सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी छ । सोमबारबाट ललितपुरको गोदावरीमा सुरु भएको महासमिति बैठक बुधबार बिहान ९ बजेबाट बस्दैछ ।
आज देशभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बुधबार मधेश प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन÷चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
मोरङको सुनवर्षी नगरपालिका वडा नं. ९ डाइनियाँमा ३४ वर्षपछि श्रीश्री १०८ विष्णु महायज्ञ हुने भएको छ । श्रीश्री १०८ विष्णुमहायज्ञ आयोजक मुल समारोह समितिले आयोजना महायज्ञ आयोजना गर्न लागेको हो ।
गाँजा खेतीलाई वैधानिक बनाउन ऐन निर्माण गरिरहेको गण्डकी सरकारले प्रदेशमा यसको सम्भावनाबारे अध्ययन गर्ने भएको छ । प्रदेशका विभिन्न जिल्लामा प्राकृतिक रुपमा प्रशस्त मात्रामा उम्रिने गाँजाको सम्भाव्यता अध्ययन गर्न कृषि तथा भूमि व्यवस्था मन्त्रालयले आइतबार परामर्शदाता माग गरेको छ ।
घुर ताप्ने क्रममा जलेर गम्भीर घाइते हुनुभएको झापाको बाह्रदशी गाउँपालिका वडा नं. ५ का ५६ वर्षीया कमला राजवंशीको मृत्यु भएको छ । गत माघ २८ गते घुर ताप्ने क्रममा कमलाको कम्मर मुनि जलेको वडाध्यक्ष बीरबहादुर राजवंशीले जनाउनु भयो ।
केही वर्षयता नेपालमा मानव–वन्यजन्तु द्वन्द्वका घटनामा व्यापक वृद्धि भएको छ । ग्रामीण बस्तीमा खास गरी बाँदर, बनेल, मृग, दुम्सीलगायतका वन्यजन्तुले खेतबारीमा लगाएको बालीनाली सखाप पारिदिने गरेका कारण गाउँबाटै उठीवास भएका अनेक घटना आइरहेका छन् । केही दिनअघि गण्डकी प्रदेशका केही पालिकाले बाँदरले ग्रामीण बस्तीमा घरभित्रै पसेर अन्नबाली खाइदिन थालेपछि घरवरिपरिका रुख–बुट्यान हटाउन ‘म काट्छु मेरो रुख’ अभियान विवादमा प¥
बजेट सुधारलाई सम्बोधन गर्न अपनाइएका अभ्यासमध्ये पूर्वबजेट छलफल महत्वपूर्ण छ । वार्षिक आय, व्यय तथ आर्थिक उद्देश्य कार्यान्वयन गर्ने महत्वपूर्ण संयन्त्र बजेटका सिद्धान्त तथा प्राथमिकताका विषयमा संसदीय भावना समेट्न पूर्वबजेट छलफल गर्न थालिएको हो । चालु आर्थिक वर्षको बजेट छलफलका क्रममा माननीय सांसदहरूले पूर्वबजेट छलफललाई औपचारिकतामा सीमित नगरी बजेट तर्जुमालाई सार्थक बनाउन यसको समय संरचनालाई परिवर्तन गर्न दिइएको सुझावमा माननीय अर्थमन्त्रीले गर्नुभएको प्रतिबद्धता अनुरूप आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गरिएको छ । साविकमा
तनहुँको म्याग्दे गाउँपालिका–२, उमाचोकका किसानले यसवर्ष सुन्तला बिक्री गरेर पाँच करोड रूपियाँभन्दा बढि रकम भित्राएका छन् । गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको उमाचोक सुन्तला ब्लक सञ्चालक समितिले जनाएको छ ।
सिकाइ कोक्रोदेखि कात्रोसम्म अर्थात् जन्मदेखि मृत्युसम्म आजीवन चलिरहने प्रक्रिया हो । यही प्रक्रियाले नै जीवनोपयोगी ज्ञान र सिप हासिल गर्न सकिन्छ । ती ज्ञान र सिप अनौपचारिक र औपचारिक दुवै माध्यमबाट प्राप्त हुन्छन् । विज्ञान र प्रविधिको आज तीव्र गतिमा विकास र विस्तार भइरहेको छ । त्यसैले कतिपय सन्दर्भमा औपचारिक शिक्षाका विषयवस्तु असान्दर्भिक भई सक्छन् । आफूमा भएका मौजुदा ज्ञान र सिपलाई निरन्तर अद्यावधिक गरी जीवन सफल बनाउन सक्नु पर्छ । व्यवस्थित र सर्वसुलभ शिक्षाको विकास र विस्तार गरी साक्षरता दर बढाउनु पनि आजको आवश्यकता हो ।
इलामको माङसेबुङ गाउँपालिकामा रु दुई करोड ३३ लाख ६७ हजारको लागतमा चारवटा सिँचाइ आयोजना सुरु भएको छ । माङसेबुङ गाउँपालिका–१ का चार टोलमा सुरु भएको सिँचाइ आयोजनाको शिलान्यास भएको छ ।
माटोका भाँडाकुँडा बनाएर शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका वीरपाल कुमालका तीन पुस्ता बितेका छन् । भारतबाट बसाइँ सरेर वीरपालका बाजे भीमपाल माटोका भाँडाकुँडा बनाउन सात दशकअघि यता आउनुभएको हो ।
झापामा दूध तथा दुग्धजन्य सामग्री उत्पादन एवम् बिक्री (डेरी सञ्चालन) गर्दै आएकाहरूले स्वदेशमा उत्पादन भएको धुलो दूधको माग घटेपछि व्यवसाय सञ्चालनमा समस्या भएको गुनासो गरेका छन् ।
म्याग्दीको मालिका गाउँपालिका–५,मगरदाङस्थित गौ बोम बस्त माविको भवन निर्माण गरिएको छ । गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखरा, गाउँपालिका र स्थानीयवासीको संयुक्त आर्थिक साझेदारीमा भवन निर्माण गरिएको हो ।