बागमती प्रदेशका विभिन्न जिल्लामा पछिल्लो समय लागुऔषध अफिम खेती मौलाउँदै गएको छ । विगतमा गाँजा खेती मात्र हुने गरेको क्षेत्रमा पछिल्ला वर्षमा अफिम खेती बढ्दै गएको हो । मकवानपुरको पश्चिमी क्षेत्रसँगै चितवन, धादिङलगायतका जिल्लाका पहाडी र विकट स्थान अहिले अवैध अफिम खेती फुलेर सेताम्मे बनेको छ ।
ब्रिटिस पेट्रोलियमले इजिप्टमा विकास, अन्वेषण गतिविधिका लागि १.५ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । ऊर्जा विशाल ब्रिटिश पेट्रोलियम (बिपि) योजना १.५–बिलियन–युएस इजिप्टमा विकास र अन्वेषण गतिविधिहरूको लागि नयाँ लगानी गर्ने घोषणा गरिएको हो ।
पाल्पाको ऐतिहासिक पर्यटकीय स्थल रानीमहल जाने बाटोको ढलान कार्य तीव्र पारिएको छ । सो बाटोको वैकुण्ठभिर क्षेत्रमा ढलान गरिएको छ । यस क्षेत्रमा बाटो बिग्रिएर यात्रा गर्न जोखिमयुक्त बनेको थियो । बिग्रिएको बाटोलाई सुधार गर्न लुम्बिनी प्रदेश सरकारको लगानीमा ढलान गरिएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ । रानीमहलनजिकै सडकको ढलान उप्किएर खाल्डो परेको थियो भने कतिपय स्थानमा छड बाहिर निस्किएको थियो । सडक बिग्रिएका कारण सो क्षेत्रमा साना तथा ठुला सवारीसाधन गुडाउन अप्ठ्यारो रहेको थियो ।
समूहको स्याटेलाइट टिभी च्यानल अल–मासिराहद्वारा प्रसारित टेलिभिजन बयानमा, हुथी सैन्य प्रवक्ता याह्या सारियाले अमेरिकी जहाजहरू सी च्याम्पियन र नाभिस फोर्टुनाविरुद्धको आक्रमणहरू रहेको बताएको छ ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
फागुन लागिसक्दा समेत चङ्खेली हिमाल यस पटक कालापत्थरजस्तै बनेको छ । हिमाली जिल्ला मुगुमा यस वर्ष हिउँ नपर्दा हिमालको सौन्दर्य हराउँदै गएको छ । विगतका वर्षमा मङ्सिर अन्तिम र पुस पहिलो साताबाटै हिउँ पर्न सुरु हुनेमा यस वर्ष फागुन लागिसक्दा पनि हिउँ परेको छैन । यसले गर्दा हिउँले टल्किने यहाँको चङ्खेली हिमाल यतिबेला कालो पहाडमा परिणत हुँदै गएको स्थानीय गोमबहादुर बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “यति बेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे । खेतबारीमा हिउँको सिँचाइले यहाँका कृषक कात्तिके बाली लगाउन खेतबारीमा हलो लगाउन व्यस्त हुन्थे । अहिले खेतबारी सुक्का हुँदा यहाँका कृषकलाई हलो लगाउन पनि असहज भएको छ ।” छायानाथ रारा नगरपालिका–१४ का स्थानीय हंसलाल बडुवालले हिमालमा हिउँ नभएका कारण चङ्खेली हिमाल र रारातालको मिलीचौरको सौन्दर्य हराउँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला जस्तो हिउँ पर्नै छाड्यो, मङ्सिरमा परेको हिउँले चङ्खेली हिमालमा वैशाख जेठसम्म हिउँ हुन्थ्यो र हिँड्न पनि गाह्रो हुन्थ्यो । अहिले हिउँबिनाको हिमाल उजाड देखिन्छ ।”
कर्णाली प्रदेश सरकारले यसअघि खारेज गरेका कार्यालय यथावत् रहने भएका छन् । सरकारले शिक्षा विकास निर्देशनालय, कृषि विकास निर्देशनालय र पूर्वाधार विकास निर्देशनालयसहितका केही कार्यालय खारेज गरेको थियो तर खारेजीको निर्णय कार्यान्वयनमा कानुनी जटिलता देखिएपछि तत्कालका लागि उक्त निर्णय कार्यान्वयन नहुने भएको छ ।
कैलाली जिल्लाको मध्यभाग भएर बग्ने मोहना र खुटिया नदीको कटान तथा डुबान नियन्त्रण गर्न करिब ५२ करोड रुपियाँको लागतमा तटबन्ध निर्माण भइरहेको छ । बर्खामा नदीले खेतीयोग्य जमिन तथा बस्ती कटान गर्ने भएकाले त्यसको नियन्त्रणका लागि एसियाली विकास बैङ्क (एडिबी) को लगानीमा तटबन्ध निर्माण भइरहेको छ ।
बाजुराको स्वामिकार्तिक गाउँपालिका यहाँका दुर्गम तथा पछाडि परेका गाउँहरू वाई, साप्पाटा र जुकोट गाविस मिलेर बनेको हो । कर्णाली नदीपारिको यो गाउँपालिकामा नेपाली कांग्रेस पार्टीबाट ४३ वर्षीय भरतबहादुर रोकाया पालिका अध्यक्ष हुनुहुन्छ । गाउँपालिकामा केही राम्रो काम गरेर इतिहास बनाउने योजनामा रहनुभएका अध्यक्ष रोकायासँग सडक, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा भएको परिवर्तन र समाज सुधारका लागि गरिएका उपलब्धिमूलक कामकारबाही, योजना, कार्यान्वयन
इजरायली आक्रमणका कारण गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या २९ हजार १९५ पुगेको छ । गाजास्थित स्वास्थ्य मन्त्रालयले मङ्गलबार साँझ इजरायली आक्रमण जारी रहँदा गाजापट्टीमा मृत्यु हुनेको सङ्ख्या २९ हजार १९५ पुगेको बताएको हो ।
कालीकोटका १७ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटले जिल्लाका नौ वटा स्थानीय तहमा रहेका १७ हजार ४१७ जना नौ महिनादेखि पाँच वर्ष मुनिका बालवालिकालाई खोप दिने तयारी भइरहेको जानकारी गराएको छ ।
बागलुङ नगरपालिका–१ स्थित मालढुङ्गा क्षेत्रको बस्ती कालीगण्डकी नदीको उच्च जोखिममा परेपछि तटबन्ध गर्न थालिएको छ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङमार्फत तटबन्ध निर्माण जारी छ ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधामका पवित्र पोखरीहरू यतिबेला संरक्षणको पर्खाइमा छन् । जन्मदेखि मृत्युसम्म आवश्यक पर्ने यहाँका पोखरी फोहोरको थुप्रोले पुरिन थालेका छन् । यहाँको परम्परा अनुसार मानिस जन्मँदा पोखरीमा गएर स्नान गरेपछि शुद्ध हुने, विवाहमा गरिने मटकोर विधिका लागि पनि पोखरीबाट माटो झिकिन्छ र मानिस मरेपछि पनि मलामीले पोखरीमै स्नान गर्ने गरिन्छ तर ती पोखरीको अवस्था भने दिनानुदिन दयनीय बन्दै गएको छ । नगरको फोहोरले पोखरी पुरिने अवस्थामा पुग्दा पनि सरोकारवाला निकायको आँखा पुग्न सकेको छैन ।
रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । मङ्गलबारबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा चार वटा कार्ययोजनाहरु प्रस्तुत भएका थिए ।
बागलुङको धार्मिक पर्यटकीय स्थल सर्वसिद्धिधाम पञ्चकोटमा बुधबारदेखि सुरु हुने ब्रह्माण्डीय महायज्ञको तयारी पूरा भएको छ । बागलुङ नगरपालिका–६ मा पर्ने पञ्चकोटलाई धार्मिक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले महायज्ञको आयोजना गर्न लागिएको हो । महायज्ञलाई सम्बोधन गर्न दोस्रो दिन फागुन १० गते राष्ट्रपति रामचन्द्र पौडेल पञ्चकोट आउन लाग्नुभएको हो ।