• १० पुस २०८१, बुधबार

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौँ, फागुन ११ गते । आजको प्रतिनिधि सभा बैठक सुरु भएको छ । आजको बैठकको सम्भावित कार्यसूचीहरू :

१. सम्माननीय सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने ।

२. प्रतिवेदन 

पेस कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका माननीय सभापति डा. आरजु राणाले राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८० पेस गर्नुहुने।

व्यवस्थापन कार्य

३. सम्माननीय सभामुखले माननीय श्री प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०  लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राख्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नुहुने।

४. माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री श्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्नुहुने ।

५.  माननीय अर्थ मन्त्री डा. प्रकाशशरण महतले :

क) भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

ख) बैकिङ्ग कसुर तथा सजाय [दोस्रो संशोधन] विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।