धनगढीको जाखोर तालमा चराको उपस्थिति बढेको छ । पछिल्लो समय तालमा मानवीय हस्तक्षेप रोकिएपछि विभिन्न प्रजातिका चरा तालमा बढ्न थालेका हुन् ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २० दशमलव ७६ अङ्कले ओरालो लागेर दुई हजार पाँच दशमलव ८३ मा सीमित भएको छ ।
चलचित्र रुमानी रङ्ग निर्माण हुने भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रमबिच चलचित्र निर्माणको घोषणा गरिएको हो ।
लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई वैध बनाउन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया थालेको छ । सोसम्बन्धी विधेयकको मस्यौदालाई प्रदेशसभाको आगामी हिउँदे अधिवेशनमा पेस गर्ने प्रदेश सरकारको तयारी छ ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजङ्ग बराल नियुक्त हुनुभएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका देशका ७५३ पालिकामध्ये उत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा सन्धिखर्क नगरपालिका नेपालकै उत्कृष्ट भएको हो ।
भारतको उत्तरी राज्य हरियाणामा बुधबार आन्दोलित किसानहरूमाथि प्रहरीले रबरको गोली र अश्रु ग्यास प्रहार गर्दा एक युवा किसानको मृत्यु भएको र अन्य केही घाइते भएको अधिकारीहरूले बताएका छन् ।
पूर्वी अफगानिस्तानको एउटा फुटबल रङ्गशालामा बिहीबार दुई व्यक्तिलाई सार्वजनिकरूपमा मृत्युदण्ड दिइने थियो । तालिबान सत्तामा फिर्केपछिको यो तेस्रो र चौथो मृत्युदण्डको सजाय हो ।
स्थानीय तह कार्य सम्पादनमा इलामका १० पालिका मध्ये सूर्योदय नगरपालिका पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको मूल्याङ्कनको नतिजा अनुसार सूर्योदय नगरपालिका ४१ दशमलव ८५ अङ्कसहित जिल्लाको पहिलो भएको हो ।
दक्षिणी गाजा सहर राफामा इजराइली आक्रमणको आशङ्काबाट प्यालेस्टिनी क्षेत्रमा मानवीय सङ्कट गहिरिन सक्ने चिन्ता बढेका बेला गाजापट्टीमा तत्काल युद्धविरामको माग गर्ने संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अर्को प्रस्तावमा भिटो लगाएकामा अरब मुलुकहरूले अमेरिकाको निन्दा गरेका छन् । मङ्गलबार न्युयोर्कमा आयोजित राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आपत्कालीन सत्रमा अल्जेरियाले अरब मुलुकहरूका तर्फबाट पेस गरेको मस्यौदा प्रस्तावलाई सुरक्षा परिषद्का १५ सदस्यबीच १३ मत प्राप्त भएको छ । अमेरिकाले उक्त प्रस्तावविरुद्ध मतदान गर्यो भने बेलायत अनुपस्थित थियो ।
राष्ट्रिय गौरवको रूपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तार तीव्र पारिएको छ । तोकिएको समयमा काम सम्पन्न गर्न नसकेको आलोचना खेपीरहेको आयोजनाले पछिल्लो समय दिनरात काम भइरहेको जनाएको छ ।
दक्षिण चीनको गुआङडोङ प्रान्तको गुआङझोउमा बिहीबार बिहान एक जहाज पुलसँग ठोक्किएर पुल भत्किँदा दुई जनाको मृत्यु र अन्य तीन जना बेपत्ता भएको उद्धारकर्मीहरूले बताएका छन् ।
नेपाल ‘ए’ विरुद्ध तीन खेलको एक दिवसीय सिरिज क्यानडाले जितेको छ । मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको सिरिजको अन्तिम तथा तेस्रो खेलमा क्यानडाले नेपाललाई चार विकेटले हरायो ।
नेपाल चेम्बर अफ कमर्सले क्यानडामा निर्यात प्रवर्द्धनका लागि पहल गर्न नवनियुक्त राजदूत भरतराज पौड्यालसँग आग्रह गरेको छ।
धरान १० के नेवा च्यारिटी रनको १२औँ संस्करण फागुन १२ गते शनिबार हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै धरान रन समूह १२ वर्ष पूरा भएको गौरवमय अवसरमा विगत भन्दा फरक र भव्यरुपले मनाउने तयारी पूरा भएको संस्थापक सन्तोष राईले बताउनुभयो ।