• १० मंसिर २०८१, सोमबार

यमन र सुरजवीरका गीतको म्युजिक भिडियो सार्वजनिक

blog

काठमाडौं, फागुन ९ गते । नेपाल भाषाका दुई चर्चित कलाकार यमन श्रेष्ठ र सुरजवीर बज्राचार्यको गायनमा रहेको दुई म्युजिक भिडिया एकैपटक सार्वजनिक भएको छ ।

भक्तपुरमा भएको कार्यक्रममा यमनको स्वरमा रहेको गीत ‘यःमां जितः ब्याहा यानाब्यु’ र सुरजवीरले गाउनुभएको ‘का रे मयजु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । वरिष्ठ चलचित्रकर्मी निर शाहले दुवै म्युजिक भिडियो सार्वजनिक गर्नुभयो । सो अवसरमा शाहले नेवार समुदाय मूर्तअमूर्त सम्पदा र संस्कृतिमा धनी भएकोले म्युजिक भिडियोमा नेवाः समाजकै मौलिकता देखाएर उत्कृष्ट म्युजिक भिडियो निर्माण गर्न सकिन्छ भन्नुभयो । उहाँका अनुसार सङ्गित र चलचित्रको माध्यमबाट नेवाः सभ्यता नयाँ पुस्तामा पुस्तान्तरण गर्न सकिन्छ ।

यमनको गीत ‘यःमां जितः ब्याहा यानाब्यु’को रचनाकार र सङ्गीतकार कृष्णभक्त महर्जन हुनुहुन्छ । सो गीतको म्युजिक भिडियोया निर्देशन राजन शाहीले गर्नुभएको हो । रुपेन श्रेष्ठ ‘थक्वाःमि’, कृष्णभक्त महर्जन, अनिता ताम्राकारलगायतका कलाकारले यसमा अभियन गर्नुभएको छ । ग्रेटर नेपाल इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सो म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

सुरजवीरको ‘का रे मयजु’ गीतका निर्देशन बालमुकुन्द प्रजापतिले गर्नुभएको हो । सो गीतका रचनाकार गायक सुरजवीर नै हुनुहुन्छ । सङ्गीत सुरज व्यञ्जनकारले दिनुभएको छ सो गीतमा रविता बाके, सीताराम माकः, महेश हाडालगायतले अभियन गर्नुभएको छ । दुवै गीतको छायाङ्कन र दृश्य सम्पादन बालकुमार र अनिल मगरले गर्नुभएको हो । सोही कार्यक्रममा नेपालभषाको नयाँ चलचित्र धर्मलक्ष्मीको प्राेमो पनि सार्वजनिक गरिएको थियो ।