कैलाली–कञ्चनपुरमा बसोबास गर्दै आएका रानाथारू समुदायको होरी पर्व सुरु भएको छ । फागुन पूर्णिमाका दिन होलिकाको पूजाआजा गरी यो पर्व सुरु गरिन्छ । रानाथारू समुदायले ‘जिन्दा’ र ‘मरी’ गरी एक महिना आठ दिनसम्म होरी पर्व मनाउने चलन छ । पूर्णिमाका दिन ‘भुइँया’ (कुल देवता राख्ने ठाउँ) मा वा त्यस आसपास खेतमा होलिकाको प्रतिमा स्थापना गरी पूजाआजा गरिन्छ । गाउँको मुख्य व्यक्ति भलमनसा, युवा, बुद्धिजीवीलगायतको उपस्थितिमा ‘भर्रा’ (गुरुवा) ले होलिकाको पूजाआजा गर्ने चलन छ । पूजाआजा गरेपछि होरीको गीत गाउँदै केहीबेर लयबद्ध ढङ्गले सामूहिक रूपमा होरी खेल्ने चलन छ ।
पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा नमुना जिल्ला सदरमुकाम निर्माणका लागि अर्थ मन्त्रालयबाट बजेटको स्रोत सुनिश्चित भएको छ । अर्थ मन्त्रालयले तीन वर्षभित्र काम हुने गरी ५० करोड रुपियाँको स्रोत सुनिश्चित गरेको जनाएको छ । जिल्लाको सदरमुकाम कावासोतीमा रहेको १८७ बिघा जग्गामा सङ्घ र प्रदेश मातहतका जिल्लामा रहने सबै कार्यालय एकै स्थानमा निर्माण गर्ने गरी काम अघि बढाइएको थियो ।
गोरखापत्रकर्मी रमेश पौडेललाई मातृशोक परेको छ । गोरखापत्र गण्डकी प्रदेश ब्युरोका प्रमुख पौडेलकी आमा ९३ वर्षीया इन्द्रकला पौडेलको हिजो राती निजी निवास पोखरामा निधन भएको हो ।
पाल्पा जिल्लाको भिखोक खोलामा तीन महिनामै पक्की पुल तयार भएको छ । माथागढी–१, चिदीपानी र रम्भा–४, हुमिन जोड्ने भिखोक खोलामा पक्की पुल तयार भएको हो । लुम्बिनी प्रदेश सरकारको ६० लाख रुपियाँ लगानीमा पुल बनेको छ । पुल बनेपछि माथागढी, रम्भा, पूर्वखोलालगायतका बासिन्दालाई यात्रा गर्न सहज हुने छ । योजना सम्झौता भएको तीन महिनामै पुल निर्माण सम्पन्न भएको माथागढी–१ का वडाध्यक्ष राजकुमार पन्थीले बताउनुभयो । यस क्षेत्रका नागरिकलाई हिउँद र बर्सातको समयमा हिँडडुल गर्न सहज हुने वडाध्यक्ष पन्थीले बताउनुभयो ।
दाङमा सामुदायिक वन समूहले जङ्गलमा ढलेका काठ व्यवस्थापनका लागि कानुनी प्रक्रिया नपु¥याउँदा हजारौँ क्युफिट काठ खेर जाने गरेको छ । सामुदायिक वनले कार्ययोजना नवीकरण नगर्दा वन क्षेत्रमा रहेको करिब ५० हजार क्युफिटभन्दा बढी काठ खेर गएको सामुदायिक वन महासङ्घले जनाएको छ । वनको कार्ययोजना नवीकरण नहुँदासम्म वनबाट काठ निकाल्न नपाइने व्यवस्था छ । वन क्षेत्रमा रहेका ढलेका वा सुकेका रुख सहजै निकाल्न नपाइने कानुनी अडचनका कारण बर्सेनि जङ्गलमै काठ खेर जाने गरेको सामुदायिक वन महासङ्घ दाङका अध्यक्ष हरि भुसाल बताउनुहुन्छ ।
४२ औँ मगर दिवसको सन्दर्भमा स्याङ्जाका आठ पालिकाले सार्वजनिक बिदा दिएका छन् । ११ पालिका रहेको स्याङ्जामा पाँच नगरपालिका र तीन गाउँपालिकाले दिवसमा बिदा दिएका हुन् ।
केही समययता सरकारी जग्गाजमिनमा व्यक्तिले रजाइँ गर्दै आएका घटना क्रमशः सार्वजनिक हुन थालेका छन् । एक/दुई रोपनी अथवा एक/दुई कट्ठा नभएर सयौँ रोपनी सरकारी जग्गामा व्यक्तिले भोगाधिकार कायम गर्न सम्भव हुनु हास्यास्पद जस्तो लागे पनि पछिल्लो समयमा यस्तै घटना सार्वजनिक हुनुले सर्वसाधारणको मन अमिलिएको छ । राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु सरकारको जिम्मेवारी हो तथापि मुलुकभर के कति सरकारी जग्गाजमिन रहेको छ भन्ने यकिन तथ्याङ्क प्राप्त नहुनु भने विडम्बना मान्नु पर्छ । सरकारी सम्पत्तिको संरक्षण तथा सार्वजनिक सेवा प्रवाह गर्ने कर्मचारीलाई स्थायी सरकार र राष्ट्रसेवक भनिँदै आएको विदितै छ । मुलुकको हित र सेवा प्रवाहका लागि नियुक्त कर्मचारीकै मिलोमतोमा यस किसिमका काण्ड भएको पाउनुलाई दुःखद मान्नु पर्छ ।
यतिबेला नेपाल सरकारका मन्त्रालयहरू अर्थ मन्त्रालयको अगुवाइमा आउँदो आर्थिक वर्षको बजेट निर्माणका क्रममा जुटेका छन् । राष्ट्रिय स्रोत समितिले १८ खर्ब रुपियाँको बजेट सीमा तोकेको छ । यसपालिको बजेट अघिल्ला वर्षहरूको भन्दा फरक ढङ्गले र विशेष रणनीतिका साथ निर्माण गर्नुपर्ने अवस्था छ । यसका केही कारण छन् । अर्थतन्त्रमा मिश्रित चरित्र देखिएको छ । विदेशी मुद्राको सञ्चिति बढ्नाले बाह्य क्षेत्रका सूचक सकारात्मक देखिएका छन् । आन्तरिक उत्पादनको प्रमुख साधन श्रमशक्तिको ठुलो हिस्सा विदेश जानाले उनीहरूबाट प्राप्त विप्रेषणको कारण वैदेशिक मुद्राको सञ्चिति बढेको हो ।
मानिसले जीवनको सही आनन्द लिनका लागि आर्थिक स्थिति होइन, मानसिक स्थिति सही बनाउनु पर्छ तर कतिपय पदाधिकारीमा इच्छा पूरा नहुँदा क्रोध बढ्ने र इच्छा पूरा भएपछि लोभ बढ्ने गरेकाले भ्रष्टाचार सामान्य बन्दै गएको छ । भ्रष्टाचार र अनियमितताको अन्त्य गरी सुशासनसहितको विकास गर्ने अभिलाषा प्रकट भएको धेरै समय भइसक्यो तर समस्या जस्ताको तस्तै छ । सार्वजनिक प्रशासनको सञ्चालक भनेकै सरकार हो ।
प्रकृतिले सिर्जना गरेका संरचनाको सुसञ्चालनका लागि नियमित ऋतु परिवर्तन भइरहन्छ । यो मानव र अन्य जीव तथा जैविक समाज व्यवस्थापन गर्ने प्रकृतिको अनिवार्य चक्र हो । यो चक्रमा खलबली आउनु भनेको पृथ्वीमा समस्या आउनु हो किनभने ऋतु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने गतिविधि हो । यसले जीवन र जगत्मा खासै ठुलो नकारात्मक प्रभाव पार्दैन । यसमा जीवदेखि वनस्पतिसम्म सोही अनुरूप समायोजन हुन्छन् तर जलवायु परिवर्तनका कारण हुने छिटो छिटो तापक्रम वृद्धिमा त्यो सम्भव छैन । यसले कतिपय जीव र वनस्पतिको अस्तित्व लोप हुने अवस्थामा पु¥याउँछ । अहिले त्यस्तै भइरहेको छ ।
स्थानीय तहको पुनर्संरचनापछि गाउँपालिका तथा नगरपालिकाले आफ्ना नीतिनियम एवं कानुन निर्माण गर्ने र लागु गर्ने कार्य सकारात्मक रूपमा अगाडि बढेका छन् । योजना प्रक्रियामा पार्टीगत रूपमा हुने भागबन्डालाई न्यून गर्ने कार्य पनि सँगसँगै भइरहेका छन् । यद्यपि ऐन तथा कानुन निर्माणमा गरिब तथा सीमान्तकृत वर्गको सहभागिता जुन ढङ्गले हुनुपर्ने हो, सो हुन नसकिरहेको अवस्था प्रस्ट छ । सीमान्तकृत वर्ग आर्थिक तथा सामाजिक रूपले पछाडि पारिएको वर्ग हो । यो वर्गको सहभागिता त्यति सहज नहुन सक्छ तर स्थानीय तहले त्यो वर्गको सहभागितामा योजना निर्माण गरी उनीहरूको हितमा योजना कार्यान्वयन गर्नु महत्वपूर्ण हुन जान्छ ।
धनकुटाको बीच भागबाट सदियौँदेखि तमोर नदी निरन्तर बगिरहेको छ । काँक्राको चिराजस्तै पहाडैपहाडको शङ्खला छिचोल्दै बगेको तमोर नदी हेर्दै मनमोहक र मनलाई आनन्दित बनाउँछ ।
मुलुकमा उत्पादन हुने बहुमूल्य जडीबुटीका रूपमा रहेको यार्चागुम्बाको निर्यात दोब्बरले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा (साउन–माघ) ६० करोड ६१ लाख ८५ हजार रुपियाँ बराबरको एक हजार २४६ किलो यार्चागुम्बा निर्यात भएको छ ।
हुलाकी सडक अन्तर्गत सर्लाहीको कौडेना गाउँपालिका–३, मा सोमबार राति भारतीय स्कारपियो र मोटरसाइकल जुध्दा दुई युवकको मृत्यु भएको छ ।
नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुर निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेम सुवाललाई अर्थतन्त्रको खम्बाका रूपमा रहेको कृषिलाई प्राथमिकता नदिए देश बन्दैन भन्ने लाग्छ ।