नइ प्रकाशनले राष्ट्रिय जीवनका ख्यातिप्राप्त नौ जना महानुभावहरूलाई २०७९ सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
चीनका विदेशमन्त्री वाङ यीले युक्रेनमा जारी द्वन्द्वको शीघ्र अन्त्य र शान्ति बहालीका लागि चीनले रचनात्मक भूमिका निर्वाह गरिरहने र आशाको किरण रहुन्जेल हार नमान्ने बताउनुभउको छ ।
गोरखामा जारी मिस्टर बि आठौँ रनिङ कप–२०८० को दोस्रो दिन सोमबारको खेलमा नेपाली सेनाको रिपुमर्दन गण गोरखा भिमसेन तारा युवा क्लब गोरखासँग ४–० गोलले पराजित भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले कसैलाई निषेध गरेर स्थायी शान्ति र स्थायित्व हुन नसक्ने बताउनुभएको छ ।
दाङको घोराहीमा तेस्रो अल्फा दाङ जिल्लास्तरीय खुला तेक्वान्दो प्रतियोगिता–२०८० सुरु भएको छ ।
ताप्लेजुङमा यस वर्ष चिराइतो निकासीमा वृद्धि भएको छ ।
बर्दीबासमा सुविधा सम्पन्न कभर्ड हल निमार्ण भएको छ । करिव २ करोड रुपियाँमा निर्माण गरिएको ब्याडमिन्टन कर्भडहलको सोमवार प्रजातंत्र दिवसको अवसरमा बर्दीबास नगरप्रमुख प्रहलाद क्षेत्रीले उद्घाटन गर्नु भएको हो ।
रौतहटको ईशनाथ नगरपालिका ५ स्थित गत दुई दिनदेखि बाटोमै राखिएकाे सरस्वती माताको मुर्ति विसर्जन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझदेखि वीरगन्जमा कर्फ्यु आदेश जारी गरेको छ । जिप्रकाले साँझ ५ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रजातन्त्र नेपाली नागरिकको जीवनशैली, जीवन पद्धतिका रूपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ ।
सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
सम्झौता अवधि सकिएको तीन वर्ष बित्दा पनि मणिमण्डपलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्न ल्याइएको सीतापुष्प वाटिका अन्तर्गतका कार्य सम्पन्न हुन सकेको छैन ।
प्रजातन्त्र दिवसको अवसर पारेर बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकमा जिल्लाकै अग्लो झण्डा फहराइएको छ ।
कर्णाली प्रदेशमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा चामल नहुँदा रित्ता भएका छन् । चामलको अभावमा डिपो, बिक्री केन्द्र रित्तै भएको लामो समय भए पनि अहिलेसम्म चामल पुग्न सकेको छैन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकले पार्टीलाई थप सबल, सुदृढ र एकतावद्ध बनाएर लैजानेमा विश्वास व्यक्त गर्नुभएको छ ।