• १२ साउन २०८१, शनिबार

उपत्यकामा पाँच महिनापछि पानी पर्‍यो

blog

काठमाडौँँमा बिहीबार वर्षा हुँदा देखिएको दृश्य । तस्बिर : हरिराम भेटुवालर/रासस

काठमाडौं, फागुन १० गते । काठमाडौँ उपत्यकामा पाँच महिनापछि पानी परेको छ । मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकामा गत अक्टोबर महिनामा ८.२ मिलिमिटर वर्षा मापन भएको थियो । 

सोही मात्राको वर्षा आज मापन भएको  महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “उपत्यकामा पाँच महिनापछि ८ मिलिमिटर बढी वर्षा मापन भएको छ । यो बिचमा १ मिलिमिटर भन्दा कम पानी दुई/तीन पटक परेको थियो, त्यो नगन्य मात्रामा थियो ।”

पछिल्लो केही दिन उपत्यका सहित देशभरको तापक्रम बढ्ने क्रममा थियो । लामो समयपछि वर्षा भएसँगै उपत्यकामा चिसो महसुस भएको छ। पानीले वायु प्रदूषण समेत हट्नेछ । धेरै लामो समयसम्म पानी नपर्दा उपत्यकाको प्रदूषण बढ्दै गएको थियो । 

अहिले काठमाडौँ उपत्यका सहित अहिले देशभर हल्का देखि सामान्य वर्षा भइरहेको मोसमविद् अधिकारीको भनाइ छ । अहिले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात समेत भएको छ । मौसममा भोलिदेखि भने सुधार हुँदै जानेछ ।