सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक एक हप्ता भित्र टुङ्गोमा पुर्याउन कानुन, न्याय तथा मानव अधिकार समितिलाई आग्रह गर्नुभएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले दुई जनाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन सदनमा टेबुल गर्न माग गरेको छ ।
दुई वर्षयता रुपन्देहीको बेलहिया नाका हुँदै अर्घाखाँची, शुभश्री, जगदम्बा, पाल्पा तथा सर्वोत्तम सिमेन्ट भारत निकासी हुँदै आएको छ ।
मोरङको बुढीग३ंगा गाउँपालिकास्थित निमुवा भन्ने ठाउँमा घरमाथि मालवाहक लहरी (ट्रक) पल्टिदा तीन जना बालबालिकाको च्यापिएर मृत्यु भएको छ ।
चौधौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि टेम्केमैयुङ गाउँपालिकाले हासिल गरेको छ । प्रतियोगितामा आठ स्वर्ण, दुई रजत र चार कास्य पदकसहित टेम्केमैयुम गाउँपालिका प्रथम भएको हो ।
आजको प्रतिनिधि सभा बैठक सुरु भएको छ । आजको बैठकको सम्भावित कार्यसूचीहरू:
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा माओवादी नेतृत्वको वर्तमान सरकारले सानो समयमा पनि देश र जनताका लागि उदाहरणीय कामहरू गर्दै अगाडी बढेको बताउनुभएको छ ।
हिमपातसँगै परेको वर्षाले सोलुखुम्बुका किसान खुसी भएका छन् । बिहीबारको हिमपात तथा वर्षादले यहाँका किसान उत्साहित भएका हुन् । लामो समय खडेरीको मार खेपेका जिल्लाका किसान वर्षाद तथा हिमपातपछि गहुँबालीलाई फाइदा भएको तथा अन्य अन्नबाली लगाउने अवसर मिलेकामा हर्षित भएका हुन् ।
एचसिआरसी अस्पताल नेपालगन्जले पश्चिम नेपाल मै पहिलो पटक निसन्तान दम्पतीका लागि प्रजनन स्वास्थ्यसम्बन्धी नयाँ प्रविधि सेवा सुरु गरेको छ ।
बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ । हिउँले सडक र गोरेटो पुरिँदा स्थानीयले वरपरसमेत गर्न सकेका छैनन् ।
काठमाडौँ, फागुन ११ गते । नेपालको राष्ट्रिय हितलाई सर्वोपरि मानेर जनउत्तरदायी, सहभागितामूलक, लोकतान्त्रिक राज्य र शासन व्यवस्था प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राजनीतिको मूलधारमा आएको बताउनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीे । उहाँ भन्नुहुन्छ–सबै वर्ग, जाति, लिङ्ग, समुदायका आवश्यकता र मागलाई पार्टीको मूल संरचनाबाटै उठाई राजनीतिलाई भन्दा कामलाई हामीले प्राथमिकतामा राखेका छौँ । भ्रष्टाचारविरुद्ध निर्ममरूपमा प्रस्तुत हुन हाम्रो पार्टी दृढ छ । राजनीतिलाई सुसंस्कृत र सम्मानित बनाउन हाम्रो पार्टी प्रतिबद्ध छ ।उहाँ भन्नुहुन्छ–मुलुकमा मौलाएको भ्रष्टाचारविरुद्ध मुख्य एजेण्डा बनाई खराब प्रवृत्तिप्रति निरन्तर आवाज बुलन्द पार्न हामी अडिग छौँ । हाम्रो पार्टीमा प्रवेश गर्दैगर्दा तथा प्रतिनिधित्व जनाउँदा राज्यले दिएको सेवासुविधा प्रयोग गरे पनि जनतालाई मारमा पारेर अनियमितताका गतिविधि गर्नेविरुद्ध हाम्रो पार्टी लागिरहन्छ । सांसद नेपालीका अनुसार राजनीति जनताको सेवा हो । सेवाभावले राजनीति गर्नुपर्छ भन्ने भाव नेपाली राजनीतिमा देखिँदैन । मुलुकको आधारभूत आवश्यकता तथा प्राथमिकताका क्षेत्रलाई दृष्टिगत गरी सांसद आफ्नो जिम्मेवारीमा अडिग रहनुपर्छ । जनताको प्रतिनिधित्व गर्ने सर्वोच्च निकाय संसद्मा सांसदले उठाएका आवाजलाई सरकारले सम्बोधन गर्नुपर्छ । जनताको प्रतिनिधित्व गरेको हाम्रो बोली, बोलीमा मात्र सीमित नहोस् । सांसदको सार्थकता संसद्मा उठाइएका विषय स्थापित भए÷नभएकामा निर्भर गर्दछ । संसद्मा उठाएका विषयलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध हुनुपर्छ ।“हिजो म जनता थिएँ, राजनीतिक दलले राष्ट्र निर्माणका क्रममा गरेका विषयमा नियालेका हुन्थ्यौँ । प्रश्न गरेका हुन्थ्यौँ । आज म प्रतिनिधिसभामा जनताको प्रतिनिधित्व गर्दैगर्दा मैलै गरेका कामप्रति तथा मप्रति जनताले प्रश्न गर्ने ठाउँ रहन्छ । यस विषयमा म जिम्मेवार बन्नुपर्छ । दलित समुदायबाट मैले संसद्मा प्रतिनिधित्व गर्दैगर्दा समग्र मुलुकसँगै दलित समुदायको प्रतिनिधित्व पनि गर्नुपर्छ । कानुन निर्माण गर्ने र जनताको आवाज बुलन्द गर्ने मुख्य थलो संसद्लाई प्रभावकारी बनाउन राष्ट्र र जनतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ,” उहाँ भन्नुहुन्छ । संवादमा सांसद नेपालीले भन्नुभयो–संसद्मा अहिले हामी प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छौँ । संसदीय अभ्यासमा प्रतिपक्षको भूमिका महत्त्वपूर्ण हुन्छ । संसद्मा प्रतिपक्षमा रहिरहँदा हाम्रो मुख्य भूमिका सरकाले गरेका कामको अवलोकन गरी रचनात्मक आलोचना गर्दै सही बाटोमा डोहोर्याउनु हो । जसमा हामी प्रतिबद्ध छौँ, पार्टी प्रतिबद्ध छ । नेपाली राजनीतिमा नयाँ दलको रूपमा संसद्मा प्रवेश गर्दैगर्दा जुन हुटहुटी लिएर प्रवेश गरेका थियौँ, अभ्यासमा भने अपेक्षाअनुरुप हुन सकेन । हुन त हामी सिक्ने क्रममा छौँ, सिक्दैँ छौँ । म यातायात व्यवसायी तथा दलित समूहबाट प्रतिनिधित्व गरेका हिसाबले संसद्मा विशेषगरी यातायात व्यवसायी, दलित समुदायका मुद्दालाई प्राथमिकतामा राखेको छु । यी मुद्दालाई स्थापित गर्नुपर्छ र जनताका आधारभूत आवश्यकता परिपूर्ति हुन नसकेका विषयलाई ध्यान दिएर शून्य, विशेष, आकस्मिक समयमा आवाज उठाउँदै आएको छु ।पछिल्लो समय अध्ययन तथा रोजगारीका सिलसिलामा ठूलो सङ्ख्यामा युवाको बहिर्गमन देशका लागि सुखद् पक्ष होइन । हामीले युवालाई देशमा बस्ने वातावरण सिर्जना गर्न युवाको क्षमता, आवश्यकताको सुक्ष्म अध्ययन गरी सोहीअनुरुपको रोजगारी सृजना गर्नेतर्फ मुलुक उन्मुख हुनुपर्छ । स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गरी राष्ट्रिय उत्पादन अभिवृद्धिमा जोड दिनुपर्छ । परिणाममुखी, सीपमूलक, नैतिक, रोजगारी केन्द्रित, व्यवहारिक शिक्षा प्रणाली अवलम्बन गरी शिक्षा प्रणालीलाई समयानुकूल बनाई सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्छ । आर्थिक अवस्थालाई स्तरोन्नति गर्न युवाको रोजाइ बाह्य मुलुक बन्न पुग्यो । यस्तो अवस्थालाई निराकरण गर्न नीतिगत सुधार, निजी तथा सहकारी क्षेत्रसँगको सहकार्यलाई सुदृढ बनाउँदै मुलुकभित्रको जनशक्ति सदुपयोग गर्न आवश्यक छ । गर्न सक्ने र खुबी भएका युवालाई समयसापेक्ष नीतिगत व्यवस्था गरी रोक्ने वातावरण बनाउन जरुरी छ ।संसद्को चालु अधिवेशनमा पार्टीले संसद्मा गैरसरकारी विधेयक ९प्राइभेट बिल० लैजाने विषयमा छलफल भइरहेको छ । नेपालको इतिहासमा प्राइभेट बिललाई त्यति महत्त्वपूर्णरूपमा हेरिएको रहेनछ । आ–आफ्नो विज्ञताअनुसार दलभित्रका सांसद कानुनलाई समयसापेक्ष, गुणस्तरीय बनाउन प्रयास गरिरहनुभएको छ । विज्ञको टोलीसँग संसदीय अभ्यासलाई कसरी प्रभावकारी बनाउने, नीति–निर्माण प्रक्रियालाई प्रभावकारी बनाउने सम्बन्धमा नियमित छलफल गरिरहेका छौँ । नेपाली समाजको परिवेशअनुसार, जनताको आवश्यकतानुसार राजनीतिक व्यवस्थालाई थप मजबुत बनाउन विज्ञसँगको छलफललाई अझ सुदृढ बनाउन आवश्यक ठानेका छौँ । सङ्घीय सांसदको मुख्य जिम्मेवारी कानुन निर्माण हो भन्ने जनतालाई नेपालको राजनीतिक दलले बुझाउन सक्नुभएको रहेनछ कि जस्तो मैले अनुभव गरेँ । सांसदले करोडौँसम्मको बजेट पारिदिएर विकास निर्माण गरिदिने भन्ने जुन नेपाली समाजमा भाष्य निर्माण भएको छ । स–साना बजेटमा रमाउन हाम्रो समाजलाई सङ्घीय सांसदको भूमिका बुझाउन जरुरी छ । आफ्नो निर्वाचन क्षेत्रमा जाँदा बजेट चाहियो भन्ने जनताको आवाजलाई हामी कसरी सम्बोधन गर्ने ? सांसदसँग आर्थिक सहयोग माग्ने परिपाटीले जनतासमक्ष असहज हुँदोरहेछ । हामीले उठाएका मुद्दा स्थापित भएपछि मात्र राजनीतिक अनुभव अझ प्रगाढ होला । नेपाली जनताको सेवक हुन धेरै बाँकी छ । अनुभव बटुल्दै जानेछौँ । अहिले हाम्रा प्रतिबद्धतालाई धेरै साकार पारिसकेका छैनौँ । धेरै गर्न बाँकी छ । सांसद नेपाली गण्डकी प्रदेशको कास्की जिल्लाबाट प्रतिनिधित्व गर्नुहुन्छ । समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनुभएका उहाँ प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । विसं २०७९ देखि राजनीतिक दलमा आबद्ध हुनुभएका सांसद नेपालीसँग खेल, सामाजिक तथा यातायात क्षेत्रसम्बन्धी अनुभव छ । रासस
सर्लाही सदरमुकाम मलङ्गवामा नेपाल–भारत सीमा (दशगजा) नजिक एक युवक मृत फेला पर्नुभएको छ । मलङ्गवा नगरपालिका–९, स्थित सीमा क्षेत्र नजिक सोही ठाउँका ३० वर्षीय सहमद साफी मृत अवस्थामा फेला पर्नुभएको हो ।
कर्णाली कोरिडोरको प्रवेशद्वार खुलालु पुलको ओरालो सडक मर्मत गरिएको छ । खुलालुमा कर्णाली नदीमाथि बनेको पक्की पुलको दायाँ पट्टीको सडकको मर्मतको काम सम्पन्न भएको हो । पुलमा प्रवेश गर्ने ओरालो सडक जोखिम भएका कारणले यस अघि आउजाउ गर्न निकै समस्या थियो ।
घोराही उपमहानगरपालिका–४ को भकारेमा शिलान्यास भएर लामो समय अलपत्र परेको ‘लक्ष्मीपुर अस्पताल’ निर्माणको काम अघि बढेको छ । दुई वर्षभित्र निर्माण सक्ने गरी २०७७ साल मङ्सिर १३ गते शिलान्यास भएको १५ शøयाको ‘लक्ष्मीपुर अस्पताल’ तीन वर्षपछि निर्माणको काम अघि बढेको हो ।
धनुषाको मिथिला नगरपालिकाले चौबिसै घण्टा आकस्मिक उपचार सेवा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले ढल्केबरमा अवस्थित स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी चौबिसै घण्टा आकस्मिक उपचार सेवा सञ्चालन गर्न लागेको हो । नगर प्रमुख महेन्द्र महतोले फागुन २० गतेभित्र ढल्केबरमा आकस्मिक उपचार सेवा सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताउनुभयो ।