कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ रनगाईका ११ वर्षीय सुशील ठाकुर स्कुल बिदा भएपछि कपाल काट्न व्यस्त हुन्छन् । गाउँको कुनामा रहेको घर अगाडि कुर्ची राखेर कपाल काट्छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरको मध्यपुर थिमिस्थित आदर्श माध्यमिक विद्यालयबाट दादुरा–रुबेला राष्ट्रिय खोप अभियानको आइतबार शुभारम्भ गर्नुभएको छ ।
दाङमा दादुरा-रुबेला रोग विरुद्धको खोप अभियान–२०८०-०८१ सुरु भएको छ । जिल्ला खोप समन्वय समिति दाङले घोराही उपमहानगरपालिका–१४ बालमन्दिर आधारभूत विद्यालयमा कार्यक्रमको आयोजना गरेर बालबालिकालाई खोप लगाउन सुरु गरेको हो ।
मेरुदण्डको दीर्घकालीन समस्याबाट जोगिन समयमै उपचार गर्न चिकित्सकहरूले सुझाव दिनुभएको छ । मेरुदण्डका बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुहुँदै भेरी अस्पताल नेपालगञ्जका पूर्व मेडिकल सुपरिटेन्डेन्ट तथा वरिष्ठ मेरुदण्ड रोग विशेषज्ञ डा. प्रकाशबहादुर थापाले पछिल्लो समय धेरै मानिसमा मेरुदण्डको समस्या देखिएको बताउनुभयो ।
त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरूले दोस्रो सफल कलेजो प्रत्यारोपण गरेका छन् । अस्पतालका डा.रमेशसिंह भण्डारी नेतृत्वसहितको टोलीले अस्पतालमा दोस्रो पटक सफल कलेजो प्रत्यारोपण गरेको हो ।
आयोगको आइतबार बसेको बैठकले कोशी प्रदेशको इलाम–२ र सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ (क) मा वैशाख १५ गते निर्वाचन गराउने निर्णय भएको आयोगका उपसचिव एवम् सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिनुभयो ।
नवलपुरको गैंडाकोट नगरपालिका –२ भृकुटी चोक अन्तर्गतको पूर्व–पश्चिम राजमार्गमा एम्बुलेन्स, बस र स्कुटर ठोक्किँदा तीन जना घाइते भएका छन् ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संविधानको विरोध नगर्न चेतावनी दिनुभएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सुदूरपश्चिम प्रदेशमा पाँच लाख २३ हजार आठ सय ३९ जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइँदै छ । सुप प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले एक कार्यक्रमका बिच सेती प्रादेशिक अस्पतालमा कार्यक्रमको सुरु गर्नुभएको हो ।
डडेल्धुरामा दादुरा–रुबेलाविरुद्धको साताव्यापी खोप अभियानको सुरु भएको छ ।
इजरायलको युद्ध क्याबिनेटले हमाससँगको युद्धमा बन्धक सम्झौता र युद्धविरामका लागि वार्ताका लागि आगामी कदमबारे छलफल गरेको छ ।
जापानले भूकम्पले क्षति पुर्याएका क्षेत्रको पुनर्निर्माणका लागि थप ६६ करोड अमेरिकी डलर खर्च गर्ने योजना सार्वजनिक गरेको छ ।
चामे गाउँपालिका तिमाङमा रहेको गौरीशङ्कर आवासीय विद्यालयका प्रधानाध्यापक कमलजङ्ग गुरुङले हिउँको प्रवाह नगरी विद्यालय सञ्चालन गरिएको बताउनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र हुनुका साथै नेपालको दिगो र भरपर्दो विकासको सहयात्री भएको बताउनुभएको छ ।
दादुरा-रुबेलाको उच्च जोखिममा रहेको बाँकेमा नौ महिनादेखि १५ वर्ष उमेर उमेर समूहका बालबालिकाका लागि खोप अभियान सुरु भएको छ ।