प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताउनुभएको छ।
सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्राप्त उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न सबै राजनीतिक दल मिल्नुपर्ने बताउनुभएको छ ।
वसन्तपुरमा मामाको चियापसल असाध्यै प्रसिद्ध रहेछ । तर मलाई भने थाहै थिएन । हुन त सबै प्रसिद्ध कुराका बारेमा जानकारी राख्नु पर्छ भन्ने कहाँ छ र ! यस मामिलामा म अलिक कमजोर पनि छु । सहरमा कतिपय कुरा छ्यापछ्याप्ती भइसकेको हुन्छ । तर मलाई भने ढिलो थाहा हुन्छ । ऊ नयाँ गायक । तर नयाँभन्दा पनि उसलाई सम्भावना भएको गायक मान्न सकिन्छ । उसको नाम अविनाश प्रजापति । एक दिन हामीबिच त्यही प्रसिद्ध चियापसलमा भेट्ने सल्लाह भयो । म
हिन्दु धर्मशास्त्रमा भगवान् विष्णुका धेरै अवतार भएको कुरा उल्लेख गरिएको छ । तीमध्ये दस वटा अवतारलाई मात्र अत्यन्तै महत्व दिएर प्रचार गरिराखिएको छ । भगवान् विष्णुका २४ वटा अवतारका बारेमा भने धेरै मानिसलाई ज्ञात नभएको हुनसक्छ । यसको मुख्य कारण यस विषयमा त्यति प्रचारप्रसार नभइरहेकाले पनि हो भन्न सकिन्छ । भगवान् विष्णुले सृष्टिको सुरुवातदेखि नै लोककल्याणका लागि विभिन्न कालखण्डमा विभिन्न किसिमका अवतार लिनुभएको कुरा शास्त्रमा वर्णन गरिएको छ । भगवान् विष्णुका २४ अवता
कसैले “तिमी ईश्वर मान्छौ ?” भन्ने प्रश्न गरेमा मेरो जवाफ हुन्छ, “म ईश्वर मान्छु । म ईश्वर मान्दिनँ ।” मन्दिरहरू पुग्छु, पूजापाठ गर्छु, जपतप गर्छु, मानिआएको हिन्दु परम्पराको पालना गर्छु । त्यो पनि श्रद्धापूर्वक । आफ्नो लागिभन्दा पनि समाजको लागि, अझ भनाँै परिवार वा आफन्तका लागि यी सबै कुरा गर्दा रमाइलो लाग्छ । यसैबिच बझाङ आइपुगेपछि स्थानीय तहको नाम कण्ठ पार्दै गर्दा एउटा नाममा गएर अड्किएँ– मष्टा गाउँपालिका । नाम नै मष्टा भइसकेपछि मष्टादेवको मन्दिर त पक्कै होला भन्ने पनि लाग्यो । मोही पारिसकेपछि नौनीको धूप हाल्ने परम्पराबाट हुर्किएको हुँदा ‘बाह्रमष्टा’ भन्ने नाम कण्ठै थियो । कुलदेवताको रूपमा पूजिआएको देवताको नाम भुल्ने कुरा पनि भएन । ढँडार मष्टाको मन्दिर छ भन्ने थाहा पाएपछि मन अडिएन । माघ १३ को दिन मष्टादेवताको मन्दिरमा पुग्ने लक्ष्यले उकालो लागियो ।
ललितपुर जिल्लामा फूलचोकी अवस्थित छिन् । फूलचोकीको दायाँबाट लीलावती, बायाँबाट गोदावरी बग्छिन् । लीलावती भूमिडाँडा र्यालेबाट उद्गमित छिन् । खोपासीका विद्वान् विश्वनाथ उलकले लीलावतीको सन्दर्भसँग जोडिएको एउटा चर्चित किंवदन्ती व्यक्त गर्नुभएको छ । उहाँका अनुसार नेपालको पौराणिक कालखण्डमा फूलचोकी माईसमक्ष पनौती र पाटनका राजाहरू पानी माग्न गएछन् । फूलचोकी देवीले आफूलाई राम्रा राम्रा सुन चाँदीका गरगहना दिनेलाई खोलाको पानी छो
घुर्मीको बजार सुनकोशी पारी मानेभन्ज्याङ काटेर, ओखलढुङ्गा रामपुर पारी मोलुङ तरेर, ए जाउँ न घुम्न जाउँ, संसारमै सुन्दर छ हाम्रै प्राप्चा गाउँ ।
आँगनीमा आउँछ चरि अनेक गीत गाउँदै हामीसँग मधुर भावमा माया प्रिति लाउँदै
निकट अतीतको कुरो थिएन यो । तीन वा साढे तीन दशकअघिको हो यो कुरो । त्यति बेला उसका बाउले एउटा चिया पसल चलाउँथे । आमा घरकाजमा व्यस्त । घराँ एउटा भैँसी पनि पालेका थिए । आमा त्यसको स्याहारसुसारमा व्यस्त रहन्थिन् । सहर पैलिसकेको थिएन । उनीहरू जुन सहरमा बसोबास गर्थे त्यसको छेउछाउ घना जङ्गल थियो र रुखहरूमा हरियो रङ पोतेको टिनको पातोमा ‘नेपालको धन हरियो वन’ भन्ने लेखिएको हुन्थ्यो । एक पटक उसका बाउले लडापडा रुखबाट दाउरा काटेर ल्याउन बन्चरो बोकेर वन पसे । सुकेर ढलेका रुखबाट बन्चरोले दाउराका चपेरा चिर्दै थिए चिनेको वनपाले कताबाट फुत्त देखा प¥यो र बाउलाई समात्यो ।
झापा गाउँपालिकामा भएको आगलागीमा परेर एक बालकको ज्यान गएको छ । शुक्रबार अपराह्न ४ बजेतिर झापा गाउँपालिका–४ भामटोली इनाम हुसेन शेखको घरनजिकै रहेको परालको कुन्यूमा आगलागी हुँदा बालकको ज्यान गएको हो ।
भारतीय कवि रहिमनले पानीलाई गजपको विम्ब बनाएका छन् । “रहिमन पानी राखिए, बिन पानी सब सुन । पानी गए न उबरे, मोती मानुष चुन ।” चमकबिना मोती, जलबिना चुना र लज्जाबिना मनुष्यको मोल हुँदैन भन्ने रहिमनको भनाइ स्वाभिमान तथा लज्जाको रक्षा एवं अक्षुण्णता र वस्तुप्रयोगको पूर्णताको व्याख्या गर्छ । खास तìवको अभावमा महत्वपूर्ण र अपरिहार्य वस्तु पनि मूल्यहीन हुने बोध गराउँछ तर वैदिककालदेखिको पानी–सहित्यले मनुष्य, पशुपन्छी, बोटबिरुवा र सिङ्गो प्रकृतिकै लागि पानी उपयोगी र आवश्यक छ भन्ने कुरा नै अथ्र्याउँछ । अझ जीवनदायिनी स्रोत र शक्तिबिना मानिसले ‘बलविद्या देहु मोही हरहु कलेश विकार’ सम्म भन्न सक्दैनन् ।
कैलालीमा गएराति भारतीय नम्बर प्लेटको कारको ठक्करले एक साइकल यात्रीको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
नेकपा (एमाले) कैलाली अध्यक्षमा यज्ञराज ढुङ्गाना विजयी हुनु भएको छ । उहाँले आफ्नो निकटतम प्रतिद्वन्द्वी डेजी पाण्डेयलाई ६९ मत अन्तरले पराजित गरेर अध्यक्षमा विजयी हुनु भएको हो ।
गोरखामा ७ बर्षीया नाबालिकालाई करणी गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका – १४ सलाङगिरीका ५७ बर्षीया सिताराम भन्ने दल बहादुर विश्वकर्मा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (शनिवार) सर्लाही आउँदै हुनुहुन्छ । बागमती नगरपालिकाले पहिलो पटक आयोजना गरेको बृहत् शैक्षिक तथा सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड सर्लाही आउन लाग्नुभएको हो । बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले महोत्सवको सम्पूर्ण तयारी भइसकेको जानकारी दिनुभयो ।