मकवानपुरमा बुधबार बिहान अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
कालीकोटमा नुनको अभाव बढेको छ ।
नेपाल भाषाका दुई चर्चित कलाकार यमन श्रेष्ठ र सुरजवीर बज्राचार्यको गायनमा रहेको दुई म्युजिक भिडिया एकैपटक सार्वजनिक भएको छ ।
कर्णालीको पर्यटन प्रवर्द्धन, औद्योगिक विकास र कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ यही फागुन १४ देखि २२ गतेसम्म कर्णाली एक्सपो हुनेभएको छ । महोत्सव अवधिभर प्याराग्लाइडिङदेखि घोडा सवारसम्मका गतिविधि हुने आयोजक सुर्खेत उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले सहकारी संस्थालाई नियमन गर्ने भएको छ । यस गाउँपालिकाले उदेश्य विपरीत सञ्चालित र लामो समयदेखि निस्क्रिय रहेका सहकारी संस्थाहरुलाई नियमन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।
जिल्लाको शान्ति सुरक्षालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज क्षेत्रमा जारी गरेको निषेधाज्ञा खुकुलो बनाउँदै गएको छ । जिल्ला प्रशासन कार्यालयले करिब ३६ घण्टादेखि जारी राखेको निषेधाज्ञा आज बिहान ६ देखि ११ बजेसम्म खुला गरेको छ ।
लुग्राबाट साँफेबगर आउने क्रममा जिप चौरपाटी गाउँपालिका–५ लुग्रामा दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ भने १४ जना घाइते भएका भएका छन् । घाइतेमध्येमा अधिकांश विद्यालय आउने बालबालिका रहेको बताइएको छ ।
विश्व सम्पदासूचीमा सूचीकृत बौद्ध चैत्य परिसरको पदमार्ग जीर्ण भएपछि त्यसलाई भत्काएर पुनःनिर्माण सुरु गरिएको छ । उक्त सम्पदा क्षेत्रको सौन्दर्य र सुविधामा कमी हुन नदिन बौद्धनाथ क्षेत्र विकास समितिले चालू आर्थिक वर्षमा सम्पन्न गर्ने गरी एक करोड ३२ लाख लागतमा पुनःनिर्माण थालेको हो ।
श्रीमान् अन्य महिलासँग लागेको भन्दै पाँच वर्षीया छोरी वर्षा विकलाई साथमा लिएर आत्मदाह प्रयास गर्ने महिलाको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा घलेगाउँ बस्ने घाइते २८ वर्षीया माया रम्तेलको मृत्यु भएको हो ।
गत शुक्रबार आत्मदाहको प्रयास गरेकी झापाको बुद्धशान्ति गाउँपालिका-२ गोपालडाँडा घलेगाउँकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
महात्मा गान्धीले आत्मकथामा मातृभाषाबारे मननीय वाक्यांश उल्लेख गरेका छन् । ‘जो हिन्दूस्तानी आमा–बाबु आफ्नो बच्चासँग बाल्यकालदेखि अङ्ग्रेजीमा कुराकानी गर्न थाल्छन्, उनीहरू आफ्नो राष्ट्रको द्रोह गर्छन् ।
संसद्को कानुन निर्माण प्रक्रियामा प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्वले सहमति र सहकार्य गर्दै आएका छन् । दलहरूबिच अझै कतिपय विषयमा सहमति हुन नसकेको र त्यसको प्रभाव सदनमा देखिएको छ ।
साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी रङ्गशालामा मङ्गलबार राति भएको खेलमा नेपालले सिरियालाई ४-१ गोलले हरायो ।
काठमाडौं महानगरपालिकाले वडा नं. ४ मा रहेको ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।
पछिल्लो समय हुम्ला सदरमुकाम सिमकोट बजारमा चोरीका घटनामा वृद्धि भएको पाइएको छ । दिउँसो र राति घरमा कोही नभएको समयमा चोरी हुने क्रम बढेको हो ।