डोटीको शिखर नगरपालिका-३ का किसान बम कार्कीले चैते धानखेती गर्न थालेको २० वर्ष भयो । उहाँ चैते धानमात्रै वर्षमा १० देखि १५ क्विन्टल फलाउनुहुन्छ । वर्षमा दुई बाली धान भित्र्याउँदा दोब्बर फाइदा हुने कार्की बताउनुहुन्छ ।
प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित प्रहरीले नेपालको पूर्वी सीमा काँकडभिट्टाबाट दुई जोडी पक्राउ गरेको छ ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी काम पीडितलाई न्याय दिनेगरी अघि बढाउनुपर्ने बताउनुभएको छ ।
चालु आर्थिक वर्षमा नेपालगञ्जस्थित राजस्व न्यायाधीकरणमा करसम्बन्धी विवादका सात मुद्दा दर्ता भएका छन् ।
दोलखाको बिगु गाउँपालिकाका स्थानीय महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । विगु गाउँपालिकाको आयोजनामा युवा उद्यमी साझेदारी कार्यक्रम अन्तर्गत गाउँपालिका २ ओराङका स्थानीयलाई ४ दिने तालिम प्रदान गरिएको हो ।
भारतीय सीमासुरक्षा बल (एसएसबी)का कारण सीमाक्षेत्रका नेपालीलाई सास्ती भएको भन्दै स्थानीयले सुरक्षाको माग गरेका छन् । जिल्ला सुरक्षा समितिले सुनसरीमा सुरु गरेकोे ‘सीमा पैदल यात्रा तथा अन्तरक्रिया’ कार्यक्रममा भारतीयले बिनाकारण दुःख दिँदा सास्ती हुने गरेको भन्दै केन्द्रीयस्तरबाटै सुरक्षाको पहल गर्न स्थानीयले माग गरेका हुन् ।
सिन्धुपाल्चोकका १५ हजार ६७९ बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा फागुन २१ गतेदेखि छलफल प्रारम्भ हुने भएको छ ।
दुई दिनसम्म सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा छसय बढीले सेवा लिएका छन् । जिल्लाको बगनासकालीस्थित बराङ्दीमा सञ्चालन भएको स्वास्थ्य शिविरमा ६७० जनाले सेवा लिएका छन् ।
दैलेखको आठबिस नगरपालिकाको राकमकर्णालीमा निर्माणाधीन अस्पताल भवन निर्माणमा बजेट अभाव भएको छ । नगरपालिकाको वडा ४ मा रहेको राकमकर्णाली स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर १५ शय्याको अस्पताल बनाउन लागिएको हो ।
नेपाली कांग्रेस सांसद डा.आरजु राणा देउवाले नेपालमा बजेट कार्यान्वयन पक्ष धेरै नै कमजोर भएको बताउनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले सरकारले बजेट कार्यान्वयनको पक्षमा विशेष ध्यान दिन आग्रह गर्नुभएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढेको बताउनुभएको छ ।सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै उहाँले सो दाबी गर्नुभएको हो ।
आकाशतिर नजर लगाउन थालेको तीन महिनापछि मनाङीले राहत महसुस गरेका छन् । आकाशबाट परेको वर्षा र सँगै परेको हिउँले यतिबेला मनाङी कृषकहरू खुसी भएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद् आरोप प्रत्यारोपमै सीमित बनेको बताउनुभएको छ । सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै उहाँले सत्तापक्ष र प्रतिपक्ष आरोप प्रत्यारोपमा केन्द्रित हुँदा संसदमा गहन विषयमा छलफल हुन नपाएको गुनासो गर्नुभयो ।
प्रतिनिधि सभाका सांसदहरूले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।