सोमबार रातीबाट जिल्लामा हिमपात सुरु भएपछि किसानहरुलाई राहत पुग्ने भएको छ । कात्तिक महिनामा छरेको जेठासी बाली ( जौ, गहुँ र उवा ) उम्रेर पनि सुक्न थालेको समयमा बाक्लो हिमपात भएपछि किसानहरु खुसी भएका छन् । सिमकोट गाउँपालिका– ५ की किसान नन्दकली रावतले ढिलो गरी परेको हिमपात किसानका लागि सुन बराबर मुल्यवान भएको बताउनुभयो । उहाँले जेठासी बाली कतै नउम्रेको त कतै उम्रेर पनि खडेरीले सुक्न थालेको बेला हिमपात भएपछि अब जेठासी बाली जोगिने बताउनुभयो । गत माघमा थोरै परेको हिउँले खासै फरक नपरेको बताउदै रावतले बाक्लो हिमपात भएका कारण किसानका लागि बरदान सावित भएको बताउनुभयो । खार्पुनाथ गाउँपालिका– ४ का किसान बबरजंग हमालले जेठासी बाली मात्र नभएर कात्तिके बाली छर्ने, खनजोत गर्ने समय सुरु हुन थालेको कारण
दोलखा जिल्लाको हाटडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५८ मिनेट जाँदा दोलखा जिल्लाको हाटडाँडा आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो ।
नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्र आजदेखि सुरु हुँदैछ । सोमबार उद्घाटनसत्रसँगै सकिएको महासमितिको बैठक आज बिहान ९ बजेदेखि बन्दसत्र सुरु गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा छलफलका लागि पाँचवटा प्रतिवेदन पेस हुन लागेका छन् ।
रुसमा हालै पोलार एयरलाइन्सको एउटा जहाज पाइलटको गल्तीका कारण कोलिमा नदीमाथि अवतरण भएको छ । धन्न यात्रीको भाग्य बलियो रहेछ । किनभने जहाज अवतरण भएको उक्त नदी चिसोका कारण पूर्ण रूपमा जमेको थियो । सो विमानमा ३० यात्रु र चार जना चालकदलका सदस्य थिए । यस घटनाले विमानमा कुनै पनि क्षति पुगेको छैन र कसैलाई पनि चोटपटक पनि लागेन ।
सन् १९३९ देखि १९४५ सम्म विश्वले इतिहासको सबैभन्दा भयङ्कर यस्तो युद्ध देख्यो जसमा ३० भन्दा बढी देश आपसमा कटुता, कलह र रक्तपातको अवस्थामा पुग्दा मच्चिएको लडाइँले संसारभरि १० करोड मानिसको ज्यान गयो । इतिहास साक्षी छ युद्ध त्यस्ता कैयौँ उपकथाले भरिपूर्ण थियो जसका हरेक अध्यायले हाम्रो मानवताको साझा भावना खिल्ली उडाएको देखिन्छ । तर युद्धका सबै मोर्चामध्ये द्वितीय विश्वयुद्ध अवधिमा सबैभन्दा बढी शृङ्खलाबद्ध लडाइँ भएको प्रशान्त क्षेत्रमा भएका कारबाही सोचनीय छन् । इतिहासवेत्ताहरूले लेखेका छन् सन् १९३१ मा मन्चुरिया र सन् १९३७ मा चीनमाथि आक्रमण गरेर जापानले युद्ध थालनी गरेको थियो । यी हमलाले तत्काल यस्तो हलचल र उथलपुथल सुरु भयो जसले चीनको आधारशिला हल्लाइ
जन्ती बोकेको बोलेरो जीप तनहुँको आबुँखैरेनी गाउँपालिका– १ गिराउनचौरमा आईतबार राती १२:३० दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा गम्भिर घाइते हुनु भएका आँबुखैरेनी–६ बस्ने ५६ बर्षका शेरबहादुर गुरुङको चितवन मेडिकल कलेजमा उपचारको क्रममा सोमबार मृत्यु भएपछि उक्त सङ्ख्या पुगेको हो । यसअघि आबुखैरेनी गाउँपालिका–६ छापस्वाँरा बस्ने ७२ बर्षका आसपुर गुरुङ र व्यास नगरपालिका–९ गजौडे बस्ने १७ बर्षकी तुलसी गुरुङको घट्नास्थलमै मृत्यु भएको थियो ।
शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा प्राथमिकतासाथ योजना सञ्चालन गरिरहेको शिवालय गाउँपालिकाले वडा वडामा विद्युतीकरण, पक्की सडक र अस्पताल निर्माणको कार्यमा समेत ध्यान दिइरहेको छ । भूकम्पपीडितका समस्या सम्बोधन गर्नसमेत पालिकाले योजना बनाएको छ । नेपाली कांग्रेसको तर्फबाट पालिका अध्यक्षमा निर्वाचित शेरबहादुर शाहीले आधुनिक खेती प्रविधि, चिया तथा कफी खेतीबाट आर्थिक समृद्धि खोज्ने कार्यमा जोड दिँदै आउनुभएको छ । अध्यक्ष शाहीले भन्नुभयो, “कृषि पेसाबाट जीविकोपार्जन गरिरहेका किसानलाई खाद्य बालीभन्दा नगदे बाली तथा फलफूल खेतीमा लाग्न प्रेरित गर्ने कार्यक्रममा प्राथ
काठमाडौँ उपत्यकामा सीमित स्रोतबाट आपूर्ति गरिँदै आएको खानेपानीले दिनानुदिन बढ्दै गएको जनघनत्वलाई धान्न नसकेर चरम अभाव भइरहेका बेला मेलम्ची आयोजना आशाको त्यान्द्रो बनेर देखा परेको थियो । २०४७ सालको राजनीतिक परिवर्तनपछिको अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले काठमाडौँवासीलाई मेलम्चीको पानी ल्याएर खुवाउने वाचा गर्नुहुँदा उहाँमाथि असम्भव कार्यलाई ‘चुनावी नारा’ बनाइएको आरोपसमेत लगाइयो । लामो समय
इमानदार र असल आचरणबाट गरेको कर्ममा श्रद्धा हुन्छ । श्रद्धाले सम्मानजनक वातावरण निर्माण गर्छ । गीताले ‘कर्म गर फलको आशा नगर’ भनेको छ । यसको तात्पर्य कर्म गर फल अवश्य प्राप्त हुन्छ भन्ने बुझ्नुपर्ने हुन्छ । समाजसेवा वा पेसागत कर्म होस्, मानव कल्याणका लागि उच्चतम लाभको अपेक्षा गरिएको हुन्छ । लोकतन्त्रमा नागरिक अधिकारसहित कल्याणकारी राज्यका लागि राजनीतिक कर्मको चर्चा परिचर्चा हुने गर्छ । राजनीतिले समग्र क्षेत्रको नेतृत्व गर्ने हुँदा श्रद्धा र सम्मानयुक्त वातावरणबाट
प्रजातन्त्रको पर्यायवाची शब्दका रूपमा लोकतन्त्रलाई २०६२/६३ को जनआन्दोलनपछि लिने गरिएको पाइन्छ । नेपालमा राजतन्त्रात्मक प्रणालीको अन्त्य भएसँगै ‘प्रजातन्त्र’ को सट्टा ‘लोकतन्त्र’ शब्द बढी प्रचलनमा आएको छ । संस्कृत भाषामा ‘प्रजा’ भन्नाले ‘लोक’ नै भन्ने बुझिन्छ भने नेपालीमा लोक भनेको आमजनता हुन् । यस अर्थमा प्रजातन्त्रको स्थानमा लोकतन्त्रलाई प्रयोगमा ल्याउँदा पनि खासै फरक चाहिँ पर्दैन । फागुन ६, ७ र ८ गते तीन दिन नै यो वर्ष पनि राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाइँदै छ । यी दिन मुलुकका सङ्घ, संस्था, विदेशी नियोग साथै देशभर प्रजातन्त्र दिवस मनाइँदै छ । २००७
जनताले आत्मचेतनाबाट उद्बोधित भई ‘परम्परागत–जहानियाँ–सामन्ती–निरङ्कुश–राजतन्त्र’ विरुद्ध विगुल फुकेको लामो समय भइसकेको थियो । जनाधिकार प्राप्तिका लागि सशस्त्र सङ्घर्ष तथा आन्दोलनको परिणाम नै ‘प्रजातन्त्र’ हो । जनता प्रजा, दास र रैतीबाट स्वतन्त्र भई नागरिकका रूपमा स्थापित भएको ऐतिहाासिक दिन फागुन ७ लाई स
मोरङ भन्नेबित्तिकै औसत मानिसको बुझाइ विकसित तराईको जिल्ला, कोशी प्रदेशको राजधानी, धान फल्ने फाँट भएको क्षेत्र बुझिन्छ । यही मोरङका बालबालिका अझै पनि दुई घण्टा पैदल हिँडेर विद्यालय जान्छन् भन्दा पत्यार नलाग्न सक्छ तर मोरङको केराबारी–५, भकारे र केराबारी–४ को डहरका बालबालिकालाई गाउँको सबैभन्दा नजिकको जनसेवा आधारभूत विद्यालय जान पूरै दुई घण्टा पैदल हिँड्नु पर्छ ।
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१, राकाथुमको कोथपे र सिन्धुलीको सुनकोशी गाउँपालिका–२, मझुवा जोड्ने झोलुङ्गे पुल निर्माण सुस्त गतिले अघि बढेको छ । तीन वर्षअघि सुरु भएको पुल निर्माण कार्यको उपलब्धि ३५ प्रतिशत रहेको छ । सङ्घीय सरकारको सात करोड ३५ लाख रुपियाँ लागतमा निर्माण थालिएको सो पुलको लम्बाइ ४६५ मिटर रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा निर्माण सुरु भएको सो पुल कोभिड–१९ का कारण काम रोकिएको थियो । आव २०७८/७९ को सुरुवातीबाट पुनः निर्माण सुरु गरिए पनि रामेछापतर्फको पिल्लर कोल्टिएपछि काम रोकिएको स्थानीयको भनाइ छ ।