पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामको साखेजुङमा रहेको रत्नकुमार बान्तवा बहुप्राविधिक शिक्षालयको बिहीबार औपचारिक उद्घाटन गर्नुभएको छ । इलाम नगरपालिका–१, साँखेजुङमा रहेको शिक्षालय २०७४ सालदेखि सञ्चालनमा आएको थियो । शिक्षालयको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री खनालले प्राविधिक शिक्षा अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभयो ।
सङ्घीय सरकार अन्तर्गत सडक विभागको क्षेत्राधिकारभित्र पर्ने कोशी राजमार्गको विराटनगर महानगरपालिका रानी–कञ्चनबारी खण्ड जताततै ‘उबडखाबड’ भएपछि दुर्घटना बढेको गुनासो बढेको छ । राजमार्ग ‘राजमार्ग’ जस्तो नभएर कच्ची कालोपत्रेमा रूपान्तरण भएपछि स्थानीय तह विराटनगर महानगरपालिकामा दबाब बढेको छ । सडकमा सवारी गुडिरहेको छ कि ‘चाकाचुली’ खेलिरहेको छ भन्ने अवस्था आएपछि विराटनगर महानगरपालिकाले छ लेन सडक आयोजनालाई तत्काल मर्मत गरिदिन आग्रह गरेको हो ।
कालीकोटमा नुन आपूर्ति सहज नभएपछि जिल्लामा नुन अभाव हुन थालेको छ । नुन लिन नागरिकताको प्रतिलिपि लिएर जानुपर्ने बाध्यता सर्वसाधारणलाई छ । त्यति हुँदा पनि एक सय रुपियाँको ११ केजी नुन लिन दुई हजारदेखि २५ सय रुपियाँसम्म खर्च गरेर सदरमुकाम पुग्नुपर्ने बाध्यता छ । नागरिकताको प्रतिलिपि लिएर गएपछि एक व्यक्तिले सय रुपियाँमा ११ केजी नुन प्राप्त गर्छन् । केही महिना प्रतिव्यक्ति पाँच किलो अर्थात् पाँच प्याकेट नुन पाउने गरेका सर्वसाधारणले अहिले कोटा थपिएपछि ११ प्याकेट प्राप्त गर्ने गरेका छन् ।
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले आज पनि देशका विभिन्न स्थानमा बदली हुनुका साथै छिटफुट वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मुलुकको समृद्धिका लागि सडक सञ्जाललाई ज्यादै महत्वपूर्ण पूर्वाधारका रूपमा लिइन्छ । दुई ठुला राष्ट्रका बिचमा अवस्थित भूपरिवेष्टित मुलुकको हकमा त झन् सडक यातायात नै एक मात्र अपरिहार्य र भरपर्दो पूर्वाधार हो । आन्तरिक सडक सञ्जाल विस्तारले मात्रै मुलुकले आर्थिक समृद्धि विकास गर्न सम्भव हुँदैन । विश्वमै दोस्रो ठुलो अर्थतन्त्र भएको उत्तरी छिमेकी मुलुक चीन र पाँचौँ ठुलो अर्थतन्त्र भएको भारतबाट नेपालले व्यापारिक लाभ लिन अत्यन्तै महत्वपूर्ण मानिएका नाकास
सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ ।
वस्तुतः मानिस सुख, आनन्द, सुरक्षा र प्रगति चाहने चेतनशील प्राणी हो । यी सबथोक प्राप्तिका लागि कुनै पनि मुलुकमा व्यापार–व्यवसाय, रोजगारी वा अर्थोपार्जन अनुकूल वातावरण आवश्यक पर्छ । आर्थिक रूपले अनुकूल वातावरण हुँदा मुलुकले समृद्धि हासिल गर्छ । फलस्वरूप नागरिकले पनि गुणस्तरीय शिक्षा–स्वास्थ, लैङ्गिक समानता, सामाजिक सुरक्षा, सहज सार्वजनिक सेवा र आकर्षक पारिश्रमिक प्राप्त गर्छन् । स्वाभाविक रूपमा अविकसित मुलुकमा यी सबथोकको कमी हुन्छ । त्यसैले जीवन उपयोगी सिप, आकर्षक ज्याला वा पारिश्रमिक, पेन्सन, बिमालगायत सामाजिक सुरक्षा, अ
संविधान देशको सर्वोच्च कानुन हो । कुनै पनि देशमा संविधानभन्दा उच्च स्तरको वा समान स्तरको कानुन बनाइएको हँुदैन । संविधानसँग बाझिने गरी कानुन बनाइँदैन र बनाइएमा बाझिएको हद जतिको कानुन निष्व्रिmय हुन्छ । यसर्थ जति पनि कानुन बनाइन्छन्, संविधान अन्तर्गत नै बनाइनु पर्छ । संविधानलाई मूल कानुनको स्थान दिइएको अभिप्राय संविधानको सर्वोच्चता स्वीकार गरिएको हो । उदाहरणका लागि नेपालको संविधानको धारा १ ले संविधानलाई सर्वोच्च कानुनका रूपमा स्वी
समाजवादमा जान क्रान्तिका दुई चरण पहिलो पुँजीवादी र दोस्रो समाजवादी क्रान्ति पार गर्दै अगाडि बढ्नु पर्छ । विश्व समाजवादी आन्दोलनमा क्रान्तिका आआफ्नै अनुभव छन् । चीनमा चिनियाँ कम्युनिस्ट पार्टीको एकल नेतृत्वमा सन् १९४९ मा जनवादी क्रान्ति सफल भयो र समाजवाद स्थापनाको आधार निर्माण भएर चीन अगाडि बढिरहेको छ । रुसमा जारशाहीविरुद्ध भएको फरबरी क्रान्तिपछि लेनिनको अगुवाइमा भएको अक्टोबर क्रान्तिको सफलताले समाजवाद स्थापना ग¥यो । यस्तै भिय
जाजरकोट भूकम्पको अति प्रभावित क्षेत्रमा प्रजनन स्वास्थ्य शिविर र सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल परिवार नियोजन सङ्घको आयोजनामा जाजरकोटका चार स्थानीय तहका विभिन्न स्थानमा स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।
कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा देशभरिका अन्य महानगरपालिकालाई उछिन्दै भरतपुर उत्कृष्ट भएको हो । गत आर्थिक वर्ष २०७९/८० मा आयोगको मूल्याङ्कनमा भरतपुर महानगर नै पहिलो भएको थियो ।
बागमती प्रदेशमा प्रदेश सरकार र विपक्षी दलहरूबिच टकराब बढ्दै गएको छ । गत असारमा प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउँदादेखि सुरु भएको द्वन्द्व पछिल्लो समय बढ्दै गएको हो । भूगोल र विपक्षी दललाई समेत उपेक्षा गर्दै विभेदपूर्ण बजेट ल्याएको भन्दै बागमती प्रदेश सभाको प्रमुख विपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सभाको बैठक पटक पटक अवरुद्ध गरेका थिए । बजेट समानुपातिक ढङ्गले नल्याएको, विपक्षी दलका प्रदेश सभाका सदस्यहरूसँग योजना माग गरेर ती योजना बजेटमा नपारेकोलगायतका दाबी विपक्षी दलको थियो ।
वाफ महिला च्याम्पियनसिपमा स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले पाँच गोल गरेपछि नेपालले बिहीबार इराकलाई ५–० को फराकिलो अन्तरले हराएको छ । यस जितसँगै नेपालको दुई खेलबाट दुई जित हासिल भएको छ । नेपालले पहिलो खेलमा सिरियालाई ४–१ ले पराजित गरेको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार प्यलोस्टाइनविरुद्ध खेल्ने छ । अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् । समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । पश्चिम एसियाका गल्फ राष्ट्रहरूले प्रतिस्पर्धा गर्ने यस प्रतियोगितामा नेपालले आमन्त्रित टोलीका रूपमा सहभागिता जनाएको हो ।
नाबालिका करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका – २ बस्ने वर्ष ३७ का आशिष् चेपाङ र ईश्वर चेपाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनु भयो ।