नेपाल तामाङ घेदुङको ६८ औँ स्थापना दिवसका अवसरमा शनिबार मौलिक संस्कृति ताम्बाको प्रस्तुति र सम्मान कार्यक्रमसहित मनाइएको छ । सो कार्यक्रममा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले छुट्टै, भाषा, लिपि र संस्कार मान्ने तामाङ समुदायलाई सांस्कृतिक प्रवर्धन र अधिकारका लागि एकताबद्ध गर्न सफल भएको बताउनुभयो । घेदुङको सचिव एवं चाडपर्व संयोजक बीना माम्बाले नेपालको जातीय, धार्मिक, भाषिक र संस्कारको विविधता नै यहाँको मौलिक विशेषता हुन् भन्दै पहिले समुदायमा मात्र अभ्यास हुने ल्होसारलगायतका पर्वको प्रवर्धनले सार्वजनिक स्थानमा ठुलो मेलाका रूप लिन थालेको बताउनुभयो । उहाँले बुद्धपूर्णिमा, साहित्य, भाषा, कलाको क्षेत्रमा योगदान दिनु
नेपाल बैङ्कर्स सङ्घका अध्यक्ष सुनील केसीले नेपालका बैङ्कहरू सबल अवस्थामा रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले शनिबार बनेपामा आयोजना गरेको एड्भान्स बैङ्किङ तालिम कार्यक्रममा उहाँले बैङ्कहरूसँग पर्याप्त तरल सम्पत्ति रहेकाले कुनै पनि बैङ्क डुब्ने अवस्था नदेखिएको बताउनुभयो ।
प्युठान र अर्घाखाँचीको साँध नौमुरेमा निर्माण हुन थालेको २८१ मेगावाट क्षमताको नौमुरे परियोजनाको काम अगाडि बढेको छ । आयोजनाको विस्तृत अध्ययन र यसको वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिएपछि प्रारम्भिक चरणका पूर्वाधार निर्माणमा परियोजना प्रवेश गरेको हो । सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको छ करोड ४३ लाख रुपियाँबाट काम भइरहेको छ । आयोजनाका सूचना अधिकारी कृष्णप्रसाद गौतमले आयोजना क्षेत्रमा पूर्वाधार निर्माणको तयारी थालिएको जानकारी दिनुभयो ।
देशव्यापी रूपमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान आइतबारदेखि सुरु हुने भएको छ । सरकारले दादुरा–रुबेला खोप अभियान फागुन १३ देखि चैत ७ गतेसम्म सञ्चालन गर्ने भएको हो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले दादुरा तथा रुबेलाको प्रकोप बढेकाले खोप अभियान सञ्चालन गर्नु परेको जानकारी दिनुभयो । उहाँले कोरोना महामारीका कारण नियमित खोप लगाउन छुटेकाले दादुराको प्रकोप देखा परेको बताउनुभयो । उहाँले खोप अभियानमा ५७ लाख ४२ हजार ९९३ लाई खोप प्रदान गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । उहाँका अनुसार २४ जिल्लाका नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिइने छ ।
तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ ।
कोशी प्रदेशको डेरी उद्योग सङ्घले नेपाल सरकारद्वारा दुग्धजन्य पदार्थको आयातमा लगाइएको प्रतिबन्धको स्वागत गरेको छ । सङ्घमा आबद्ध आठ ठूला डेरी उद्योगका सञ्चालकको शनिबार दमकमा सम्पन्न बैठकले हालै दुग्धजन्य पदार्थको आयातमा सरकारले लगाएको प्रतिबन्धले स्वदेशी डेरी उद्योगलाई राहत पुग्ने ठहर गरेको हो ।
उपचार अभावमा खोटाङमा एक महिला खोरमा थुनिएर बस्न बाध्य भएकी छिन् । घरपरिवारको आर्थिक अवस्था कमजोर भएपछि उपचारका लागि अस्पताल लैजान नसक्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३, नुनथलाकी ३० वर्षीया फुर्दिकु शेर्पा खोरमा थुनिनुपरेको हो ।
गोरखापत्र अनलाइनका डिजाइनर लोकबहादुर कटवाललाई पितृशोक परेको छ । उहाँका पिता शेरबहादुर कटवालको आइतबार राती १: ०० बजे निधन भएको हो । धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं ४ चानुवा मा रहेको उहाँको निवासमा निधन भएको हो स्वर्गीय कटवालका चार छोरा र एक छोरी हुनुहुन्छ । उहाँ लामो समय देखि अर्बुद रोग (क्यान्सर) बाट पीडित हुनुहुन्थ्यो ।
चक्रपथको कलङ्की–कोटेश्वर खण्डमा विगत छ वर्षदेखि अलपत्र रहेका आकासे पुलको निर्माण सुरु भएको छ । ललितपुरको महालक्ष्मी स्थान, सानेपा र काठमाडौँको बल्खु चोकमा आकासे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । यसअघि गोरखापत्रले ‘चक्रपथका तीन आकासे पुल अलपत्र’ शीर्षकमा माघ ६ गते समाचार प्रकाशित गरेको थियो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १२ वर्षको अवधिमा लोपोन्मुख अवस्थामा रहेको कृष्णसारको सङ्ख्या छ गुणाले वृद्धि भएको छ । दुर्लभ कृष्णसारको सङ्ख्या ४२ वटाबाट वृद्धि भई अहिले २७७ वटा पुगेको छ । सन् १९६० को दशकमा शुक्लाफाँटाको हीरापुर क्षेत्रमा कृष्णसार देखा परेको थियो । सोही आधारमा कृष्णसारका लागि उपयोगी हावापानी हुन सक्ने ठानेर विभिन्न ठाउँबाट स्थानान्तरण गरेर ल्याइएको थियो । सन् २०१२ मा हरियो वन कार्यक्रमको साझेदारीमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले सदर चिडियाखानाबाट छ र नेपालगन्ज मिनी चिडियाखानाबाट २२ गरी पहिलो पटक २८ वटा कृष्णसार शुक्लाफाँटा पु¥याएको थियो । त्यसपछि सन् २०१५ मा बर्दियाको खैरापुरबाट थप १४ वटा कृष्णसार शुक्लाफाँटामा स्थानान्तरण गरिएको थियो ।
झापाको दोमुखामा पिकनिक खाएर फर्किँदै गरेको औषधी व्यवसायी सवार बस शिवसताक्षी नगरपालिका १० माइधारमा दुर्घटनामा परेको छ ।
राष्ट्रिय फिफ्टिन्स रग्वी लिग च्याम्पियनसिपको उपाधि गोर्खाली रग्वी क्लबले जितेको छ । दशरथ रंगशालामा शिनिबार भएको फाइनलमा त्रभुवन आर्मी क्लबलाई ६६–७ को स्कोरमा हराउँदै गोर्खालीले उपाधि उचालेको हो ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले मिडियामा अबको प्रतिस्पर्धा सूचनाका लागि नभएर विषयवस्तुमा केन्द्रित हुने बताउनुभएको छ।
कैलालीको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा मन्दिरमा दुई करोड २५ लाख दीप प्रज्ज्वलन गरिने भएको छ । महाशिवरात्रीको दिन दीप प्रज्ज्वलन गरिने बेहडाबाबा फाउण्डेशनले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
खाल्डो खनेर जङ्गलमा गाडेको अवस्थामा वयस्क पाटे बाघ भेटिएको छ । मध्यबिन्दु नगरपालिका –१५ को नवदुर्गा सामुदायिक वनमा वयस्क पाटे बाघ मारेर गाडेको अवस्थामा फेला परेको हो ।