सर्लाहीको गोडैता नगरपालिका–८, स्थित भित्री सडकमा शनिबार राति मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
मुलुकको सबैभन्दा पुरानो, प्रजातान्त्रिक समाजवादी विचारधारा अँगालेको र मौजुदा सत्तारूढ गठबन्धनको सबैभन्दा ठुलो पार्टी नेपाली कांग्रेसको १४ औँ महाधिवेशनपछिको पहिलो महासमिति बैठक सम्पन्न भएको छ । एक हजार दुई सयभन्दा बढी महासमिति सदस्य र पार्टीका प्रदेश सभापति, जिल्ला सभापति एवं भ्रातृ तथा शुभेच्छुक सङ्घ संस्थाका केन्द्रीय अध्यक्षसमेत गरी करिब एक हजार पाँच सय सहभागी रहेको बैठक फागुन ७ गते सुरु भएर १० गते समापन भएको हो । २०७८ मङ्सिरमा १४ औँ महाधिवेशन हुँदाको समयमा पार्टीको नीति प्रस्तावउपर विविध कारणले छलफल हुन नसकेका कारण महासमितिमा नीतिगत छलफल गर्ने गरी थाती राखिएको थियो । सामान्यतः महाधिवेशन सम्पन्न भएको एक वर्षभित्रै महासमिति बैठक बसिसक्नुपर्ने थियो तर पटक पटक स¥यो ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति नियुक्ति प्रक्रियाले निकास पाएको छ । चार महिना ढिलो गरी नियुक्ति हुँदा दलीय भागबन्डा, चाकरी चाप्लुसी, नातावाद आदि शब्दावलीले यो समयमा निकै चर्चा पाए । योग्यताका आधारमा नियुक्ति भन्ने पदावलीको समेत उत्तिकै चर्चा चल्यो । यथार्थ होस् या देखावटी जसले जे भने पनि विगतको नियुक्ति प्रक्रियालाई चिर्दै नयाँ पद्धति अँगालेर त्रिविमा उपकुलपति नियुक्ति गरियो । मूल्याङ्कनका आधारमा पहिलो भएकालाई अस्वीकार गरेर दोस्रोलाई नियुक्ति दिँदा केही खल्लो मानिएको भए पनि तीन जनामध्ये कुनै एकलाई नि
मिस्टर बि आठौँ गोरखकाली रनिङकप प्रतियोगिताको उपाधि आयोजक हरमटारी युवा क्लबले जितेको छ । गोरखा नगरपालिका – ६ हरमटारी खेलकुद मैदानमा शनिवार सम्पन्न फाइनल खेलमा चाइनिज धारा फेमली क्लबलाई ० को विरुद्ध २ गोलले पराजित गर्दै आयोजक हरमटारी क्लबले उपाधि जितेको हो ।
लोकतन्त्र शास्त्रीय अर्थको राजनीतिक प्रणाली मात्र होइन; नागरिकको निरन्तर सतर्कता, सक्रिय संग्लग्नता र सहभागिताबाट गतिशील रहने जीवन पद्धति लोकतन्त्र हो । आधुनिक लोकतन्त्रलाई थाम्ने र उच्च स्तरमा विकास गर्ने क्रममा नागरिक समाज र मिडियालाई अत्यावश्यक स्तम्भको रूपमा स्विकार्नु गल्ती हुँदैन । नागरिक समाजको चरित्र विश्लेषण गर्दै प्रसिद्ध दार्शनिक हेगेल ‘एलेमेंट्स अफ द फिलोसफी अफ राइट’ मा लेख्छन्, ‘नागरिक समाज सार्वभौमिक आवश्यकताको एकता हो; यो यसको नैसर्गिक जग हो, र यसको एकता साँचो एकता हो, जसले अनेकतालाई बहिष्कार गर्दैन ।’ यो भनाइको तात्पर्य के हो भने जनताका धरातलीय यथार्थ र आवाज दर्शाउने विचार र अनुभूतिहरू राज्यका औपचारिक संयन्त्रभन्दा बाहिर यत्रतत्र प्रवाहित भइरहेका हुन्छन्, जसलाई सत्ता सञ्चालक र त्यसका तमाम औपचारिक अवयवले सुनेर र बुझेर कार्यसम्पादन गर्न सकेमा नै समाज उन्नत हुन्छ ।
अपाङ्ग तथा दृष्टिविहीन समुदाय सेवा सङ्घ चरिकोटले यहाँका अपाङ्गता भएका समुदायको आयआर्जनका लागि एक हप्ते चकटी बुनाइ तालिम सञ्चालन गरेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाको प्रशासकीय केन्द्र सान्थाक्रा जोड्ने सडक कालोपत्रे हुने भएको छ । सोही गाउँपालिका–३ खाम्लुङको दोभान बजारदेखि सान्थाक्रासम्म नौ किलोमिटर सडक कालोपत्रे हुने भएको हो ।
शेर्पा समुदायका विद्यार्थीहरूको छाता सङ्गठन नेपाल शेर्पा विद्यार्थी सङ्घ ताप्लेजुङको नयाँ कार्यसमिति चयन भएको छ । सदरमुकाम फुङ्लिङमा शनिवार सम्पन्न सङ्घको तेस्रो जिल्ला अधिवेशनले मिङ्मा दिकी शेर्पा अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
ङिस्याङ गाउँपालिका–४ मनाङ गाउँका कान्छा गुरुङको घर मर्मतका क्रममा माटोले पुरिएर गोरखा धार्चे गाउँपालिका–६ का ३७ वर्षीय वीरबहादुर घलेको मृत्यु भएको छ । घर मर्मत गर्ने ९ कामदारमध्ये ७ जनाको सकुशल उद्धार गरिएको छ भने १ कोसामान्य चोट लागेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताउनुभयो ।
समकालीन विश्वमा समाजवाद राजनीतिक दर्शन र आन्दोलन हो । यो पूरै आर्थिक–सामाजिक प्रणालीको दायरा हो । यो निजी स्वामित्वको विपक्षमा रहन्छ । यसमा उत्पादनका साधनमा सामाजिक र सामूहिक स्वामित्व रहन्छन् । लोकतान्त्रिक समाजवाद भन्नु नै समाजवादी अर्थतन्त्रलाई परिभाषित गर्नु हो । जसमा सरकारको उदार लोकतान्त्रिक राजनीतिक प्रणालीले नियन्त्रण गर्छ । लोकतान्त्रिक समाजवादीले स्ववर्णित समाजवादी राज्यहरू र माक्र्सवाद–लेनिनवादलाई अस्वीकार गर्छन् । बर्नी स्यान्डर्सले सोचेको ‘समाजवाद’ ले मात्र आधुनिक अर्थमा समाजवादको यात्रा पूरा हुँदैन ।
देश बनेन भन्ने चिन्ता धेरैलाई छ तर देश बनाउने चिन्तन थोरैमा पनि पाउन कठिन छ । चिन्ताले देश बन्दैन, चिन्तन गरे देश बन्ला । आजसम्म देश बन्दै नबनेको भन्ने चाहिँ होइन तर देश पछि परेको चाहिँ अवश्य हो । अथवा बन्नुपर्ने जति नबनेको हो । नबनेको वा पछि परेको भन्दा पनि नबनाइएको वा पछि पारिएको हो । अवश्य पनि देश बन्नुपर्ने जति नबन्नुमा दोष सरकारको छ । देश बन्नुपर्ने जति नबनेको सरकारको कर्मले मात्र होइन, जानेर होस् वा नजानेर नागरिकले गरेका, नगर्नुपर्ने कर्म र गर्नुपर्ने चाहिँ नगरेका कर्मका कारण पनि देश पछाडि परेको हो । राज्यका निकायमा बस्ने अधिकारी आफ्नो दायित्वप्रति जिम्मेवार नहुनु र नागरिक पनि आफ्नो कर्तव्य पालनामा जिम्मेवार बन्न नसक्नु दुवै देश नबन्नुमा उत्तिकै जिम्मेवार छन् ।
प्रनभ र शुभजीवन जस्ता गीति एलबम श्रोतामाझ ल्याइसक्नुभएका गायक सुरेन गौतमले ‘सल्लेरी पाखाहरू’ बोलको नयाँ गीत सार्वजनिक गर्नुभएको छ । सुरेनकै लेखन रहेको गीतमा सङ्गीत विशाल पौडेलको रहेको छ ।
हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका– १, २, ५ र ६ का महिलाले फरक पहिरनमा सजिएर यस वर्षको चैतलो पर्व मनाएका छन् । विशेष गरी यी वडाका सिमकोट र ठेहे गाउँका महिलाले गाउँको सार्वजनिक स्थानमा (चौपाडी) गाउँभरिमा महिला जम्मा भएर गीत गाउँदै चैतालो मनाएका हुन् ।