प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका बेलायतका विकासमन्त्री एन्ड्रयू मिचेलले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई सामाजिक रूपान्तरणको संवाहक बनाउने बताउनुभएको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा चार वटा कार्ययोजनाहरु प्रस्तुत भएका छन्।
पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैटौँ संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।
बाँकेको कोहलपुरमा मङ्गलबार सम्पन्न नेत्रहीन क्रिकेट प्रतियोगिता–२०८० को उपाधि कञ्चनपुरले जितेको छ । कोहलपुरमा मङ्गलबार सम्पन्न फाइनल खेलमा कञ्चनपुरले बर्दियालाई ८० रनले हराउँदै उपाधि जितेको हो ।
प्रथम सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितामा पाल्पाले विजयी सुरुवात गरेको छ ।
दाङका स्वर्गद्वारी आश्रमका मोही किसानले जग्गामा एकल स्वामित्वको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । स्वर्गद्वारी आश्रमको नाममा दर्ता स्रेस्ता कायम भएको जग्गा रहेको द्वैद्य स्वामित्व अन्त्य गर्दै किसानको नाममा हुनुपर्ने माग गर्दै गुठी पीडित किसानले मङ्गलबार घोराहीमा प्रदर्शन गरेका हुन् ।
सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको हो ।
आयोजक लोयल्टी ‘बी’ र काभ्या १२औँ लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
जिल्लाको कपिलवस्तु नगरपालिका-४ पिपरी गाउँ नजिकैको नहरको कुलोमा बीभत्स हत्या गरेर गाडिएको शवको सनाखत भएको छ ।
क्यानडाविरुद्धको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ दुई विकेटले विजयी भएको छ ।
कात्तिक १७ गते गएको भूकम्पबाट पीडित भएका नलगाड नगरपालिका–७ काललाग्यस्थित बादी समुदायले अस्थायी टहरा निर्माण गरी त्रिपालको बसाइँबाट मुक्त हुँदै
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महासमिति बैठकमा १० बुँदे राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय समावेशी आयोगले संविधानको मर्म र भावनाअनुरूप आफ्नो औचित्य पुष्टि हुने गरी काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जारी महासमिति बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएको उल्लेख गर्नुभएको छ ।