आमुख : धाम पूर्वी नेपालको एउटा महत्वपूर्ण तीर्थस्थल हो, हलेसी । नेपालका मौलिक धर्म हिन्दु, बौद्ध र मुन्धुम मान्ने किरातहरूको समेत आस्था विश्वासको त्रिवेणी हलेसी तीर्थबारे रचित साहित्यिक कृतिमा हलेसी तीर्थकाव्य (२०४१) पनि एक हो । यसका रचयिता राधेश्याम भट्टराई (२००६–२०७९) हुन् । बहुमुखी प्रतिभा राधेश्यामले आजीविकाको व्यवसाय र रुचि क्षेत्रलाई सदुपयोग र संयोजन गर्दै फुर्सदमा साहित्य सिर्जना गरेका रहेछन् । गत मङ्सिर २२ गते काठमाडौँमा आयोजित एक साहित्यिक कार्यक्रममा विमोचित सम्झनामा राधेश्याम संस्मरण ग्रन्थ र विभिन्न विद्वान्का अभिव्यक्तिमा यसका प्रमाण उजागर भए ।
कर्णाली प्रदेशका नौ महिनादेखि पाँच वर्षमुनिका झन्डै डेढ लाख बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ । जाजरकोट र रुकुमपश्चिमबाहेक कर्णाली प्रदेशका आठ जिल्लाका नौ महिनादेखि पाँच वर्षमुनिका एक लाख ४७ हजार ४४४ जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ ।
रुकुमपश्चिममा निर्माणको जिम्मा लिएर काम नगर्ने एक निर्माण कम्पनीको अग्रिम भुक्तानी ग्यारेन्टी जफत गरिएको छ । सडक डिभिजन कार्यालय चौरजहारीले सपना शैलुङ जेभी काठमाडौँको अग्रिम भुक्तानी ग्यारेन्टी जफत गरेको हो । जिल्लाको सानीभेरी गाउँपालिका–२ र ४ जोड्ने मेघा पुल निर्माणको ठेक्का पाएको उक्त कम्पनीले नौ वर्षसम्म काम नगरेपछि अग्रिम भुक्तानी ग्यारेन्टी सरकारी राजस्वमा जम्मा गरिएको हो ।
बालविवाह तथा लैङ्गिक हिंसा रोक्न पाटन नगरपालिकाका धामी समूहलाई सक्रिय पारिने भएको छ । ग्रामीण भेगमा धामीझाँक्रीका कुरामा विश्वास गरिने भएकाले बालविवाह तथा लैङ्गिक हिंसा नियन्त्रण गर्न यस्तो उपाय अपनाइएको हो । सामाजिक विकास कार्यालय बैतडीको अगुवाइमा पाटन नगरपालिकामा गठन गरिएको प्रतिष्ठित धामी समूहले बालविवाह जस्ता प्रचलन नियन्त्रणका लागि धामीझाँक्रीसँग अन्तर्क्रिया गरिएको छ । सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शङ्करदत्त जोशीका अनुसार प्रतिष्ठित धामी समूहले जिल्लाका विभिन्न पालिकामा पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
पाल्पा अस्पतालमा उपचारका लागि आउने बिरामीले सहजै उपचार पाउन नसकेको गुनासो गरेका छन् । जिल्ला सदरमुकाम तानसेनस्थित पाल्पा अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामीले सहज रूपमा उपचार नपाएको गुनासो गरेका हुन् । अस्पतालमा कार्यरत कर्मचारीका कारण बिरामीले सास्ती बेहोर्नु परेको गुनासो बढेको छ । उपचारका लागि अस्पतालमा आउने बिरामीले समयै ल्याब रिपोर्ट नपाउने, समयमै उपचार नपाउने तथा कर्मचारीबाट राम्रो व्यवहार पाउन नसकेको गुनासो गरेका छन् । अस्पतालले दिने सेवाका बारेमा स्पष्ट जानकारी नदिँदा कतिपय बिरामीले अनावश्यक झन्झट बेहोर्नु परेको छ ।
कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्न विभिन्न अस्पतालसँग सम्झौता गरे पनि अस्पतालले भने त्यसको कार्यान्वयनमा आलटाल गर्ने गरेका छन् । अस्पतालले विभिन्न बाहना र कागजातको माग गर्दै उपचार खर्च लिन छोडेका छैनन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले २०६९ सालमा नौ करोड रुपियाँ खर्च गरेर कालोपत्रे गरेको मनाङको हुम्डे विमानस्थल अलपत्र परेको छ । विकट हिमाली क्षेत्रमा यातायातको भरपर्दो साधनका रूपमा रहेको विमानस्थल सञ्चालनमा नआउँदा हेलिकोप्टरमा लाखौँ रुपियाँ तिरेर बिरामीलाई उपचारका निम्ति लैजानुपर्ने बाध्यताबाट मनाङी मुक्त हुन सकेका छैनन् ।
देशका विभिन्न स्थानबाट पैदलयात्रा ९न्याय मार्च० गर्दै काठमाडौैँ पुगेका मिटरब्याज पीडितले आज भृकुटीमण्डपमा प्रदर्शन गरेका छन् । मिटरब्याज पीडितका समस्या समाधान गर्न कानुन संशोधन गरिए पनि त्यसको प्रभावकारिता नदेखिएको र पीडितले न्याय पाउन नसकेको भन्दै उनीहरु २३ दिनको लामो ‘न्याय मार्च’ गरेर काठमाडौँ आएका हुन् ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटवार्ता भएको छ ।
१४ देशका ४३ जना वरिष्ठ चित्रकारको उपस्थितिमा २०८० असोज १७ देखि २१ गतेसम्म ‘मुन्दुम अन्तर्राष्ट्रिय प्रत्यक्ष प्लेन एयर कार्यशाला २०८०’ दिक्तेल बजार र आसपासको क्षेत्रमा आयोजना गरिएको थियो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको सिमाना महुरेगढीदेखि दिक्तेल बजार भानुचोकसम्म दर्जनौँ ठाउँमा पाहुनाको स्वागतका लागि उपस्थित भएका थिए हजारौँ मानिसहरू । लामबद्ध थिए ७–८ वर्षका बालबच्चादेखि ८५–९० वर्षका अग्रज हजुरबा–हजुरआमासम्म । न दुधे बालबच्चाको प्रवाह थियो, न सुत्केरी महिलाको लेखाजोखा । न दुहुनु भैँसीको हेरचाह भयो त्यो दिन, न पल्लाघरे साइली आमालाई औषधी खुवाइयो ।
नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच आज सहमति भएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ ।
बालबालिकालाई असल, सक्षम र योग्य व्यक्ति बनाउने विषयमा अभिभावकको महìवपूर्ण भूमिका हुन्छ । अभिभावकको यो योगदान परिवारमा मात्र सीमित नरहेर समाजको रूपान्तरण र राष्ट्रको समुन्नतिसँग पनि जोडिएको हुन्छ । हरेक बाबुआमाले असल अभिभावकत्व निर्वाह गर्न सकेको खण्डमा बालबालिका परिवार, समाज र राष्ट्रको सबल खम्बाको रूपमा विकसित हुन सक्छन् । असल र सफल अभिभावकत्वको कुरा गर्दा अल्बर्ट आइन्स्टाइनका अभिभावकको दृष्टान्त धेरैले दिने गरेको पाइन्छ । विद्यालयले आइन्स्टाइनलाई सिक्न नसक्ने भनेर निस्कासन गरेको पत्रलाई संयमतापूर्वक र सुझबुझपूर्ण तरिकाले छो
ढुङ्गे युगदेखि मानव समूहमा बसी प्राकृतिक विपत्तिसँग जुध्दै अनि अदृश्य शक्तिको आराधना गर्दै आयो । यसैबिच नायक, गणनायक, सम्राट्, ईश्वर, जात, धर्म आदिसम्बन्धी मान्यता जन्मिए । शासकीय एवं सम्भ्रान्तीय स्वार्थवश मानवीय चेतनालाई अलौकिक चेतना र परम्परित सोचभित्र बाँध्न धर्मको उत्पत्ति गरियो । यो एक जीवनशैली मात्र हो तर यसकै कारण विश्वमा मानवले विभेद, उत्पीडन, द्वन्द्व, विग्रह तथा अस्तित्व रक्षाका लडाइँ लड्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भयो । नेपाल भने
सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका साबिक छ वटा गाविस मिलेर बनेको स्थानीय तह हो । मध्यपहाडी राजमार्गले छोएको यो स्थानीय तहले विकासका लागि निकै सम्भावना बोकेको छ । यस गाउँपालिकामा २०७९
आफ्नो आत्माको आवाज सुन, त्यहाँ तिमी सत्य भेटाउँछौँ’ – सन्त कविर सन्तजनहरू भन्छन्– एक व्यक्ति जीवनभर म खुसी हुनु पर्छ भनेर होइन अरूलाई म खुसी भएको देखाउनु पर्छ भनेर भागदौड गरिरहन्छ । म सुखी हुन्छु भनेर होइन अरूका अगाडि दुःख लुकाउनु पर्छ भनेर दौडिरहेको हुन्छ । म कस्तो छु भनेर होइन अरूले मलाई कस्तो देख्नुपर्ने हो भनेर भागदौड गरिरहन्छ । जीवनको ९० प्रतिशत ऊर्जा अ