दाङको घोराही सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकाले केही स्थानमा यही फागुन २२ गतेसम्म आपूर्ति बन्द हुने जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताउनुभएको छ । ‘मिसन ८४’ अर्थात् विसं २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उहाँको भनाइ थियो ।
बाँके जिल्लाको डुडुवा र नौबस्तामा रहेका दुईवटा बाल सुधारगृहमा रहेका बालविज्याईकर्ता (बालबन्दी) हरुको सुधारमा सहयोग गर्ने उद्देश्यले विभिन्न सामग्री हस्तान्तरण गरिएको छ ।
गण्डकी प्रदेशसभाको अधिवेशन बुधबार दिउँसो २ बजेबाट सुरु हुँदै छ । गण्डकीको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फागुन ६ गते अधिवेशन आह्वान गर्नुभएको थियो ।
नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध अहिले टस जितेर फिल्डिङ गर्ने भएको छ ।
आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जनकपुरमा जारी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा मङ्गलबार जित निकालेको छ ।
तीमध्ये पुरुष तीन सय ६० र महिला ४६ जना छन् । तीमध्ये सात पुरुष र एक जना महिला विदेशी हुन् । जम्मा पक्राउ परेकामध्ये काठमाडौँ उपत्यका प्रहरी कार्यालयअन्तर्गत २२, कोशी प्रदेशमा ८५, मधेसमा ५८, बागमतीमा ३२, गण्डकीमा ३२, लुम्बिनीमा ७९, कर्णालीमा ४९ र सुदूरपश्चिम प्रदेशमा ४९ जना रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो ।
नेपाल साउदी अरेबियामा जारी वेष्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
सडक बोर्ड नेपालले छ वटा निर्माण कम्पनीबाट छ करोड ५८ लाख २० हजार ६९२ रुपियाँ असुल गर्न प्रक्रिया सुरु गरेको छ । बोर्डमा बुझाउनु पर्ने दस्तुर, मासिक किस्ता, हर्जाना र राजश्व समेत गरी यो रकम असुलका लागि प्रक्रिया अघि बढाएको हो ।
प्रेमको सबैभन्दा बढी व्याख्या कविहरूले गरे । उनीहरूले प्रेमको अनुभूतिलाई शब्दमा उतारे । त्यसै अनुभूतिलाई चित्रकारहरूले रङ्गका माध्यम क्यानभासमा उतारे । मूर्तिकारहरू
भजनी नगरपालिका–५, लालबोझीकी रूपा चौधरीको हुलाकी राजमार्गसँगै १० कट्ठा जमिनमा तरकारी बारी छ । सोही बारीको एकापट्टि लटरम्म टमाटर फलेका छन् भने अर्कातिर फुल्न थालेका बिरुवा छन् । काउली, गाँजर र प्याजका बेर्ना बेचिसकिएका छन्, ब्रोकाउली तयार हुँदै छ । बन्दा, खुर्सानी, भान्टा, काँक्रा, फर्सी फल्दै छन् । रूपाका श्रीमान् श्रीमती, सासूससुरा हरेक दिन बारीमै भेटिन्छन् ।
महाकाली अञ्चलको पुरानो सदरमुकाम बैतडीको पाटन नगरपालिकाका १० वटा स्थानीय तहमध्ये सबैभन्दा जिल्लाकै सुगम मानिन्छ । यहाँ विमानस्थल, भीमदत्त प्राविधिक शिक्षालय र पाटन बहुमुखी क्याम्पसलगायतका संस्था रहेका छन् । मध्यपहाडी लोकमार्गसमेत पाटन नगरपालिका भएरै अघि बढेको छ । यो नगरपालिकामा १० वटा वडा रहेका छन् । पाटन नेपाल सरकारको नमुना सहरका रूपमा विकास गर्ने योजनामा समावेश छ । नयाँ सहरमा एक लाख मानिसको बसोबास गर्ने लक्ष्य राखिएको छ । २०७१ सालमा स्थापना भएको नगरपालिकामा छ हजार ४४२ परिवार रहेका छन् । यहाँको साक्षरता दर ८०.५३ रहेको छ । कृषितर्फ धान, गहुँ, मकै, कोदो, भटमासलगायतका दलहन बाली उत्पादन हुने गरेका छन् । प्रस्तुत छ : स्थानीय तहको निर्वाचन २०७९ मा नेपाली कांग्रेसबाट पालिका प्रमुखमा निर्वाचित नगर प्रुमख गौरीसिंह रावलसँग गोरखापत्र बैतडी समाचारदाता गोकर्ण दयालले गर्नुभएको कुराकानी :
बिर्तामोड उद्योग वाणिज्य सङ्घको अध्यक्षमा लोकतान्त्रिक व्यावसायिक प्यानलका राजु न्यौपाने निर्वाचित हुनुभएको छ । मतगणनाको बुधवार अन्तिम मतपरणिाम अनुसार राजु न्यौपानेले २ हजार २२५ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
बर्दिबासमा आदिवासी जनजाति महोत्सवको चौथो संस्करण अर्को सातादेखि हुने भएको छ । महोत्सवले सुस्त बनेको व्यापार व्यवसायलाई चलायमान बनाउनुका साथै स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धनमा योगदान पुग्ने जनाइएको छ ।