• १२ साउन २०८१, शनिबार

माओवादीले चैत्र १ गतेदेखि तराई-मधेस जागरण अभियान चलाउने

blog

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक । फाइल तस्बिर

काठमाडौं, फागुन १० गते। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले चैत्र १ गतेदेखि तराई-मधेस जागरण अभियान सञ्चालन गर्ने भएको छ। 

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो। बैठकले अभियानको वर्गीकरण र मूल्याङ्कन, आउँदो अभियानको तयारी, सङ्गठनात्मक कार्यविभाजन, विभिन्न विभागबारे सुदूरपश्चिममा दलको नेताबारे एजेण्डामा छलफल भएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। 

उहाँले बैठकमा माओवादी विशेष रूपान्तरण अभियानका क्रममा धेरै खट्नेलाई सम्मानपत्र दिने र काम नगर्नेलाई कारबाही गर्ने निर्णय भएको बताउनुभयो। उहाँले धेरै राम्रो काम गर्ने र काम नगर्नेको नाम शुक्रबारको बैठकपछि सार्वजनिक गर्ने बताउनुभयो। उहाँले चैत्रपछि तीन वटा अभियान चलाउने जानकारी गराउनुभयो।

उहाँले भन्नुभयो, ‘‘तीन वटा अभियान चलाउँछौँ। तराई मधेस जागरण अभियान, झापाबाट उद्घाटन हुन्छ, चैत्र १ गते। अर्को उत्तर दक्षिण अभियान चल्छ। प्रदेशले आफ्नै तरिकाले वृहंगम जनपरिचालन गर्नेगरी प्रदेशकै योजना कार्यक्रम सञ्चालन हुनेछन्।’’ प्रवक्ता सापकोटाले गठबन्धनबारे नेपाली काँग्रेसको भूमिकालाई महत्त्वपूर्ण रूपमा लिएको बताउनुभयो।