खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न लिमिटेडको हुम्ला शाखाको गोदाममा छ हजारभन्दा बढी खाद्यान्न मौज्दात रहेको पाइएको छ ।
ताप्लेजुङमा पच्चीस जना स्थायी शिक्षकलाई विभिन्न स्थानीय तहमा पदस्थापन गरिएको छ । जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईले शिक्षा विकास निर्देशनालय धनकुटाबाट सिफारिस भएर आएका निम्न माध्यमिक तहका शिक्षकलाई विभिन्न स्थानीय तहमा पदस्थापन गरेको हो ।
नेपाली कांग्रेसको जारी महासमिति बैठकको चौथो दिन महासमितिको समूहगत छलफलमा उठेका सुझावहरूलाई प्रदेश सभापतिहरूले महासमिति बैठकमा प्रस्तुत गर्ने क्रम सुरु भएको छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सुरक्षा र एकतालाई बलियो बनाएर सुशासन कायम गर्नु सरकारको प्रमुख कार्यभार भएको बताउनुभएको छ ।
सरकारले देशभर अतिक्रमण वा कब्जा गरेको सरकारी तथा सार्वजनिक जग्गाको विस्तृत विवरण पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशक दिएको छ ।
धरानको चर्चित फुटबल प्रतियोगिता वुढासुब्बा गोल्डकपको २४औँ संस्करण फागुन २६ देखि चैत्र ३ गतेसम्म हुने भएको छ । धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी ९० प्रतिशत पूरा भइसकेको जानकारी दिएको हो ।
अहिले पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ। बिहीबार दिउँसो काठमाडौँ उपत्यकामा फाट्टफुट्ट वर्षा भएको छ।
कपिलवस्तुको विजयनगर गाउँपालिका ७ वडा कार्यालयले अटो रिक्सा चालक लाइट रिफ्लेक्टर ज्याकेट सहयोग गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको एकता नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य हो । अछामको वैद्यनाथमा १४४ वर्षीय कोटिहोमको उद्घाटनका क्रममा सो कुरा बताउनुभएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तोषिमा कार्कीले स्वास्थ्य संस्थाहरूले गर्ने परीक्षण र उपचार खर्चमा एकरूपता ल्याउन मापदण्ड बनाउनुपर्ने बताउनुभएको छ ।
गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि शुक्रबारसम्मका लागि स्थगित भएको हो ।
प्रहरी प्रधान कार्यालय नक्सालले १८ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न आउनेजाने तथा सगरमाथा बेस क्याम्प, खुम्बु क्षेत्रको भ्रमण गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक र स्थानीय बासिन्दाको सुविधाका लागि खुम्बु क्षेत्रमा आधुनिक सार्वजनिक शौचालय निर्माण भएको छ ।
ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकको चौथो दिन विभिन्न पाँचवटा प्रतिवेदमाथि समूहगत रूपमा छलफल भइरहेको छ ।
कार्यसम्पादन मूल्याङ्कनमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका देशभरकै प्रथम बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार आर्थिक वर्ष २०७९/८० को कार्यसम्पादन मूल्याङ्कनमा सन्धिखर्क प्रथम भएको हो ।