उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा दृढतापूर्वक काम गर्न प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
शाइन आर्थिक पत्रकारिता पुरस्कार–२०८०’ बाट गोरखापत्रका लुम्बिनी प्रदेश संयोजक भुवन कार्की पुरस्कृत हुनुभएको छ ।
विधायनसम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकले विधायनसम्बन्धी विधेयक, २०८० सर्वसम्मतिले पारित गरेको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा सर्लाहीको हरिपूर्वा नगरपालिकाले देशभरमै सबैभन्दा कम अङ्क प्राप्त गरेको छ ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले समाजमा लुकाउने गरिएको यौनिकतासम्बन्धी शिक्षालाई खुला गर्नु पर्ने बताउनु भएको छ ।
कालीकोटको नररहीनाथ गाउँपालिका–१ कोटवाडामा निर्माण भएको सुनथराली विमानस्थल औपचारिक रुपमा उद्घाटन हुने भएको छ । पटक–पटक औपाचारिक उद्घाटनका लागि मिति तय भए पनि स्थगित हुँदै आएको उद्घाटन कार्यक्रम यही फागुन १४ गते मङ्गलबार हुने भएको हो ।
गीतकार शीतल गिरी अर्थात् ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा...’ गजलका लेखक । कुनै समय अधिकांश गजलप्रेमीको ओठमै झुण्डिएको यो गीतपछि गिरी कहाँ होलान ? के उहाँको सिर्जना यात्रा ब्रेक लाग्यो कि के भयो होला ?
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा नेपालमा समाजवाद स्थापना गर्ने बताउनुभएको छ।
नापी कार्यालय, ललितपुरका नापी सर्वेक्षक रामविर यादवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
पेट तथा आन्द्राको रोगसम्बन्धी विशेषज्ञ चिकित्सकको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन आज यहाँ सुरु भएको छ ।
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कानुनी टोलीले बिहीबार राति फ्लोरिडाको एक न्यायाधीशसँग ट्रम्पमाथि गैरकानुनीरूपमा वर्गीकृत दस्तावेजहरू राखेको आरोप लगाइएको आपराधिक मुद्दा खारेज गर्न आग्रह गर्दै धेरै प्रस्ताव दायर गरेको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्घीयता तथा संविधान कार्यान्वयनका लागि कानुन निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।
मुलुकभरका बालबालिकालाई दादुरा-रुबेलाविरुद्ध खोप लगाउने अभियानअन्तर्गत मकवानपुर जिल्लामा ३२ हजार छ सय ६५ लाई खोप लगाउने तयारी पूरा भएको छ ।
राष्ट्रियसभाका सदस्यले मिटरब्याज पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले मिटरब्याज पीडित न्यायका लागि सङ्घीय राजधानी आउनु दुःखद भएको उल्लेख गर्दै भएको कानुन कार्यान्वयन गरी पीडितलाई न्याय दिलाउन सरकारसँग माग गर्नुभयो ।
चोरी सिकारीमा प्रयोग भएको दुई थान अवैध बन्दुकसहितको हातहतियार बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रबाट सुरक्षाकर्मीको टोलीले बरामद गरेको छ।