सहकारी ठगी अभियोगमा पत्रकार अर्जुन गिरी पुर्पक्षका लागि जेल चलान भएका छन्। पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा गिरीलाई जिल्ला अदालत कास्कीले बिहीबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले मिटरब्याजी र सहकारी पीडितका समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकबाट पार्टी वैचारिक रूपमा समृद्ध र सङ्गठनात्मक रूपमा सबल बनेको बताउनुभएको छ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारमा मुछिएका नेता, कार्यकर्तालाई पार्टीको वरिपरि राख्नु नहुने र दाग लागेका मन्त्रीलाई घर पठाउनुपर्ने बताउनुभएको छ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले चैत्र १ गतेदेखि तराई-मधेस जागरण अभियान सञ्चालन गर्ने भएको छ।
नेपाली कांग्रेसको जारी महासमिति बैठकमा प्रदेश सभापतिले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन सबै एकमत हुनुपर्ने बताउनुभएको छ।
बैतडीको खोडपे क्षेत्रमा बिहीबार हिमपात भएपछि देखिएको दृश्य।
काठमाडौँ उपत्यकामा पाँच महिनापछि पानी परेको छ । मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकामा गत अक्टोबर महिनामा ८.२ मिलिमिटर वर्षा मापन भएको थियो ।
बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले थुनाबाहिरै बसेर पुनरावेदन गर्न पाउने भएका छन्।
राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका विभिन्न खेलका खेलाडी र प्रशिक्षकलाई आहार र पोषण सम्बन्धी तालिम प्रदान गरिएको छ ।
सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई ५० प्रतिशत छुटको व्यवस्था कार्यान्वयन गर्न माग गरिएको छ ।
“कृषि, पर्यटन र व्यापार : स्वरोजगार र आत्मनिर्भरताको आधार” भन्ने मूल नारा सहित उद्योग वाणिज्य सङ्घ लालबन्दीले आयोजना गरेको महोत्सवको मधेश प्रदेशकी उद्योग, वन तथा पर्यटनमन्त्री सुनिता यादवले उद्घाटन गर्नुभएको हो ।
काठमाडौँलगायत देशका विभिन्न स्थानमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बागमती, गण्डकी र कर्णाली प्रदेश आसपासमा हल्का वर्षा भइरहेको जानकारी दिनुभयो ।
पिस प्वाइन्ट र काष्ठमण्डप १२औँ लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेका छन् ।
उपचार अभावमा पोर्चुगलमा बिचल्लीमा परेकी नेपाली युवतीलाई स्वीट्जरल्याण्डबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।