जिल्लाको पूर्वी क्षेत्रमा आँखाका बिरामीहरूमा मोतिया बिन्दुको डरलाग्दो अवस्था रहेको पाइएको छ । फागुन महिनाको पहिलो हप्तामा मेहलकुनामा बसेको तीन दिने निःशुल्क आँखा शिविरमा मात्रै ३ सय बढी बिरामीहरुले मोतिया बिन्दुको सफल अप्रेसन गराएको एकीकृत आँखा कान तथा स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश संयोजक मानबहादुर कँवरले जानकारी दिनुभयो ।
‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोकसंस्कृतिको आधार’ भन्ने नाराका साथ यही महिनाको १९ देखि २६ गतेसम्म १२ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला–२०८० आयोजना हुने भएको छ । लोक सांस्कृतिक मेला आयोजक संस्था एभरेस्ट नेपाल कल्चरल ग्रुपले मेलामा अस्ट्रिया, बेल्जियम, बोत्स्वाना, इस्टोनिया, जर्मनी, भारत, इन्डोनेसिया, मलेसिया, पोल्यान्ड, दक्षिण अफ्रिका र नेपाल गरी ११ देशका ३५० कलाकारले आआफ्ना मौलिक लोककला र नृत्य प्रदर्शन गर्ने जनाएको छ ।
इन्डियन आइडलमा दिएको प्रस्तुतिले चर्चा र प्रशंसाको शिखरमा पुग्नुभएकी गायिका मेनुका पौडेलको लाइभ कन्सर्ट आगामी फागुन २७ गते नेपालगन्ज रङ्गशालामा हुने भएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा फागुन २४ देखि नेपालगन्ज रङ्गशालामा हुने नेपाल कल्चर फेस्टिभलकै अवसर पारेर सो विशेष कन्सर्ट गर्न लागिएको हो ।
आन्तरिक आम्दानी लक्ष्यभन्दा कम र सङ्घ र प्रदेश सरकारको अनुदानसमेत घट्ने निश्चित भएपछि पोखरा महानगर आर्थिक सङ्कटमा परेको छ । सङ्कट टार्न महानगरले प्रमुख स्तरीय निर्णय गरी सबै वडा र महाशाखाहरूलाई छ बुँदे निर्देशन दिएको छ ।
बजेट अभावका कारण राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको काम प्रभावित भएको छ । मुआब्जा वितरण र विकास खर्च बजेट सकिएपछि निर्माण रोकिने अवस्था आएको यहाँस्थित आयोजना कार्यालयका निर्देशक कुसाङ शेर्पाले राससलाई बताउनुभयो ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनामा सबैभन्दा लामो मानिएको दोस्रो र तेस्रो अडिट जोड्ने सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । बुधबार साँझ उक्त अडिट जोडने सुरुङको ‘ब्रेक थ्रु’ भएसँगै आयोजनामा हालसम्म पाँच हजार ९१७ मिटर सुरुङ निर्माण सकिएको छ । आयोजनामा छ हजार २७० मिटर सुरुङ निर्माण गर्नु पर्दछ ।
अब बैङ्क तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेप र सर्वसाधारण मुद्दती निक्षेपमा दिने ब्याजको अन्तर एक प्रतिशत बिन्दुले मात्रै कम गर्नुपर्ने व्यवस्था आगामी चैतदेखि लागु हुने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत गरेको व्यवस्था लागु गर्न नेपाल राष्ट्र बैङ्कले बिहीबार एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैङ्कले सो व्यवस्था हो ।
अनुचित लेनदेनमा मुछिएको नवलपुरको हुप्सेकोट गाउँपालिका–४, शङ्खदेवको श्री शिक्षा बोधनी (सामुदायिक) माध्यमिक विद्यालय र पीडित स्थानीय भीमबहादुर दर्लामी पक्षबिच गाउँपालिकाको न्यायिक समितिमा छलफल गर्ने सहमति भएको छ । न्यायिक समितिमा पनि सहमति नभए छानबिन समिति बन्ने भएको छ ।
नेपाली कांग्रेसको फागुन ७ गतेदेखि जारी महासमिति बैठकले वर्तमान गठबन्धन चार वर्ष नै रहने निष्कर्ष निकालेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले पार्टी जीवनमा दूरगामी प्रभाव पार्ने महत्वपूर्ण निर्णय गर्दै विभिन्न समसामयिक २२ प्रस्तावहरू पारित गरेको छ ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले वर्तमान संविधान कांग्रेसको नेतृत्वमा जारी भएको भन्दै संविधान संशोधनको नेतृत्व पनि कांग्रेसले नै लिनुपर्ने धारणा राख्नुभएको छ ।
नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बीचको विद्युत बिक्री वार्ता सकारात्मक रुपमा अगाडि बढेको छ ।
भूतपूर्व गोरखा सैनिकहरूका विभिन्न मागका सम्बन्धमा नेपाल सरकार र बेलायत सरकारका प्रतिनिधिहरूबीच भएको बैठकमा प्राविधिक समितिको बैठक थप छलफल गरी बढाउने सहमति भएको छ ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले रक्षा मन्त्रालय र नेपाल सेनाअन्तर्गत सञ्चालित विकास कार्यक्रम तथा आयोजनामध्ये अधिकांश आयोजनाको प्रगति सन्तोषजनक रहेको बताउनुभएको छ ।