समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
गण्डकी र लुम्बिनी प्रदेशको सङ्गम स्थल राम नदी धार्मिक पर्यटकीय हिसाबले परिचित रहेको छ । गल्याङ नगरपालिका १ स्याङ्जा र बगनासकाली गाउँपालिका ५ रहेको छ रामनदी धाम ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
भारतले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड [आइएसओ]को निहुँ बनाएर नेपालमा उत्पादित प्लाइउड रोक्ने नीति अघि सारेपछि नेपाली भेनियर व्यवसायी चिन्तित बनेका छन् । भारततर्फ निकासी हुने नेपाली सामानमा प्लाइउडको महत्वपूर्ण हिस्सा रहँदै आएको छ । भारतले प्लाइउड निर्यात रोकेमा पूर्वी नेपालको झापा, मोरङ, सुनसरी र इलाममा सञ्चालित दर्जनौँ भेनियर उद्योग बन्द हुनेछन्भने त्यहाँ कार्यरत ६० हजारले रोजगारी गुमाउने व्यवसायीहरूले बताएका छन् ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र काठमाडौँ महानगरपालिका शिक्षा विभागबिच ‘शिक्षामा सिप’ कार्यक्रम अन्तर्गत महानगरभित्रका नौ विद्यालयका १९ समूहमा ‘स्केचिङ एन्ड स्कप्चर’ ‘क’ तालिम असोज महिनाबाट सुरु भएको थियो । काठमाडौँ महानगरपालिकाभित्रका विश्व निकेतन माध्यमिक विद्यालय (त्रिपुरेश्वर), रत्नराज्य माध्यमिक विद्यालय (पुरानो बानेश्वर), ज्ञानोदय माध्यमिक विद्यालय (बाफल), तरुण माध्यमिक विद्यालय (बालाजु), गीतामाता माध्यमिक विद्यालय (विजेश्वरी), कन्या मन्दिर माध्यमिक विद्यालय (न्ह्योखा), सहिद
आनी छोइङ डोल्माको जीवनी प्रेरित वृत्तचित्र ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा देखाइने पहिलो चलचित्र भएको छ । महोत्सवका अध्यक्ष केपी पाठकले जेनिफर लिन र सान बाई निर्देशित वृत्तचित्र महोत्सवको उद्घाटनसँगै देखाइने चलचित्रका रूपमा रहने जानकारी दिनुभयो ।
हिपहप संस्कृतिलाई सामाजिक परिवर्तन र अभिव्यक्तिको साध्यका रूपमा मनाउँदै खुलौँ, बोलौँ नाराका साथ नेपालमा हिपहप मेला शनिबार सम्पन्न भएको छ । अमेरिकी र नेपाली हिपहप कलाकारको संयुक्त सहभागिता रहेको मेला विराटनगर र काठमाडौँमा आयोजना गरिएको थियो । शनिबार काठमाडौँमा र फागुन ९ गते विराटनगरमा हिपहप मेलाको आयोजना गरिएको हो । युएस–नेपाल हिपहप कोलाबोरेसन अन्तर्गत अमेरिकी हिपहप संस्था वर्डस् विट्स एन्ड लाइफ्सका डिजे फ्लेग, सान्ना लिम, माजी मुतफासहित चार जना कलाकार सो मेलाका लागि नेपाल आउनुभएको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुध तथा दुग्ध पदार्थ आयातमा पूर्ण बन्देज लगाएको छ । दुध तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि भएपछि सो अनुसार आन्तरिक खपत नभएको तथा बाहिर मुलुकमा पनि निर्यात हुन नसकेका कारण अत्यधिक मौज्दात हुन गएको कृषि मन्त्रालयले जनाएको छ ।
न्याय परिषद्ले उच्च अदालतका न्यायाधीश डा. नवराज थपलियालाई बर्खास्त गर्न सिफारिस गरेको छ । परिषद्ले आइतबार थपलियासहित जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई पनि बर्खास्तको सिफारिस गरेको हो । खराब आचरण र कार्यक्षमता अभावमा उनीहरूलाई कारबाहीको सिफारिस भएको परिषद्ले जनाएको छ । परिषद्ले उच्चका एक र जिल्लाका तीन न्यायाधीशमाथि छानबिन समिति बनाएर अध्ययन गरेको थियो । सिफारिस अब प्रधान न्यायाधीशबाट कार्यान्वयन हुने छ ।
श्रीमद्भागवत् गीताले दिएका शिक्षामध्येको एक ‘कर्म गर फलको आशा नगर’ अर्थात् कर्मको फल आफैँ प्राप्त हुन्छ भन्ने हो । त्यस्तै कर्मको मिठो फलले अहिले एक दम्पतीको जीवन नै बलिदिएको छ, त्यो पनि सन्तान सुखमार्फत । दशरथचन्द नगरपालिका–५, बस्कोटाका धनीराम दमाई र आनन्दी दमाईको त्यस्तो सुख गिट्टी कुटेर कमाएको पाँच सय रुपियाँले उहाँहरूको जीवनको धार नै परिवर्तन गरिदिएको हो । त्यही पाँच सय रुपियाँको लगानीले अहिले उहाँहरूका तीन छोरा डाक्टर र इन्जिनियर बनेका छन् ।
रुकुमपश्चिमको आठविसकोटमा रहेको प्रभु बैंकका एक कर्मचारीले हिनामिना गरेको लाखौ रुपियाँ बंैंकले फिर्ता गरेको छ । बैंकको आठविसकोट शाखाका अपरेशन इन्चार्ज निरजबिक्रम शाहले हिनामिना गरेको ६७ लाख ९८ हजार रुपियाँ सम्बन्धित ग्राहककै खातामा फिर्ता गरिएको हो ।
काठमाडौंको एक अस्पतालमा शिशु चोरी भएको घटना सेलाउन नपाउँदै पर्साको वीरगञ्जमा भने छोरी जन्मिएको भन्दै नवजात शिशुलाई अस्पतालमै छाडेर एक जना आमा फरार भएकी छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा जिल्लाको सरकारी स्वामित्वको जग्गा व्यक्तिको नाममा दर्ता गरी अख्तियारको दुरुपयोग गरेको अभियोगमा नापी कार्यालय चन्द्रगढीका तत्कालीन प्रमुख नापी अधिकृतसहित एक सय ७२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अमेरिकाको एसिया–प्रशान्त क्षेत्र कमान्डका नौसेनाध्यक्ष जोहन एक्विलिनोले शिष्टाचार भेट गर्नुभएको छ।
रेडहर्स फुटबल क्लब इलामलाई हराउँदै झापा–११ पाँचथरको फिदिममा जारी चौथो बाइबाई पाँचथर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।