• २० असार २०८२, शुक्रबार

अटो दुर्घटनामा एकको मृत्यु

blog

अनिल पराजुली

हेटौँडा, फागुन ९ गते । मकवानपुरमा बुधबार बिहान अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका–४ बस्ने ३६ वर्षीय देवीबहादुर घिमिरे (सुमन) छन् । 

बिहान ६ बजेर १५ मिनेटको समयमा मकवानपुरगढी ज्वालादेवीस्थित सडक खण्डमा धादिङबजारबाट ज्वालादेवीतर्फ आउँदै गरेको ना २ ह ५२६८ नं. अटो अनियन्त्रित भई पल्टिँदा अटो चालक गम्भीर घाइते हुनुभएको थियो ।  

घिमिरेको निधार र टाउकोमा चोट लागेकोमा उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइएकाे थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिसपी) लक्ष्मी भण्डारीका अनुसार शव पोष्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।