• १७ वैशाख २०८२, बुधबार

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको शिष्टाचार भेट

blog

काठमाडौँ, फागुन ११  गते ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको सो भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । अध्यक्ष तिमिल्सनाको कार्यकाल यही फागुन २० गते सकिँदैछ । रासस