नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको साउनयता विद्युत वितरणतर्फका नौ वटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ ।
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको कर्णाली नदीमा हालेको फेरीले स्थानीयको जनजीवन बद्लिएको छ ।
अन्तर्राष्ट्रिय अदालत (आइसिजे) ले सोमबार प्यालेस्टिनी क्षेत्रमा इजरायली कब्जाको कानुनी परिणामबारे सार्वजनिक सुनुवाइ पूरा गरी यसबारे छलफल सुरु गरेको छ ।
नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ ।
माङसेबुङ गाउँपालिका-६ रक्से बजारकी वसन्ता राईको बिहान पानी बोक्दैमा बित्छ । रक्से बजारमा रहेको उहाँको सानो होटल सञ्चालनका लागि पानीका लागि उहाँलाई हरेक बिहान डेढ घण्टाभन्दा बढी समय उकालो ओरालो गर्नुपर्छ ।
पञ्चकोटबाट उत्तर फर्किदा धौलागिरि र यसको काख आसपासका हिमालमा काला धब्बा देखिन्छन् । माछापुच्छ्रे हिमालले पहिलाजस्तो अहिले मुस्कान दिन छोडेको छ । घामसँगै टल्किने हिमाल अहिले मधुरो छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भक्तराज आचार्यको निधनसँगै नेपाली गीत/सङ्गीतमा एउटा अध्याय समाप्त भएको बताउनुभएको छ ।
जलेश्वर नगरपालिकाको वडा नं. ४ मा रहेको शुकदेव माध्यमिक विद्यालयको प्राविधिक शिक्षालय तर्फका विद्यार्थीहरूले यसक्षेत्रमा निर्माण गर्न सकिने विभिन्न परियोजनाहरूलाई प्रोजेक्टको रूपमा प्रस्तुत गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) को आज बसेको स्थायी समितिको बैठकमा धारणा राख्ने अधिकांश नेताले राष्ट्रियसभामा ठुलो दलको हैसियतले अध्यक्ष आफूले लिनुपर्ने धारणा राख्नुभएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । जसपाले मिटरब्याज पीडितहरूले मङ्गलबार दिउँसो ३ बजे भृकुटीमण्डपबाट सुरु गर्न लागेको मार्चपासमा सहभागी भएर उनीहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन लागेको हो ।
कर्णाली प्रदेशको खेतीयोग्य जमिनमध्ये २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ । अझै ७१ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा नपुगेको पाइएको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानमा लेखिएका जनताका मौलिक हक कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे-बेँसीसहर सडक दुई लेन बनाएर छ दशमलव पाँच किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा दिवसको अवसरमा पाँच जना स्वास्थ्यकर्मी पुरस्कृत गरेको छ ।
म्याग्दीको मालिका गाउँपालिका-४ का एक वृद्ध दम्पती र उहाँका परिवारले चौरासी पूजामा भोजभतेर र दान दक्षिणामा हुने खर्च कटाएर दुईवटा विद्यालयलाई आठ लाखभन्दा बढी सहयोग गर्नुभएको छ ।