, बेलबास–बेथरी सडक, तिनाउ कोरिडोर निर्माण र मोतीपुर औद्योगिक क्षेत्रको काम तत्काल सुरु गर्न दबाबसमेत दिइएको छ ।
नेपालको राजनीतिक इतिहासमा सबैभन्दा महत्वपूर्ण घटना नेपालको एकीकरण हो भने दोस्रो महत्वपूर्ण घटना प्रजातन्त्रको प्राप्ति हो । आधुनिक नेपालको सम्पूर्ण राजनीतिक चिन्तन यिनै दुई महत्वपूर्ण परिघटनाको केन्द्रीयतामा घुमेको देखिन्छ । पृथ्वीनारायण शाहले नेपालको एकीकरणमा मुख्य भूमिका निर्वाह गरे । उहाँका उत्तराधिकारीहरूले एकीकरण अभियानलाई निरन्तरता दिए । यसै गरी नेपाली कांग्रेसले प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्यो र अन्य दलहरू तथा नेपाली जनताले साथ दिए ।
विसं २००७ फागुन ७ गते मुलुक नयाँ युगमा प्रवेश गरेको हो । त्यस दिनलाई आधुनिक इतिहासको प्रारम्भ बिन्दु मानिन्छ । ऐतिहासिक जनक्रान्तिद्वारा शताब्दी लामो राणा शाही ढालेर प्रजातन्त्र स्थापना भएकाले फागुन ७ मुलुक र प्रजातन्त्र पक्षधरहरूका लागि ऐतिहासिक महत्वको दिन हो । मुलुकको इतिहासमा त्यो आजसम्मकै ठुलो प्रजातान्त्रिक आन्दोलन हो । राष्ट्रियताको जग पनि त्यही आन्दोलनको बलमा खडा भएको थियो । जसको नेतृत्व नेपाली कांग्रेसले ग¥यो । त्यसैले कांग्रेसलाई पन्छाएर नेपालको राजनीतिक इतिहासले पूर्णता पाउँदैन भनिएको हो । विसं १९९३ जेठ मा गठित प्रजापरिषद्ले राणा शासनविरुद्ध पहिलो राजनीतिक तथा सङ्गठित विद्रोह गर्न खोजेको थियो । प्रजापरिषद्को मुख्य उद्देश्य पनि राणा शासन अन्त्य गरी संवैधानिक राजतन्त्र अन्तर्गत प्रजातन्त्रको अभ्यास गर्ने थियो । प्रजापरिषद्भित्रकै सदस्यले विद्रोहको सङ्केत राणालाई गराएपछि त्यसले मूर्त रूप लिन सकेन । सङ्गठनकै कार्यकर्ताको
इलामको उत्तरी क्षेत्रमा अवस्थित सन्दकपुर गाउँपालिका साबिकका माईमझुवा, सुलुबुङ, माबु, जमुना गाविस र माईपोखरी गाविसको ४ देखि ९ सम्मका वडा मिलाएर बनाइएको छ । जिल्लाको कुल एक हजार ७०६ वर्ग
नेपालमा प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलनमध्ये नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा २००७ सालमा भएको उदयपुरगढी कब्जाको घटनालाई एक महìवपूर्ण र ऐतिहासिक रूपमा लिइन्छ । आमनागरिकले स्वतन्त्र रूपमा बोल्नसमेत नपाउने अवस्थामा तत्कालीन जिल्लाको प्रमुख प्रशासनिक केन्द्र रहेको उदयपुरगढी कब्जा गर्नु त्यति सजिलो पक्कै थिएन । सन्त नेता भट्टराईको चातुर्यपूर्ण कुशल नेतृत्वले २००७ साल कात्तिक २६ गते राति उदयपुरगढी कब्जा गर्न आफूहरू सफल भएको बताउनुहुन्छ, सोही आन्दोलनका एक मात्र जीवित योद्धा अम्बरबहादुर थापामगर ।
रामेछापको मन्थली नगरपालिका–८, चिसापानीको गाईखुरामा नर्मदेश्वर महादेवको मन्दिर छ । स्थानीयका अनुसार जिल्लाकै ऐतिहासिक धार्मिक स्थलमध्ये एक यो मन्दिर दुई सय वर्षभन्दा पुरानो हो ।
जनस्तरबाटै हर्षोल्लासका साथ मनाइँदै आएको राष्ट्रिय दिवसको नाम लिनुपर्दा फागुन ७ गते विशेष स्मरणीय दिन हुन आउँछ । १०४ वर्षदेखि निरन्तर चल्दै आएको जहानियाँ हुकुमी राणा शासन अन्त्य गरी प्रजातन्त्र घोषणा गरिएको दिनको स्मरण राजनीतिक कालखण्डका हरेक चरणमा गरिँदै आएको छ । २००७ साल फागुन ७ गते मुलुकमा प्रजातन्त्रको उद्घोष भएको दिन हो । यो दिनसम्म आइपुग्न नेपाली जनताले धेरै ठुलो त्याग, तपस्या र बलिदान गरेको इतिहास साक्षी छ । तत्कालीन राजा त्रिभु
देशभर आठ लाख ५० हजारभन्दा बढी सक्रिय सदस्य नेपाली कांग्रेस पार्टीको महासमितिको बैठक आजदेखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ ।
बागमती प्रदेश अन्तर्गतका अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले प्रोत्साहन सुविधा पाउने भएका छन् । विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालन भएका प्रदेश सरकारमातहतका अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले थप प्रोत्साहन सुविधा पाउने भएका हुन् ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
आज अर्थात् फागुन ७ गते नेपाली कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिन रहेको भन्दै कांग्रेसका सभापति शेरबहादुर देउवाले समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।