अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो ।
जनता समाजवादी पार्टी, (जसपा) नेपालले पार्टी सङ्गठित सदस्यता नवीकरणका लागि परिपत्र (सर्कुलर) जारी गरेको छ ।
गण्डकी ज्येष्ठ नागरिक सङ्घसहित कास्की र स्याङ्जा जिल्ला ज्येष्ठ नागरिक सङ्घको सहकार्यमा गण्डकी र लुम्बिनी प्रदेशका २१ जना ज्येष्ठ नागरिकले अन्तर आश्रम भ्रमण गरेका छन् ।
स्थानीय सरकारले गरेको कार्य सम्पादन मूल्याङ्कनमा जिल्लाका ११ पालिकामध्ये भीरकोट नगरपालिका पहिलो भएको छ ।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले टीकापुरमा शीत भण्डार निर्माण गर्न थालेको छ ।
स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठका अनुसार यही फागुन १३ गतेदेखि दादुरा–रुबेला खोप अभियान सुरु हुने र सो अभियान अन्तर्गत बाँकेका आठवटै पालिकामा नौ महिनादेखि १५ वर्ष उमेर समूहका एक लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य छ ।
एक निजी यानले बिहीबार ५० वर्षभन्दा अधिक वर्षमा चन्द्रमामा पहिलो अमेरिकी ‘टचडाउन’ गरेको छ । यद्यपि उडान नियन्त्रकहरूले राम्रो सम्पर्क प्राप्त गर्नका लागि सङ्घर्ष नगरेसम्म कमजोर सङ्केत मात्र प्राप्त गर्न सकेका थिए ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले चालु आर्थिक वर्षको सात महिनामा झण्डै नौ हजार नागरिकता वितरण गरेको छ ।
नइ प्रकाशनले चार जनालाई २०७९ सालको ‘नइ पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।
कार्यसम्पादन मूल्याङ्कनमा कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये हुम्ला जिल्लाको सिमकोट गाउँपालिका सबै भन्दा उत्कृष्ट ठहरिएको छ ।
मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । गाजामा हमासद्वारा सञ्चालित मिडिया कार्यालयले बिहीबार एक प्रेस विज्ञप्तिमार्फत यस्तो जनाएको हो ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहितका विपक्षी दलको अवरोधका कारण१५ मिनेटका लागि बैठक स्थगित भएको हो ।
फागुन १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘अगस्त्य च्याप्टर १’ का कलाकार आजभोलि प्रचारप्रसारमा व्यस्त छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
आर्थिक वर्ष २०७९-०८० को कार्यसम्पादन मूल्याङ्कनमा मालिका गाउँपालिका देशभरका ४६० गाउँपालिकामध्ये पहिलो भएको छ ।