पछिल्लो समय मोरङको सामावर्ती बजार जोगवनी र आसपासका नाकाबाट अवैधरुपमा हुन्डीको कारोबार बढ्दै गएकाले प्रहरीले त्यस्ता कारोबारीलाई नियन्त्रणमा लिन थालेको छ ।
नाइजेरियाको सत्तारुढ दल अल प्रोग्रेसिभ काङ्ग्रेस (एपीसी) पार्टीका प्रवक्ताको हत्या भएको छ । अज्ञात बन्दुकधारी समूहले पठारको मध्य राज्यमा यसै सप्ताहन्तमा उहाँको हत्या गरेको स्थानीय प्रहरीले सोमबार जनाएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० विश्वकपअघि भारतमा त्रिकोणात्मक टी–२० सिरिज खेल्ने भएको छ । नेपालले विश्वकपको तयारीस्वरुप भारतको बरोडा र गुजरात क्रिकेट सङ्घको टोलीसँग खेल्न लागेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।
दिगो विकाससम्बन्धी एघारौँ एसिया प्रशान्त मञ्चको अध्यक्षमा नेपाल निर्वाचित भएको छ । बैङ्ककस्थित संयुक्त राष्ट्रसङ्घअन्तर्गत एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक परिषदमा आज (मङ्गलबार)देखि आयोजना भएको मञ्चको बैठकबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको हो ।
धनकुटाको महालक्ष्मी नगरपालिकाको मारेकटहरेमा सञ्चालित मारेकटहरे खानेपानी आयोजनामा पाइपमा विवाद बढेको छ । जिल्ला खानेपानी कार्यालयबाट दिएको पाइप अध्यक्ष नारद कट्वालल दुरुपयोग गर्न खोजेको भन्दै छानबिन गर्न माग गरिएको छ ।
आँखा शिविरमा मोतीबिन्दुको समस्या देखिएका तीन सय एक जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योति सङ्घका अनुसार आँखा शिविरमा मोतीबिन्दुको समस्या देखिएका चार सय बिरामी मध्य तीन सय एक जनाको निःशुल्क शल्यक्रिया गरिएको हो ।
पाँचथरको फिदिममा बुधबारदेखि सुरु हुने प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सँगै खुल्ला भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको छ ।
बाजुराको त्रिवेणी नगरपालिकामा रहेको त्रिशक्री दलित नेटवर्कले जातीय विभेद तथा छुवाछुत उन्मूलनका लागि सरोकारवाला निकायसँग परामर्श कार्यक्रम सुरु गरेको छ ।
अनुमति लिएकोभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार कपिलवस्तुका आठ जना वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।
फ्रान्सको पेरिसमा यसै वर्ष आयोजना हुने ओलम्पिक गेम्सका लागि एसियाली छनोट प्रतियोगितामा सहभागि हुने नेपाली तेक्वान्दो खेलाडीको छनोट गरिएको छ ।
जिल्लामा सञ्चालित लथालिङ्ग ठुला विकासे आयोजनालाई प्रभावकारी बनाउन साझा प्रतिबद्धता व्यक्त गरिएको छ । जिल्लाको समग्र विकासमा देखिएका समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय विकास संवाद सुरु गरेको हो ।
इपीएस कोरिया शाखाले सुरु गरेको कोरियन भाषा परीक्षा आगामी २०८१ पुस २ गते सकिने भएको छ । सोमबार पहिलो चरणअन्तर्गत सुरु भएको उक्त परीक्षामा ४७ हजार पाँच सय १९ जना सहभागी हुने उक्त परीक्षा आउँदो चैत २४ गते सकिने इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिनुभयो ।
छोराको कुटाइबाट घाइते हुनुभएकी धरान उपमहानगरपालिका-११ कुविर्ता चोककी रमनसरी राईको मृत्यु भएको छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वशान्ति कार्यमा खटिएका १९ मुलुकका एक हजार एक सय २५ सैनिकको सहभागिता रहेको बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’ सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सैनिक मुख्यालय टुँडिखेलमा आयोजित विशेष समारोहमा उक्त तालिमको उदघाटन गर्नुभयो ।
इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले गाजापट्टीमा युद्ध र लाल सागरमा हालैको तनावपछि स्वेज नहरको राजश्व ४०–५० प्रतिशतले घटेको बताउनुभएको छ ।