पूर्वाधार विकास कार्यालय स्याङ्जाले यस आर्थिक वर्षमा पाँच मोटरेबल पुल निर्माण गर्ने भएको छ । पूर्वाधारले चार मोटरेबल पुल निर्माण थालेको छ भने एक पुल निर्माणको अन्तिम तयारीमा छ ।
एक वर्षको अवधिमा सुदूरपश्चिम प्रदेश सरकारले १८ वटा कानुन बनाएको छ । प्रदेश सरकारले दुई वटा ऐन, तीन वटा नियमावली, दुई निर्देशिका, आठ कार्यविधि र तीन वटा मापदण्ड गरेर १८ कानुन बनाएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेदरल्यन्ड्सले नामिबियालाई सात विकेटले हरायो । नेदरल्यान्ड्सको यो पहिलो जित हो ।
बर्दिबासमा सडक खाना महोत्सवको प्रथम संस्करण सुरु भएको छ । महोत्सवमा स्थानीयको चाप बढेको छ ।
काठमाडौँ–तराई द्रुत मार्गको पछिल्लो ६ वर्षमा ३०.९६ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । ललितपुरको खोकनादेखि बाराको निजगढसम्म ७०.९७७ किमी फास्ट ट्रयाक निर्माण कार्य करिब ३१ प्रतिशत भौतिक प्रगति भएको नेपाली सेनाले बताएको छ ।
स्याङ्जाको चापाकोट नगरपालिका–८ खोरियाघाटका माझी समुदायले गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाएका छन् ।
नेपाली कांग्रेसको महासमिति बैठक सनराइज सम्मेलन केन्द्र गोदावरीमा सुरु भएको छ । पार्टीको आधिकारिक नीति तय गर्नका लागि प्रजातन्त्र दिवसको अवसर पारेर आजदेखि सुरु बैठकको पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विचाराधीन अवस्थामा रहेको विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुने बताउनुभएको छ ।
अत्यधिक चिसो बढेपछि बन्द भएका बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय सञ्चालनमा आएका छन् । गत पुस १५ गतेदेखि बन्द भएका विद्यालय फागुन पहिलो सातादेखि सञ्चालनमा आएका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले २०६९ सालमा ९ करोड रुपियाँ खर्च गरेर कालोपत्रे गरेको मनाङको हुम्डे विमानस्थल अलपत्र परेको छ ।
प्रशिक्षार्थी चिकित्सकले चिकित्सा तालिम सुधारको विरोधमा सामूहिक राजीनामा दिएपछि दक्षिण कोरियाले उनीहरूलाई सोमबार काममा फर्कन आदेश दिएको छ ।
राष्ट्रिय समाचार समिति (रासस) ६३ वर्षमा प्रवेश गरेको छ । यो ऐतिहासिक क्षणमा राससले नवीनतम प्रविधिको प्रयोगबाट आफ्नो सेवालाई समयानुकूल सुधार गरी प्रतिस्पर्धी बनाउँदै लगेको छ ।
झापामा आइतबार राति भएको सवारी दुर्घटनामा एक बालिकाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षी नगरपालिकाको झिलझिले सडक खण्डमा बेलुकी ७ बजे ट्याम्पोको ठक्करबाट ९ वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कपिलवस्तुमा हत्या गरी गाडिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्ला कपिलवस्तु नगरपालिका वडा नं. ४ पिपरी गाउँदेखि दक्षिणतर्फको नहरको कुलोमा शव फेला परेको हो ।
पाल्पामा टिप्पर दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१६ का २४ वर्षीय प्रदीप कुमाल र सोही स्थानका १८ वर्षीय मनिष परियार रहनुभएको छ ।