सुदूरपश्मिमा पहिलोपटक बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा सुरुआत भएको छ । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ डा इच्छा ढकालले सेवा प्रदान गर्न थालेसँगै सुदूरपश्चिममै पहिलोपटक बाल क्यान्सर रोग विशेषज्ञ सेवा सुरु भएको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विकास र समृद्धिका लागि सबै जात जाती भाषा संस्कृतिलाई संरक्षण सम्वद्र्धन गर्नु राज्यको दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभर्यो अनेकतामा एकता, विविध संस्कृति नेपाली मौलिक विशेषता हो । जातजाति , भाषा संस्कृतिको संरक्षण गर्ने जिम्मेवारी राज्यको हो ।
१. विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ? विसं २०८० फागुन ३–७, काठमाडौँ – ९८ राष्ट्रका एक हजार चार सयभन्दा बढी सामाजिक संस्था र त्यसमा आबद्ध अभियन्ताहरूको सहभागिता थियो । – सम्मेलनमा नवउदारवादी व्यवस्थाले ल्याएका सङ्कटहरू युद्ध, असमानता, विभेद, गरिबी, आप्रवासन, जलवायु परिवर्तन जस्ता मुद्दामा आवाज उठाइएको छ । – कार्यक्रममा ६० भन्दा बढी घोषणापत्र जारी भएका छन् ।
खोलालाई भगवान्का रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा तथा नदी सफा गरी मङ्गलबार धुमधामका साथ मौलिक ‘लदी’ अर्थात् ‘कोशीपर्व’ मनाएका छन् । पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन् ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
बसाइँसराइका नकारात्मक असर १. जलवायु उत्थानशील विकास भनेको के हो ? नेपालमा यसको आवश्यकताबारे चर्चा गर्दै नेपालले जलवायु उत्थानशील विकासका लागि चाल्नुपर्ने कदमहरू उल्लेख गर्नुहोस् । जलवायु परिवर्तनका कारण वर्तमान र भविष्यमा हुने क्षति न्यूनीकरण गर्दै तथा विकासका प्राप्त उपलब्धिहरूलाई बचाउँदै दिगो विकासको दिशामा अगाडि बढ्ने अवधारणा नै जलवायु उत्थानशील विकास हो । यसले जलवायु परिवर्तनका असरहरू सामना गर्न तथा जलवायु परिवर्तनसँग अनुकूलित हुन व्यक्ति र समुदायको क्षमता विकासमा जोड दिन्छ । यो विकासका व्रिmयाकलापहरू छुट्टै ढङ्गले सञ्चालन गर्ने नभई विकाससम्बन्धी नीति, योजना तथा कार्यक्रममा जलवायु परिवर्तन र विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई आन्तरिकीकरण गरी कार्यान्वयन गर्दै जाने भन्ने
सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा हुनुहुन्छ । “भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु”, उहाँले भन्नुभयो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भएको चलचित्र ‘मोदीबेनी’ मा अभिनेतृ वर्षा सिवाकोटी र नवअभिनेता अमर प्रताप श्रेष्ठ शीर्ष भूमिकामा देखिनुहुने भएको छ । शङ्कर कोइरालाको निर्देशन रहने यस चलचित्रमा सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिसलगायतको पनि अभिनय रहने छ।
पुरुष व्यक्तित्व र बौद्धिकतासँग सम्बन्धित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता म्यानहन्ट इन्टरनेसनल मेल सुपर मोडलको नेपाली संस्करण म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ सम्पन्न भएको छ । राजधानीको ठमेलस्थित क्लब टेनएक्समा भएको प्रतियोगितामा अभिनव थापा अर्ना म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ को उपाधि चुम्न सफल हुनुभयो । म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ बनेपछि उहाँले आगामी मे महिनामा थाइल्यान्डमा हुने म्यानहन्ट इन्टरनेसनल मेल सुपर मोडल २०२४ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गर्नुभएको छ । अभिनवले खल्ती मिस्टर पपुलर तथा एम्पायर मिस्टर पर्सनालिटीको अवार्डलाई पनि आफ्नो बनाउन सफल हुनुभएको थियो ।
‘अब हाँस्छ अमेरिका’ कार्यक्रममा नेपालका नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरूले अमेरिकाका विभिन्न सहरमा प्रस्तुति दिएका छन् । फ्लाई नेपाको आयोजनामा तथा विनोद अधिकारीको संयोजनमा भएको कार्यक्रममा हास्य कलाकारहरू सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल, कैलाश कार्की, सुमन कोइराला, मेक्सिम गौडेल (विष्णुप्रसाद गौडेल), साजन श्रेष्ठ र सन्तोष थापाले अमेरिकाका १४ सहरमा आआफ्नो प्रस्तुतिमार्फत दर्शकलाई हँसाउनुभयो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी वैशाखमा आयोजना हुन लागेको लगानी सम्मेलनका लागि सूचना प्रविधि (आइटी) क्षेत्रका परियोजना तयारी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । नेपाल उद्योग परिसङ्घको सूचना प्रविधि परिषद्, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेज कम्पनिजका पदाधिकारीसँग मङ्गलबारको भेटमा उहाँले सूचना प्रविधिका परियोजना लिएर आउन आग्रह गर्नुभएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुध किसानलाई भुक्तानी दिलाउनका लागि दुग्ध विकास संस्थान (डिडिसी) तथा निजी क्षेत्रका डेरी उद्योगीलाई सहुलियत ऋणका लागि सहजीकरण गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुध किसानलाई तत्कालै भुक्तानी दिलाउन निर्देशन दिएपछि कृषि मन्त्रालय त्यसका लागि पहल सुरु गरिसकेको छ । प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएको भोलिपल्ट मङ्गलबार किसानले समयमा भुक्तानी नभएको भन्दै ललितपुरमा दुध पोखेर विरोध जनाएका छन् । कृषि मन्त्रालयले सहुलित ऋण अनुदानमा डिडिसीलाई ३० करोड रुपियाँ दिने भएको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानुन समयमै नबन्दा विरोधीहरुले प्रश्न गर्ने मौका पाएको बताउनुभएको छ । संविधान जारी भएको आठ वर्षसम्म पनि आवश्यक कानुन नबन्दा सङ्घीयतामाथि प्रश्न गर्नेले मौका पाइरहेको बताउँदै उहाँले अब चाँडै आवश्यक कानुन बनाएर सङ्घीयता कार्यान्वयनमा लैजान सरकार क्रियाशील रहेको उल्लेख गर्नुभयो ।
सरकारले संस्थागत अर्थात् वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत नेपाली श्रमिकलाई ‘स्पेसिफाइड स्किल वर्कर’ (एसएसडब्लु) श्रमिकको माग ल्याउन र जापान पठाउनका लागि कानुनी बाटो खुला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापानमा निश्चित सिपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि २०८० ल्याएसँगै संस्थागत रूपमा माग ल्याउन र जापान पठाउनका लागि कानुनी बाटो खुलेको हो ।