औद्योगिक रसायनयुक्त पानी र घरायसी प्रयोगपछि निस्कने पानी प्रशोधन गर्न निर्माण गरिएको प्रदूषित पानी उपचार संयन्त्र क्षमताको आधा मात्र प्रयोगमा रहेको छ । हेटौँडा औद्योगिक क्षेत्रमा रहेका उद्योग र आवासबाट निस्कने प्रदूषित पानी प्राकृतिक रूपमा प्रशोधन गरी स्थानीय कर्रा खोलामा मिसाउन निर्माण गरिएको प्रदूषित पानी उपचार संयन्त्र स्थापनाकालदेखि नै आवश्यक प्रदूषित पानीको अभावमा क्षमताभन्दा कम उपयोगमा छ ।
पुल निर्माणका लागि पहाड काट्ने भन्दै मुग्लिङ– नारायणगढ सडकखण्ड दिउँसो बन्द गरिँदै आएकोमा अब खुल्ने भएको छ । यस वर्ष ३५ मिटर पहाड काट्न पर्ने भएपछि गत पुसदेखि नारायणगढ–मुग्लिङ सडकखण्डमा दिउँसो १२ बजेदेखि ४ बजेसम्म सवारीसाधन चलाउन बन्द गरिँदै आएको थियो । सडक बन्द गर्न फागुन १२ गतेसम्मको म्याद रहेको छ । सो समयमा बाँकी रहेको सात मिटर पहाड काट्ने काम सकिने भएकाले बाटो अब बन्द नगरिने नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड–नारायणगढ–मुग्लिङका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिनुभयो ।
नवलपुरमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
गायक प्रमोद खरेलको स्वरमा सजिएको नयाँ गीत ‘मारेउ मलाई’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नेपाली मेलोडिज युट्युब च्यानलबाट सार्वजनिक गीतमा रमेश लुइटेलको शब्द छ भने कम्पोज गायक तथा सङ्गीतकार सिडी विजय अधिकारीको गर्नुभएको छ । गीतमा दीपेन्द्रराज गिरीका साथै जेनिलिया श्रेष्ठ, सुसन भारती, कुमार योगी, प्रकाश गिरी, श्रीराम गिरीको अभिनय देख्न सकिन्छ ।
नेपाली नाटक ‘क्लेशाः’ भारतको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन गरिएको छ । २५ औँ भारत रङ्ग महोत्सवमा नाटक मञ्चन गरिएको हो । भारतको राष्ट्रिय नाट्य विद्यालयले आयोजना गर्ने महोत्सवमा नाटक ‘क्लेशाः’ नयाँ दिल्लीमा र उत्तराखण्डको रामनगर (नैनीताल) मा मञ्चन गरिएको हो । नयाँ दिल्लीको एलटिजी अडिटोरियममा फेब्रुअरी १७ र रामनगरको नारायण दत्त अडिटोरियममा फेब्रुअरी १९ मा नाटक मञ्चन गरिएको हो । नाटकको मुख्य स्रोत रामायण हो ।
फिदिमको छाब्दीवाराही मन्दिरमा लिम्बू भाषाको कथामा आधारित चलचित्र ‘लोजिमा’ को विशेष प्रदर्शन गरिएको छ । लिम्बू परिवेशको कथा रहेको सो चलचित्रको छायाङ्कन सिक्किममा गरिएको हो । लिम्बू युवकयुवतीको मायापिरतीको कथा रहेको चलचित्रको माध्यमबाट लोपोन्मुख लिम्बू भाषा र लिपिको प्रवर्धन हुने विश्वास गरिएको छ । चलचित्रको संवाद अधिकांश लिम्बू भाषामा रहेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले नेपाली श्रमिकको हित र सुरक्षाका लागि सुरु गरिएको विश्वव्यापी सामाजिक न्यायको अभियान कार्यान्वयनमा जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सामाजिक न्याय कायम गर्ने विश्वव्यापी अभियान दिवसको अवसरमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको आयोजनामा मङ्गलबार श्रम मन्त्रालयमा आयोजित कार्यक्रममा श्रममन्त्री भण्डारीले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको कार्यक्षमतामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले असन्तुष्टि जनाउनुभएको छ । चालु आर्थिक वर्षका लागि निर्धारित नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा लापरबाही गरेको र जिम्मेवारपूर्ण तरिकाले तोकिएको काम सम्पादन नगरेको पाइएको भन्दै मन्त्री बस्नेतले केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज ढकाललाई स्पष्ट विवरण पेस गर्न निर्देशन पनि दिनुभएको छ । मङ्गलबार मन्त्रालयमा आयोजित उच्च व्यवस्थापन समूहको बैठकमा मन्त्री बस्नेतले कार्यक्षमता सुधार गर्नसमेत निर्देशन दिनुभएको हो । आफैँले कार्यान्वयन गर्छु भनेर वार्षिक कार्यक्रम र बजेटमा समावेश गरेका अधिकांश योजना कार्यान्वयनमा जान नसकेको पाइएको भन्दै मन्त्री बस्नेतले त्यसका कारण र उपायहरू पेस गर्न निर्देशन दिनुभएको हो ।
वैदेशिक रोजगारमा १६ वर्ष काम गरेर नेपाल फर्किनुभएका मोरङको उर्लाबारी–९, बाँसबारीका राजीव खड्काले प्राङ्गारिक मल उद्योग सञ्चालनमा ल्याउनुभएको छ । सन् २०१९ मा नेपाल फर्किनुभएका खड्काले सुरुमा आमा कृषि फार्म दर्ता गरेर गाई र बाख्रापालन गर्न थाल्नुभएको थियो । दुबई, कतार र कुवेतमा गरी १६ वर्ष बस्नुभएका खड्काले श्रीमती र छोराछोरी पनि उतै लगिसक्नुभएको थियो । मासिक छ लाख ५० हजार रुपियाँ कमाएका खड्कालाई नेपाल फर्केर कृषि उद्यम गर्ने भोक जाग्यो र उहाँ परिवारसहित घर फर्किनुभयो ।
१. विश्वको तेस्रो ठुलो अर्थतन्त्र भएको राष्ट्र कुन हो ? जर्मनी (सन् २०२४ फेब्रुअरी) – विश्वको तेस्रो ठुलो अर्थतन्त्र भएको राष्ट्र यसअघि जापान थियो । – जापानको जिडिपी अहिले ४२ खर्ब डलर रहेको छ भने जर्मनीको जिडिपी ४५ खर्ब डलर पुगेको छ । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले प्रकाशित गरेको पछिल्लो तथ्याङ्क अनुसार अर्थतन्त्रका हिसाबले प्रमुख १० ठुला राष्ट्र (सन् २०२४ फेब्रुअरी) २. नेपाल र स्विट्जरल्यान्डबिच द्विपक्षीय हवाई सम्झौता कहिले भएको हो ?
राष्ट्रिय वातावरण नीतिका उद्देश्य १. वातावरणीय न्याय भनेको के हो ? राष्ट्रिय वातावरण नीति, २०७६ का उद्देश्यहरू उल्लेख गर्दै यस नीतिले वातावरणीय न्यायका सम्बन्धमा अवलम्बन गरेका रणनीति उल्लेख गर्नुहोस् । वातावरणबाट प्राप्त हुने लाभ र हानिको स्वच्छ र समतामूलक वितरण हुनुपर्ने मान्यता नै वातावरणीय न्याय हो । वातावरणीय ह्रासबाट विशेष गरेर पिछडिएका तथा आर्थिक रूपमा जोखिममा रहेका समुदाय बढी प्रभावित हुने हुँदा वातावरणसम्बन्धी नीति तर्जुमा र कार्यान्वयन गर्दा त्यस्ता समुदायको आवाज सुनिनुपर्ने र अधिकार स्थापित हुनुपर्ने मान्यता यस अवधारणाले अँगालेको पाइन्छ । यस अवधारणाले समाजमा रहेका सबै वर्ग, क्षेत्र वा समुदायका मानिस वातावरणीय जोखिमबाट समान रूपमा
बैङ्क तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकाले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । बैङ्क तथा वित्तीय संस्थाको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा दिइएका भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति राष्ट्र बैङ्कले ध्यानाकर्षण भएको जनाएको छ ।
सर्वसाधारण जनतालाई सेवा दिन स्थानीय तहले आआफ्नै शैली अपनाएका छन् । कुनै शैली अलि अचम्मलाग्दा छन् त कुनै ज्यादै व्यावहारिक पनि । जनस्तरमा सेवा प्रदान गर्ने झापा र स्याङ्जाका दुई वडाले गरेका कार्य त्यस्तै उदाहरणीय छन् । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ का निर्वाचित प्रतिनिधि कुर्सीमा बस्दैनन्; पिरा र गुन्द्रीमा बसेर काम गर्छन् । उनीहरू मात्र होइन, जोसुकै विशिष्ट व्यक्ति आए पनि गुन्द्री वा पिरामा नै बसाइन्छ ।
बागमती प्रदेशको प्रदेश सभाको अधिवेशन यही फागुन १५ गतेका लागि आह्वान भएको छ। बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बैठक आह्वानका लागि सिफारिस गरेको हो।
सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस महासमिति बैठकमा मंगलबार पाँच वटा प्रतिवेदन पेस भएका छन्। बैठकको पार्टी उपसभापति तथा उपप्रधान एवं रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गर्नुभएको थियो।