न्याय खोज्दै पैदल यात्रा गरी देशभरबाट काठमाडौं आएका मिटरब्याजी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । शुक्रबार उनीहरुले त्रिभुवन पार्कबाट हिँड्दै पैदल आएर रत्नपार्कमा प्रदर्शन गरेका हुन् ।
पावर हाउसका लागि आवश्यक पर्ने पानीको श्रोत कम भएको हुँदा दैनिक लोडसेडिङ समय बढाइएको केन्द्रले जनाएको हो ।
स्याङ्जाको हरिनास गाउँपालिकाले मगर दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवसहित चार जनालाई महेन्द्रनारायण निधि तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कारद्वारा सम्मान गरिने निर्णय भएको छ ।
हिमाली जिल्ला हुम्लामा अवरुद्ध भएको चौथो दिनमा हवाई सेवा सुचारु भएको छ। शुक्रबार हिमपात रोकिनु र विमानस्थलको रन वेमा जमेको हिउँ पग्लिएपछि १२ बजे उडान भएको हो।
गुल्मीमा नर्सरी उत्पादन कृषकहरुलाई गुणस्तर बिरुवा उत्पादनसम्बन्धी तालिम प्रदान गरिएको छ ।
गुल्मीको मदाने गाउँपालिकाद्वारा आयोजित दोस्रो अध्यक्ष कप भलिबलको उपाधि पुरुषतर्फ मुसिकोट नगरपालिका र महिलातर्फ मदाने गाउँपालिकाको वडा नम्बर–३, सिर्सेनीले जितेको छ ।
प्रकृति संरक्षण र पर्यटन प्रवर्धनका लागि हात्ती प्रभावित क्षेत्रमा पैदलयात्रामा निस्कनुभएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसहितको टोलीले तीन दिनमा १ सय किलोमिटरभन्दा बढी पैदलयात्रा सकेको छ ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा प्रस्तुत हुने अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।
नेकपा एमाले कैलाली जिल्लाको अधिवेशन सुरू भएको छैटौं दिन मतदान प्रक्रियामा गएको छ
काभ्रेपलाञ्चोकका सात स्थानीय तहले पानीका मुहानलाई पुनर्जीवित गर्न कार्यक्रम सञ्चालन गर्ने भएका छन् । जिल्लाका चार नगरपालिका र तीन गाउँपालिकाले मध्यपहाडी क्षेत्रमा व्याप्त पानीको समस्यालाई सम्बोधन गर्न समुदायको नेतृत्वमा स्थानीय पानीका मुहान संरक्षण अभियानमा सम्झौता गरेका हुन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेशकुमार बर्तौलाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई छिटो टुङ्ग्याउनुपर्ने बताउनुभएको छ । शुक्रबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
स्वर्गद्वारी आश्रमको जग्गामा मोही अधिकार कार्यान्वयन हुनुपर्ने माग राख्दै आन्दोलनरत किसानले घोराहीको मुख्यचोकमा सडकमै सुतेर विरोध जनाएका छन् ।
मध्य गाजापट्टीमा इजराइली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु र एक सय जना घाइते भएको गाजामा हमासद्वारा सञ्चालित सरकारको मिडिया कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेसका नेत्रीहरुले नीति अधिवेशनमा महिला नीतिमा पर्याप्त छलफल हुन नसकेको गुनासो गरेका छन् । बदलिँदो परिस्थितिसँग जुध्न स्पष्ट महिला नीति बनाएर जानुपर्ने आवश्यकता हुँदाहुँदै पनि महिला नीति नै राखेर छलफल हुन नसकेको बताए ।