नवलपुरको कावासोती–१३ मा लोपोन्मुख गिद्ध संरक्षण गर्न जटायु रेष्टुरेन्ट स्थापना गरिएको छ । गिद्ध संरक्षणका लागि समुदाय स्तरमा नेपालमा पहिलोपटक सन् २००६ मा गिद्ध अर्थात् जटायु रेष्टुरेन्टको स्थापना गरिएको थियो । १८ वर्ष अगाडि स्थापना भएको जटायु रेष्टुरेन्ट पर्यापर्यटनको गन्तव्यमा रूपमा विकास हुँदै गएको छ ।
जिल्लाको म्याग्दे गाउँपालिकाले आफ्नो क्षेत्रको आर्थिक विकासका लागि नवप्रवर्द्धन युवा व्यवसायी सम्मेलनको तयारी गरेको छ ।
दोस्रो इन्टर स्कुल मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कपको उपाधि होलिल्याण्ड स्कुलले चुमेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट देखिएको छ । परिसूचक एक दशमलव ७६ अङ्कले घटेर दुई हजार ३३ दशमलव ०६ को विन्दुमा कायम भएको हो ।
पाँचथर जिल्लाका बालबालिकालाई फागुन १६ देखि २३ गतेसम्म दादुरा रुबेलाविरुद्व खोप दिइने भएको छ।
मिलेनियम च्यालेञ्ज कर्पोरेसनअन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसीसी कम्प्याक्ट) लागूभएको करिब छ महिना पुग्न लाग्यो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाले चीरकालसम्म स्मरण गर्नेगरी सो जिल्लाको विकासमा लागिपरेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज गोरखा पत्रकार समाज नेपालका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री दाहालले गोरखाको विकासमार्फत् आफू निर्वाचनका लागि गोरखा गएको औचित्य पुष्टि गर्ने स्पष्ट गर्नुभएको हो ।
फागुन २६ गते शनिबार नेपालगन्जमा ‘म्युजिक फर हार्मोनी’ (सद्भावका लागि सङ्गीत) कार्यक्रम हुने भएको छ । यो कार्यक्रमले नेपालगन्जबाट संसारलाई सद्भावको सन्देश दिने आयोजकको विश्वास छ ।
भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–६ जिमा गाउँका २४ वर्षीय रतन लावडको भीरबाट लडेर मृत्यु भएको छ ।
पछिल्लो समयमा ताप्लेजुङमा धुपीका पात सङ्कलन क्रमिकरुपमा घट्दै गएको छ । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार प्रत्येक वर्ष धुपीपात सङ्कलन घट्दै गएसँगै राजस्वसमेत घट्दै गएको हो ।
सिमकोट गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले विद्यालयमा शैक्षिक सुधारका लागि अन्तरक्रिया सञ्चालन गरेको छ। विद्यालयमा भर्ना दर वृद्धि गर्न र शैक्षिक गुणस्तर सुधारका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।
इराकी राष्ट्रपति अब्दुल लतिफ रशिदले सोमबार शिया धर्मगुरु मुक्तादा अल–सद्रप्रति वफादार एक जना प्रमुख कार्यकर्ताको अपहरण र हत्याको निन्दा गर्नु भएको छ ।
बालबालिकामा देखिएका अस्वाभाविक परिवर्तनले अभिभावकलाई चिन्तित बनाउन थालेको छ । अहिलेका बालबालिकाको आनीबानी र व्यवहारले विकृति भित्रिन थालेकाले चिन्तित बनाएको सम्बद्ध अभिभावकको गुनासो छ । समय बदलिँदो छ ।
पुतलीबजार नगरपालिका र सेभ द हर्टले पुतलीबजारमा गरेको निःशुल्क मुटु स्वास्थ्य शिविरमा दुई हजार ५० जनाले मुटुको परीक्षण गर्नु भएको छ ।
नेत्रहीन क्रिकेट सङ्घद्वारा बाँकेको कोहलपुरमा आयोजना गरिएको नेत्रहीन राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२४ को उपाधि जित्नका लागि बर्दिया र सुदूरपश्चिमको टोलीले मंगलबार अन्तिम खेल खेलिरहेका छन्।