जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानका आधारमा प्रदेशहरूको पुनः नामकरण हुनुपर्ने माग गर्नुभएको छ ।
राइजिङ व्रदर्श छटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिता २०२४ को उद्घाटन खेलमा बेलबारी फुटबल क्लब विजयी भएको छ ।
यही फागुन १३ गते आइतबारदेखि देशभरका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदै छ ।
पछिल्लो समय पश्चिम नवलपरासीका पर्यटकीय स्थलमा पर्यटकको चाप बढेको छ । प्रायः सुनसान रहने यहाँका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।
प्रधान सेनापति प्रभुराम शर्माले युवा वर्ग नै राष्ट्रको भविष्य भएको र राष्ट्रप्रतिको उनीहरूको माया, समर्पणभाव र निष्ठाले नै हाम्रो राष्ट्र, राष्ट्रियता, भाषा, संस्कृतिलगायत सबै पक्ष बलियो हुने बताउनुभएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका दुईवटा पालिका समिति पुनर्गठन भएका छन् ।
पिस प्वाइन्टले १२औँ लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।
बाँके जिल्लामा सञ्चालन भइरहेको ट्राफिक सप्ताह अन्तर्गतका विभिन्न कार्यक्रमहरू गर्ने क्रममा विभिन्न यातायात समितिका गाडी चलाउने चालक र सह-चालकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेर उनीहरूको स्वास्थ्य अवस्था बुझ्ने काम गरिएको छ ।
नापतौल यन्त्रको जाँचमा अनियमितता तथा तौलमा ठगी गर्नेलाई कारबाही गरी जरिबाना गरिएको छ । नापतौलका क्रममा ठगी गर्ने, समयमा नापतौल यन्त्रको जाँच नगराउने सात सय ८६ व्यवसायी तथा उद्योगीलाई कारबाही स्वरुप जरिबाना गरिएको हो ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बिमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताउनुभएको छ ।
गुहेश्वरी, प्यारागन र बौद्ध चिल्ड्रेन हेभनले द चाँदबाग स्कुल दोस्रो कम्फेस्टअन्तर्गत फुटबल र बास्केटबलको उपाधि जितेका छन् ।
पानी परेर चिसो बढेपछि कोठा न्यानो बनाउन अँगेनोमा बालेको आगो सल्किँदा उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका-१ रिचेतमा एउटा घर जलेर खरानी भएको छ ।
मधेश प्रदेशमा लक्षित उमेर समूहका करिब २० लाख बालबालिकाका लागि दादुरा–रुवेला खोप अभियान सञ्चालन गरिने भएको छ ।
काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालबाट शुक्रबार नवजात शिशु चोरी गर्ने महिलालाई प्रहरीले सार्वजनिक गरेको छ ।
स्याङ्जा प्रथम सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ ।