संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मिहिन ढङ्गले अध्ययन नगरी धरानमा तत्काल हवाईमैदान बनाउन नसकिने बताउनुभएको छ ।
चलचित्र ‘महाजात्रा’ निर्माण समूहले ‘महाकमेडी यात्रा’ गर्ने भएको छ । हामीले चलचित्रको प्रदर्शनअगाडि मोफसलका विभिन्न सहरमा पुगेर दर्शक भेटघाट गर्न लागेका हौँ । दर्शकसँग साक्षात्कार गर्दा हामीसँग रियालिटी सोमार्फत उदाउनुभएका हास्य कलाकारसँग चलचित्रका कलाकारहरू हुनुहुने निर्माता म्याक्स दिपेश खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “चलचित्रका तर्फबाट अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेतृ वर्षा राउत उक्त भ्रमणमा हुनुहुने छ ।”
नेपाल टेलिकमले देशभित्र सञ्चालित ३४ वटा विमानस्थलमा निःशुल्क वाइफाई उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच शुक्रबार सहमति भएको छ । सहमति अनुसार नेपाल टेलिकमले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्री वाइफाई नेटवर्क जडान गर्ने छ । यसबाहेक अन्य विमानस्थलमा समेत चरणबद्ध रूपमा निःशुल्क वाइफाई उपलब्ध गराउने सहमति भएको छ । विमानस्थलभित्र यात्रुहरूलाई सजिलो हुने गरी उपयुक्त स्थानमा कम्पनीका सेवासम्बन्धी जानकारी उपलब्ध गराउन सूचना तथा सहायता कक्ष स्थापना गर्ने पनि दुई संस्थाबिच सहमति भएको छ ।
मूल्य अनुसार दुधको गुणस्तर नभएको भन्दै सरोकारवालाले गुनासो गरेका छन् । वर्तमान अवस्थामा दुग्ध क्षेत्रमा देखिएका समस्या र समाधानसम्बन्धी सरोकारवालाबिच नेपाल डेरी एसोसिएसनले आयोजना गरेको कार्यव्रmममा सो गुनासो गरेका हुन् । दुधको मूल्य उच्च छ, त्यस अनुसार गुणस्तर नरहेको गुनासो सरोकारवालाको रहेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले दुधको गुणस्तर निकै कमजोर रहेको र त्यसमा ध्यान दिन डेरी उद्योगीलाई आग्रह गर्नुभयो । उहाँले मूल्य मात्र निर्धारण गरेर हुँदैन, गुणस्तरीय दुध पनि उपभोक्तालाई दिनुपर्ने बताउनुभयो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम शुक्रबार दिउँसोदेखि आमरण अनशन बस्नुभएको छ।
बारपाक सुलीकोट गाउँपालिका–५ को ज्वालामुखी सामुदायिक वनको खोलामा मृत चितुवा फेला परेको पालुङटार सब डिभिजन कार्यालयका प्रमुख अर्जुन अच्छामीले जानकारी दिनुभयो।
दुग्ध पदार्थ नविकेपछि कपिलवस्तुका कृषक चिन्तित बनेका छन्। व्यावसायीक रुपमा पशुपालन गर्दै आइरहेका कपिलवस्तुका किसानको विगत ६ महिनादेखि दुग्ध नविकेपछि चिन्तित बनेका हुन्।
संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठनको श्रीलङ्कामा भएको ३७ औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलनले दिगो खाद्य सुरक्षा तथा कृषि उत्पादनलाई बढावा दिन जोड दिएको छ ।
कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय ललितकला प्रदर्शनी तथा प्रतियोगिता हुने भएको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पाथीभरामा केबलकार निर्माण गर्न सर्वपक्षीय सहमति आवश्यक हुने उल्लेख गरेको छ ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले गरिखाने शिक्षा आजको पहिलो आवश्यकता भएको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा भनेर सुरु गरिएको यात्रा समाजवादको यात्रा भएको बताउनुभएको छ ।
सरकारले फागुन १३ गतेदेखि देशभर राष्ट्रिय दादुरा—रुबेला खोप अभियान २०८० सञ्चालन गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्र तथा परिवार कल्याण महाशाखाले यसबारेमा जानकारी दिएको हो ।