राष्ट्रिय समाचार समिति (रासस) ले ६३ औँ वार्षिकोत्सवको अवसर पारेर आज उत्कृष्ट पत्रकार, कर्मचारीलाई पुरस्कृत गरेको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । यही फागुन १० गते बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचार-प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई विकसित र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
वीरेन्द्रनगरमा डिजिटल अधिकारको संरक्षणसम्बन्धी अन्तरक्रियामा सहभागीहरूले डिजिटल अधिकारको संरक्षण गर्न आवश्यक रहेको सुझाव दिनुभएको छ ।
प्रजातन्त्र दिवसको अवसर पारेर कोशी प्रदेश सरकारले १४ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ ।
स्थानीय तहमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा उजुरीको चाङ लागेको छ ।
कैलालीको फूलबारीमा महिलाको पाठेघरको क्यान्सर पत्ता लगाउन स्क्रिनिङ गरिएको छ । फूलबारी स्वास्थ्य चौकीमा हेल्थ क्याम्प आयोजना गरेर क्यान्सर स्क्रिनिङ गरिएको हो ।
"राज्यको दायित्व फिल्मकर्मीलाई प्रोत्साहन गर्ने हो, सेन्सर बोर्ड सार्वजनिक गरेको पछिल्लो २० बुँदे कार्यविधि प्रति लक्षित गर्दै उहाँले भन्नुभयो, ‘यो विधिप्रति हाम्रो आपत्ति छ । फिल्मकर्मीलाई सेल्फ सेन्सरसिपको अधिकार दिनुपर्छ ।"
राष्ट्रको एक मात्र समाचार समितिका रुपमा रहेको राष्ट्रिय समाचार समिति (रासस)को ६३ औँ वार्षिकोत्सव समारोह भर्खरै यहाँ प्रारम्भ भएको छ ।
पपुवा न्यु गिनीको उच्च पहाडी क्षेत्रमा भएको जातीय द्वन्द्वमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् ।
बाँकेको खजुरा गाउँपालिका–२ सीतापुरमा अस्थायी रूपमा बसोबास गर्दै आउनुभएका लाकुरे दमाईको परिवारका लागि आवश्यक खाद्य सामग्री सहयोग गरिएको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले युवा वर्गलाई लक्षित गर्दै निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक स्थलमा चहलपहल सुरु भएको छ । सोमबारबाट ललितपुरको गोदावरीमा सुरु हुने बैठक फागुन १० गतेसम्म चल्नेछ ।
जिल्लाको पातारासी गाउँपालिकाले हिउँदे गाउँसभा सम्पन्न गरेको छ । गाउँपालिकाले १२ औँ हिउँदेसभा सम्पन्न गरेको जानकारी दिएको हो ।