ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा मानेभञ्ज्याङले भारतकै आईलिग टोली दिल्ली एफसीलाई ३–१ गोलले हरायो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको अवस्था बदल्ने अभियानको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताउनुभएको छ ।
इङ्लिस लिग कप (काराबाओ) फुटबलको उपाधि लिभरपुलले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा लिभरपुलले चेल्सीलाई १–० गोलले हराउँदै उपाधि जितेको हो ।
बुटवल उपमहानगरपालिकाले वधशाला सञ्चालनलाई सबै क्षेत्रले सकारात्मक रूपमा लिन आग्रह गरेको छ । नगरवासीलाई स्वच्छ र सफा मासु उपभोग गर्ने व्यवस्था अनुसार मासु वधशाला सञ्चालनको तयारीमा रहेको भन्दै बुटवलले वधशालाबाट वध गरी प्रशोधन गरेको मासु उपभोग गर्न आग्रह गरेको हो ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैङ्कको नियामकीय अधिकारभित्र रहेका बैङ्क तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताउनुभएको छ ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले साढे पाँच हजार मिटरब्याजी पीडितलाई न्याय दिने काम भइरहेको बताउनुभएको छ ।
काठमाडौँको बानेश्वरस्थित संसद् भवन क्षेत्र वरपर कायम गरिएको निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले ४९ जना लघुवित्त ऋणीलाई नियन्त्रणमा लिएको छ ।
कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले रोजगारमूलक प्राविधिक शिक्षा प्रदान गर्नका लागि सबै लाग्नुपर्ने बताउनुभएको छ । प्राविधिक शिक्षालयहरूलाई बलियो बनाउँदै हरेक तवरले सुविधा सम्पन्न बनाउन लाग्नु पर्नेमा उहाँले जोड दिनुभएको हो ।
गोर्खाली र घर्तीमगरद्वारा आइओएफटिदक्षिण कोरियाको सोलमा हुने इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) को १४औँ संस्करणको तयारी सुरु भएको छ ।
दाङको दुर्गम गाउँपालिका राजपुरमा सोमबारदेखि नेपाल टेलिकमको फाइबर टु द होम (एफटिटिएच) सेवा सुरु भएको छ ।
रुकुमपश्चिमको मुसिकोट नगरपालिका–४ मुसीडाँडामा रहेको भूकम्पमापन यन्त्र ‘जिपिएस स्टेसन’ सञ्चालनमा आएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रको एक टोली आएर मर्मत गरेपछि उक्त स्टेसन सोमबारबाट पुनः सुचारु भएको हो ।
बागलुङले प्रथम सन्तोष थापा स्मृति कप भलिबल-२०८० को उपाधि जितेको छ । बागलुङले स्याङ्जालाई ३–१ को सेटमा २५–२७, २५–२०, २५–२१ र २५–२१ अङ्कले गर्दै उपाधि जितेको हो ।
गाजाको बदलिँदो वास्तविकतालाई ध्यानमा राख्दै ‘नयाँ राजनीतिक उपायहरू’ आवश्यक रहेको भन्दै कब्जा गरिएको पश्चिम किनारको केही भागमा शासन गर्दै आएको प्यालेस्टिनी सरकारका प्रधानमन्त्री मोहम्मद श्तेयेहले सोमबार आफ्नो सरकारको राजीनामा घोषणा गर्नुभएको छ ।
झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा प्रथम कनकाई कला संस्कृति तथा साहित्य महोत्सव सुरु भएको छ । तीन दिनसम्म चल्ने उक्त कला महोत्सवको उद्घाटन वरिष्ठ कलाकार निरविक्रम शाहले गर्नुभएको हो ।
रुपन्देहीको देवदह नगरपालिकामा तनाव उत्पन्न भएको छ । नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा वडाध्यक्षहरूले तालाबन्दी गरेका छन् ।